३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

स्याउ मनग्ये फलेपछि यसवर्ष बिरुवा थप


२ चैत्र २०७६, आइतबार  

0
Shares

20200315_175207

झगेन्द्र खड्का
गौरादह २, चैत /झापाकाे गौरादहमा पहिलाे पटक परिक्षणकाे रुपमा लगाइएको स्याउ फलेपछी यस बर्ष स्याउका बिरुवा थप गरिएको छ। गौरादह नगरपालिका वडा नं -२ हाँसखाेरामा स्थायी बसाेबास गर्दै आएका भिम बिक्रम खड्काले तराईको प्रचण्ड गर्मीमा गतवर्ष स्याउ फलाएका थिए ।
हिमाली क्षेत्रकाे अति चिसाे ठाउँमा फल्ने स्याउ तराईको गर्मीमा फलेपछि गतवर्ष स्याउ हेर्ने मानिसहरुकाे भिड लागेकाे थियाे। गतवर्ष परिक्षणकाे रुपमा स्याउका बिरुवा लगाउदा साेचेभन्दा बढी फलेपछी यसवर्ष बिरुवा थप गरेका छन् ।

भिम बिक्रम खड्काले गतवर्ष करिब एक बिघा जग्गामा २ सय बिरुवा राेपेका थिए। यस वर्ष १ सय ५० बिरुवा थप गरेका छन्।थाइल्यान्डकाे जिटुमा फलाइएकाे राेयलरेड जातकाे स्याउ भारतका विभिन्न ठाउँमा फलेकाे देखेपछि खड्कालाई आफ्नो ठाउँमा पनि स्याउ फलाउने उत्साह भएकाे उनले बताए।तराईको गर्मी ठाउँ गौरादहमा स्याउ फलेपछी यसवर्ष उनले १ हजार बिरुवा ल्याएका थिए।

हजार बिरुवा ल्याएपनि उनले १ सय ५० बिरुवा मात्र लगाए।गर्मी ठाउँमा पनि फल्ने स्याउ भएकाले नेपालकै अन्य जिल्लाका किसानहरुले खरिद गरेर लगेका छन। यस बर्ष ल्याएका स्याउका बिरुवाहरु झापा जिल्लाका अन्य ठाउँका साथै माेरङ, ईलाम,चितवन, काभ्रे र धादीङ जिल्लाका किसानहरुले स्याउका बिरुवा खरिद गरेर लगेका खड्का बताउँछन्। गौरादहका अन्य छिमेकीहरुले पनि स्याउका बिरुवा राेपेकाे उनले बताए। गौरादह नगरपालिकाले पनि नगरपालिका परिसरमा स्याउका बिरुवा राेप्न बिरुवा माग गरेकाे खड्का बताउँछन्। गत वर्ष फलेका स्याउका बाेटमा अहिले फुलफुलेकाे छ। गत वर्ष भन्दा यस वर्ष बाक्लै फुल फुलेकाले यस पटक स्याउकाे फल पनि बढी लाग्ने खड्का बताउँछन्।

गत वर्षझैं यसवर्ष पनि स्याउ बिक्रि नगर्ने र हेर्न आउने र स्थानीयबासिहरुलाई खान दिने उनले बताए।आगामी बर्ष देखि ब्याबसायिक दृष्टिकोणले बिक्री गरिने खड्काले बताए। गर्मी ठाउँकाे वातावरणमा फल्ने स्याउ भएपनि हिमाली क्षेत्रकाे जस्तै स्वादिलो भएकालेे सबैले राेयल रेड जातकाे स्याउ मन पराएका छन् ।
गतवर्ष स्याउ खाएर स्वाद लिएपछि यस पटक स्याउकाे बिरुवा राेप्न किसानहरुले चाहेका छन्। यस वर्ष पहिलाे पटक ८ सय ५० बिरुवा बिक्री भएकाे खड्काले बताए।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १२ : १० बजे