४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

स्थानियकाेे विराेधपछि माेतीदान कम्पनीले तुलाचनमा ल्याएका कामदार फिर्ता


८ भाद्र २०७७, सोमबार  

0
Shares

निश्चलराज भण्डारी 

कोरोबारी ८, भदाै / स्थानियहरूकाे दबाबमा गाैरीगंज क्षेत्रकाे हुलाकी सडक निर्माण गर्न ठेक्का लिएकाे माेतीदान कन्स्ट्रक्सनले बाहिरबाट ल्याएका कामदार आज फिर्ता गरेका छन् ।

कोरोना सँक्रमण समुदाय स्तरमा फैलिरहेकाे अवस्थामा गाैरीगंज गाउँपालिकाले जारी गरेकाे निषेधाज्ञा छिचाेलेर कम्पनीले गाैरीगंज गाउँपालिका वार्ड नं. २ काे तुलाचन क्षेत्रमा कामदार ल्याएपछि स्थानियहरू विराेधमा उत्रेका थिए ।

आइतबार बिहान बाहिरको कामदार ल्याएको र बेलुकाको समयमा उक्त कामदारहरु गुट्खा, चुरोट किन्ने बाहानामा गाउँ डुल्न थालेपछी आतँकित बनेका गौरीगञ्ज २ तुलार्चौन , ग्वालमुनी र बैगुन्धुराका का स्थानियहरु आज बिरोधमा उत्रेका हुन् ।

 

गाैरीगंज गाउँपालिका वार्ड नं. २ तुलाचनस्थित कन्सट्रक्सन कम्पनीको क्याम्प अगाडी स्थानियहरु बिरोधमा उत्रेपछी गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, वार्ड नं. २ का वडा अध्यक्ष अघनुप्रसाद राजवंशीकाे राेहवरमा ठेकेदार कम्पनीले कामदार फिर्ता गर्ने सहमति गरेका थिए ।
ठेकेदारले बाहिरका करिब ३० जना कामदारलाई आजै फिर्ता पठाएका छन् । ठेकेदार कम्पनी मोतिदान कन्सट्रक्सनका प्रतिनिधीहरुले सो कामदारहरु झापा गाउँपालिकाबाट ल्याएको भने पनि उनीहरु सर्लाही लगायतका जिल्लाहरुबाट आएको र उनीहरुको पीसीआर परीक्षण पनि नभएको कामदारहरु आफै स्विकार गरेका थिए ।
बाहिरका अपरिचित मानिसहरु बेलुका गाउँभरी डुलेको देख्दा आफुहरु त्रसित भएको कुरा स्थानिय युवा सुजन श्रेष्ठले बताए । स्थानिय बुद्धिजिवि भोला खतिवडाले कोरोनाको त्रास फैलिएको बेला पिसिआर टेस्ट नै नभएका मानिसहरु गाउँ डुलेपछी आफुहरु आतँकित बनेको बताए ।

कन्सट्रक्सनको क्याम्पमा सयौ मजदुरहरु काम गरे पनि क्याम्प भित्र शौचालय नरहेको र मजदुरहरुले बाहिर दिसा पिसाब गरेर चारैतिर फोहर र कोरोना सँक्रमणको खतरा बढाएको गुनासो स्थानिय युवा राम बस्नेतले सुनाए ।
स्थानियको बिरोध पछी आज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ , वडाध्यक्ष अघनुप्रसाद राजवँशी, गाैरादह नगरपालिका वार्ड नं. ९ का कृष्ण गाैतम, स्थानिय प्रहरीकाे रोहबरमा ठेकेदार कम्पनीसँग लिखित सहमती गराइएको छ ।
सहमती अनुसार कम्पनीले बाहिरको कामदार ल्याउँदा स्थानिय सरकारसँग समन्वय गरेर मात्र ल्याउनेर सरकारी मापदण्ड अनुसार कोरोना परीक्षण गरेर मात्र ल्याउने, सम्भब भएसम्म स्थानियहरुलाइ नै रोजगार दिने, हुलाकी सडकका मालबाहक गाडीले बिगारेका सडकहरु ठेकेदार कम्पनीले अबिलम्ब मर्मत गर्ने , शौचालयको ब्यबस्था गर्ने र मोतिदान कन्सट्रक्सनलाइ कर्मचारी मजदुरहरुको पिसिआर टेस्ट गर्ने र सोको रिपोर्ट नआउञ्जेल निर्माण कार्य बन्द राखि सबै मजदुर कर्मचारीहरु होम क्वारेन्टाइनमा बस्ने समझदारी भएको हो ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  २ : ०९ बजे