४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

राप्रपा संयुक्तकाे सिंगाे जिल्ला समिति कांग्रेसमा प्रवेश


८ भाद्र २०७७, सोमबार  

0
Shares

 

झापा  ८ , भदौ / राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त झापाको सिङ्गो जिल्ला समिति नेपाली कांग्रेसमा प्रवेश गरेको छ ।

नेपाली कांग्रेस झापाको आयोजनामा सोमबार बिर्तामोडमा सम्पन्न बृहद पार्टी प्रवेश कार्यक्रममा ३७ सदस्यीय समितिमध्ये सभापति, पदाधिकारी, ३५ सदस्यसहित दुईसय भन्दाबढी कांग्रेसमा प्रवेश गरेका हुन् ।

यसरी प्रवेश गर्नेहरुमा राप्रपा संयुक्त झापाका सभापति ओम मिश्र, उपाध्यक्ष चन्द्रप्रसाद योङ्या, विष्णु धिमाल, सचिव निरबहादुर कार्की (नेत्र), सहसचिव युद्ध लामिछाने, कोषाध्यक्ष कुलवहादुर धिमाल लगायत समितिका सम्पूर्ण पदाधिकारी सदस्य, क्षेत्रीय समितिका सभापति, पदाधिकारी, सदस्य, लगायत छन् ।

कार्यक्रममा अग्रज नेता दिलिप राईले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल मर्मलाई आत्मसात गरेरै कांग्रेसले मुलुकको हित र प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदान देखेर प्रवेश गरेको बताए ।

 

‘मुलुकको राजनीतिक गैरकम्युनिष्ट र कम्युनिष्टमा स्पष्ट विभाजन हुने देखिएको छ, गैह्र कम्युनिष्टको नेतृत्व अब कांग्रेसले गर्नुपर्छ’–नेता राईले भने–‘पार्टीमा आबद्ध नभएका गैह्र कम्युनिष्टलाई पनि कांग्रेसले पार्टी नीतिभित्र रहेर गोलबद्ध गर्नुपर्छ, त्यो क्षमता कांग्रेसमा देखेरै आएका हौं ।’

गैह्र कम्युनिष्टले मात्रै राष्ट्रियताको सम्मान, मुलुकको हित गर्न सक्ने उनको भनाइ थियो । अर्का नेता ओम मिश्रले प्रजातन्त्रमा आस्था राख्ने गैह्र कम्युनिष्टहरुबीच मोर्चावन्दी आवश्यक रहेको धारणा राखे ।

विद्यार्थी संगठनका केन्द्रीय महासचिव रविन्द्र ढुंगानाले प्रजातन्त्रमाथि देखिएको खतराको अन्त्य गर्न कांग्रेसलाई वलियो बनाउनुको विकल्प नदेखेर राष्ट्र बनाउने स्वार्थसहित प्रजातान्त्रिक शक्ति कांग्रेसमा प्रवेश गरेको दावी गरे ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको विद्यार्थी संगठनका विद्यार्थी नेताहरु मिलन भण्डारी, विजय राई, निकेश थापा, रत्न धिमालसहित झापा जिल्ला समितिका पदाधिकारी÷सदस्यहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, सरिता प्रसाई, सुधिरकुमार शिवाकोटी, प्रदेश सांसद ओम सरावगी, झापा सभापति उद्वव थापा, उपसभापति राम कट्टेल, सचिव प्रेम सम्बाहाम्फे, कोषाध्यक्ष केशवराज पाण्डे, सहसचिव राजेन्द्र भण्डारी, प्रवक्ता लोकराज ढकाल, संविधानसभा सदस्य विश्वदीप लिङ्देन, पूर्व उपसभापति देउमान थेवे, महासमिति सदस्य सिता पौडेल, गणेशमान स्मृति प्रतिष्ठान अध्यक्ष सन्तोष मेनेङ्वो, नेपाल महिला संघकी केन्द्रीय सदस्य एवम् झापा सभापति सुशिला ढकाल लगायले पार्टीको सदस्यता प्रदान गर्दै अविर लगाएर स्वागत गरेका थिए ।

राप्रपा संयुक्तका झापामा ५ हजार भन्दाबढी कार्यकर्ता रहेको र ती सबै कार्यकर्ताहरु कांग्रेस प्रवेशको तयारीमा रहेको अगुवा नेता राईले जानकारी दिए ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ३ : १८ बजे