४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ह्याम्प पाईप भ्वाङ् परेकाे दुई महिना बिते पनि मर्मत भएकाे छैन, स्थानिय जनप्रतिनिधि माैन


१५ आश्विन २०७७, बिहिबार  

0
Shares

 


गौरादह १५, असाेज /
गौरादह नगरपालिका वडा नं -७ काे ग्वालडुब्बाबाट वडा नं -६ काे काेहवरा जाेड्ने सडक खण्डमा दुई चक्के,चार चक्के सवारीसाधनका साथै पैदल यात्रीहरु हिड्ने सडककाे  ह्ययाम्प पाईप भ्वाङ् परेकाे छ।

भ्वाङ परेकाे करिब २ महिना बितिसक्दा समेत स्थानीय सरकार मर्मत गर्ने कार्यमा मौन छ।
वडा नं -७ काे ग्वालडुब्बा बजार जाेड्ने सडक अन्तर्गत ग्वालडुब्बा बजार पश्चिममा रहेकाे ह्याम्प पाईपकाे बिच भागमा ठुलाे भ्वाङ परेकाे हाे।

सडकमा रहेकाे हामपायपमा भ्वाङ परेका कारण चार चक्के सवारीसाधनलाई आवतजावतमा समस्या भएकाे छ।ह्याम्प पाईप भ्वाङ परेका कारण एक छेउबाट सवारीसाधन चलाउदा सडक छेउ दबेकाे छ।

गौरादह नगरपालिका वडा नं -७ का वडाध्यक्ष बलराम खरेल उत्त भ्वाङ परेकाे ह्याम्प पाईपकाे विषयमा कुरा गर्दा उत्तरदायी जवाफ दिएन्न ।

वडा नं -७ भित्र रहेकाे अति ब्यस्त सडककाे ह्याम्प पाइप भ्वाङ पर्दा समेत बनाउने क्रममा वडा कार्यालयले चासाे नदिएपछि त्याे सडकमा पहिलाे पटक सवारीसाधन लिएर जाे काेही ब्यक्ति गएमा दुर्घटनामा पर्न सक्ने प्रबल संभावना बढेकाे छ। त्यही सडक भएर वडा नं -७ का जनप्रतिनिधिहरु दैनिक ओहोरदोहोर गर्छन्।जनप्रतिनिधिहरु दैनिक ओहोरदोहोर गर्दा समेत सडकमा नागरिकहरुलाई दुर्घटनाको जाेखिम छ भन्ने थाहा पाउदैन।
सडकमा ह्याम्प पाइप भ्वाङ् परेका कारण दुर्घटनाको जाेखिम बढेकाे भन्दै स्थानीयबासीले हाेमपायप भ्वाङ परेकाे ठाउँमा राताे झण्डा गाडेका छन।साेहि गाउँका टाेल बिकाश समितिका अध्यक्ष हरि बस्नेतले राताे झण्डा गाडेर खतराकाे संकेत देखाएका छन।सडकमा रहेकाे ह्याम्प पाईप फेर्न धेरै ठुलाे बजेटकाे आवश्यकता पर्दैन। वडा स्थानीय सरकारले चाहेमा एक दिनमा ह्याम्प पाईप फेर्न सकिन्छ। हाेमपायप बिग्रिएकाे महिनौ बितिसक्दा समेत वडा स्थानिय सरकारले चासाे देखाएकाे छैन। ग्वालडुब्बा काेहवरा सडक खण्डको ग्वालडुब्बा पस्चिममाकाे बिग्रिएकाे ह्याम्य पाईपकाे बिषयमा वडाध्यक्ष बलराम खरेल सँग ओमकार टाईम्सका संचारकर्मी पुष्प आर.जे. ले करिब १५ दिन अगाडि जिज्ञासा राख्दा हप्ता दिन भित्रमा ह्याम्प पाईप फेरिने बताएका थिए।

पुर्ब सन्देश दैनिकका संचारकर्मीले साेहि बिषयमा वडाध्यक्ष संग जिज्ञासा राख्दा ह्याम्प पाईप राख्ने बिषयमा आफुले पहिले देखिनै काेशिष गरेपनि राख्न नसकिएकाे गैर जवाफदेही जवाफ दिएका छन। सडककाे ह्याम्प पाईप कहिले सम्ममा बनाइन्छ भन्ने बिषयमा जिज्ञासा राख्दा हाेमपायप जहिले बनाेस बनाउने स्थानीय सरकारले हाे संचारकर्मीले समाचार लेखेर केही हुदैन वडाध्यक्ष खरेलले बताए। यस्ता संचारकर्मी कति आए कति गए कति संचारकर्मीले मेराे बिरुद्वमा समाचार लेखे मलाई कुनै डर छैन। संचारकर्मीलाई यस्ताे जवाफ दिने वडाध्यक्षले वडाबासिकाे हितमा काम गर्छन भन्नेमा शंका उब्जिएकाे छ। वडाध्यक्षका लागि वडाबासिहरु मरुन बाँचुन जे गरून् कुनै मतलब नभएकाे वडाध्यक्ष खरेलकाे भनाइबाट प्रष्ट हुन्छ

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १० : ५९ बजे