४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

श्रीपञ्चमी पर्व देशभर आज धुमधामसंग मनाईदै, निःशुल्कमा विद्यार्थी भर्ना


१६ माघ २०७६, बिहिबार  

0
Shares

20200130_125902

गाैरीगंज १६, माघ / विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्दै श्रीपञ्चमी पर्व देशभर आज धुमधामसंग मनाईएको छ । झापा सहित देशभर विद्यालय, शैक्षिक प्रतिष्ठान, पुस्तकालय, मन्दिर तथा सार्वजानिक स्थल लगायतका ठाँउहरुमा विविध कार्यक्रम गरी मनाईएको हो ।

विद्यालय जाने उमेरका बालबालिकाहरुलाई विद्यालयमा अक्षराम्भ गराउने चलन पनि रहिआएको छ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ ।

यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक–कान छेडिदिने गरिन्छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको रूपमा पूजाराधना गर्छन् ।

यसैबिच, गाैरीगंजसहित झापाका विभिन्न विद्यालयहरुले सरस्वती पूजाको अवसर पारेर नि:शुल्क भर्ना लिएको छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेकाे देवकाेटा मावि, युनिभर्सल एकाडमी, मुनलाइट एकाडमी, क्रिमसन बाेर्डिङ्ग स्कुल, गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा रहेकाेे ज्ञानाेदय अंग्रेजी बाेर्डिङ्ग स्कुल, ज्ञानकुञ्ज एकाडमी, स्नाेह्वाईट बाेर्डिङ्ग स्कुललगायतका विद्यालयले निःशुल्क विद्यार्थी भर्ना लिएका हुन् ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ७ : १६ बजे