३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

झापा कांग्रेसका पुर्व सभापति शर्मालाई पत्नी शाेक


११ कार्तिक २०७७, मंगलबार  

0
Shares

 

दमक ११ , कार्तिक /  नेपाली कांग्रेस झापाका पूर्वसभापति पूर्णानन्द शर्मा दाहाललाई पत्नी शोक परेको छ ।
कमल गाउँपालिका–५ मङ्गलबारेमा बस्नुहुने उहाँकी धर्मपत्नी ८५ वर्षीया रमादेवी दाहालको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कन्काई नदीमा  आज अन्त्येष्टि गरिएको जनाएको छ । मृतक लामो समयदेखि पेट तथा नसा रोगले पीडित हुनुहुन्थ्यो ।

कांग्रेसको ज्येष्ठ नागरिक मञ्चका केन्द्रीय सदस्यसमेत रहनुभएका दाहाल नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रज मानिनुहुन्छ । स्व. रमादेवीकी जेठा छोरा विनोद, प्रमोद र आमोद र छोरी प्रमिला अधिकारी हुनुहुन्छ ।

लोकतान्त्रिक आन्दोलनका योद्धासमेत रहनुभएका पूर्णानन्द शर्माकी धर्मपत्नी रमादेवीको निधनप्रति कांग्रेसपार्टी जिल्लास्थित नेता तथा कार्यकर्तहरूले कन्काई नदीमै पुगेर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ११ : ०० बजे