८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

कुखुराकाे चल्ला बाेकेकाे गाडीलाई स्थानियले गेटमै राेके


३ बैशाख २०७७, बुधबार  

0
Shares

20200415_223040
गाैरीगंज ३ बैशाख / गाउँमा दुर्गन्ध फैलाएकाे भन्दै लान तयारी अवस्थामा रहेकाे कुखुराकाे चल्ला बाेकेकाे गाडीलाई स्थानियहरूले आज बुधबार साँझ   फर्म कै गेेेटमा अवराेध पुर्याएका छन् ।

गाैरादह नगरपालिका वार्ड नं. ८ भुडिसिमल स्थित कन्काई ह्याचरी फर्मकाे कुखुराकाे चल्ला बेच्न गाडीमा लाधेकाे अवस्थामा उद्योगले गाउँमा दुर्गन्ध फैलाएकाे , वातावरण नै प्रदुषित बनाएकाे र झिङ्गा भन्किएकाे भन्दै त्यहाँका स्थानियहरूले   फर्म कै गेटमा  अवराेध पुर्याएका हुन् ।

उद्योगले गाउँमा दुर्गन्ध फैलायाे भनेर फर्म मालिकलाई भनेकाे हप्ताै भईसकेकाे तर पनि हाम्राे कुरा नसुनेपछि उद्योगकाे गाडी राेक्न बाध्य भएकाे एक स्थानियले बताए ।
‘हामीले पटक पटक दुर्गन्ध कम गर्ने औषधि फिनाईल छिट्न भनेका थियाैं तर हाम्राे कुरा नै नसुनि उल्टै प्रहरी पाे बाेलाए छन् एक स्थानिय भने – जब सम्म प्रदुषण हटाउदैन हामी गाडी जान्न दिदैनाैं ।’
काेराेना भाईरसकाेे संक्रमण फैलिरहेकाेे अवस्थामा फर्मकाे गाडी विभिन्न प्रदेश र स्थानमा आउजाउ गरेकाेले गाउँवासी त्रसित भएकाेे स्थानियहरूकाे भनाई छ ।
सवारी साधन र त्यसमा रहने सवारी साधनकाे चालक र सहचालकबाट काेराेना भाईरसकाे संक्रमण फैलन सक्ने भएकाेले गाउँवासी जाेखिममा रहेकाे स्थानियहरू बताउँछन् ।

उद्योगकाे दुर्गन्ध र प्रदुषणले मानविय स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन सक्ने भन्दै त्यहाँका स्थानियहरूले चिन्ता व्यक्त गरेका छन् ।

राती ९ बजे याे समाचार तयार पार्दासम्म स्थानियहरूले उद्याेगको चल्ला बाेकेकाे गाडीलाई बाटाेमा ढाँट तेर्साएर जान दिएका छैनन् ।
ईलाका प्रहरी गाैरीगंजका प्रहरी निरीक्षक गणेश प्रसाद भट्टराईले स्थानियहरूले चल्ला बाेकेकाे गाडीलाई बाटाे राेकेकाे जानकारी गराएका छन् ।
उद्योगकाे चल्ला बाेकेकाे उत्त गाडी माेरङ्गकाे बेलवारी लान ठिक्क पारिएकाे थियाे ।

कन्काई ह्याचरी फर्मका सञ्चालक कमल सिवाकाेटीले फर्मबाट निस्कने दुर्गन्धप्रति आफू अत्यन्तै गम्भीर भएकाे बताए ।
उद्योगकाे सरसफाईमा २४ घण्टा लागेकाे र नेपाल सरकारले लगाएकाे लकडाउनका कारण सरसफाई गर्न चाहिने जति औषधि बजारमा नपाएकाे साथै फिनाईल पनि नपाएकाेले सरसफाई हुन नसकेकाे सञ्चालक शिवाकाेटी स्वीकार गरे ।
पंशुपञ्छी जन्य चिजवस्तुहरू लकडाउनका बेला पनि बेचविखन गर्न पाउने नेपाल सरकारकाे निर्णय बमाेजिम सावारी साधनकाे चालक र सवारी साधनलाई सेनिटाईजिङ्ग गरि पिपिईसहित सावधानी पुर्वक चल्ला बेचविखन गर्ने गरेकाे उनले दावी गरे ।

‘एक हप्तामा ४० हजार देखि ५० हजार चल्ला बजारमा बेच्छाै उनले भने – एक पटक राेक्याे भने १२ लाख रूपैयाँ जति नाेक्सान हुन्छ ।’
सञ्चालक शिवाबाेटीका अनुसार उनकाे उद्योगबाट उत्पादित कुखुराकाे चल्ला प्रदेश नं. १ र २ का विभिन्न शहरहरूमा विक्रीका लागि व्यापारीहरूले लाने गरेका गर्छन् ।

FB_IMG_1586970994691

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ४ : ५६ बजे