४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शाेकमा परेका परिवारलाई सहारा नेपाल गाैरीगंजकाे ६० हजार रूपैयाँ सहयाेग


३ आश्विन २०७७, शनिबार  

0
Shares

गौरीगंज ३, असाेज / सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजले आफ्ना एक शेयर सदस्य परिवारलाई  मानाचामल कार्यक्रम अन्तर्गत सम्बेदना पत्रसहित नगद ३० हजार रूपैयाँ हस्तान्तरण गरेको छ ।

सहारा नेपाल गौरीगंजले गाैरादह नगरपालिका वार्ड नं. ९ खजुरवारी घर भएका राम बहादुर श्रेष्ठलाई उक्त रकम शुक्रवार हस्तान्तरण गरेको हो ।
उनकी अामा कृष्ण कुमारी श्रेष्ठकाे ८४ बर्षकाे उमेरमा गत भाद्र २५ गते असामयिक निधन भएको थियो ।

मृतक श्रेष्ठको १२ दिनको सुध्याई पश्चात पिडित परिवारलाई सेवा केन्द्र गौरीगंजले पुनः क्रिया खर्च वापत थप ३० हजार रुपैयाँ दिने सेवा केन्द्र गौरीगंजका बरिष्ट सहायक सुभाष झाले बताए ।
सहारा नेपाल साकाेस सेवा केन्द्रका शेयर सदस्यहरूका बुबा अामाकाे मृत्यु भएमा कार्यालयले सामाजिक उत्तर दायित्व अनुरूप शाेकमा परेका परिवार ६० हजार रूपैया अार्थिक सहयाेग गर्दै आएकाे छ।

दुःखमा पुग्यो सहारा भन्ने सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले पिडित परिवारलाई आर्थिक सहयोग गरेको सेवा केन्द्र गौरीगंजका बरिष्ट सहायक झाले बताए । सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजका बरिष्ट सहायक सुभाष झा, सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजका सहयोग समितिका सदस्य चुडा बहादुर भुजेल, गौरीगंज सेवा केन्द्रका फिल्ड मेनेजरद्वय ताेगिन्द्र प्रसाद घिमिरे र सुसिला लामिछानेले  उक्त रकम पिडित परिवारकाे घरमै पुगेर रकम हस्तान्तरण गरेका थिए ।

 

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ११ : ५९ बजे