१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वेराेजगार युवालाई विना धिताे सहुलियत ब्याजमा सहकारीकाेे लगानी


१५ माघ २०७६, बुधबार  

0
Shares

20200129_185227
गाैरीगंज १५, माघ / वेराेजगार युवाहरूलाई सहुलियत ब्याज दरमा ऋण लगानी गरी स्वराेजगार बनाउन यहाँकाे एक सहकारीले साेमबार एक दिने स्वराेजगार तालिम सञ्चालन गरेकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित जनसेवा बचत तथा ऋण सहकारी संस्थाले यस क्षेत्रका २७ जना युवाहरूलाई युवा तथा साना व्यवसायी स्वराेजगार तालिम दिएकाे हाे ।
युवा तथा साना व्यवसायी स्वराेजगार काेष सचिवालय मार्फत तालिममा सहभागी युवाहरूलाई सहकारीले स्वराेजगार बनाउन विना धिताे १० प्रतिशत व्याजदरमा ऋण लगानी गर्न लागेकाे सहकारी संस्थाका प्रबन्धक दुर्लभमान श्रेष्ठले बताए ।
संस्थाले छनाैटमा परेका युवाहरूलाई व्यक्तिगतरूपमा विना धिताे वढीमा २ लाख रूपैयाँ र २५ जनाकाे समुहमा अधिकतम् ५० लाख रूपैयाँसम्म आवधिक ऋण उपलब्ध गराउने छ ।
३ बर्षमा तिर्न सकिने ब्याज र ऋणकाे युवा स्वराेजगार कार्यक्रममा व्यवसाय र व्यवसायीकाे निःशुल्क बीमा गरिदिने तालिममा बताईएकाे थियाे । ऋणकाे अवधि पछि ऋणीलाई जम्मा बुझाएकाे ब्याजकाे ६० प्रतिशत ब्याज रकम फिर्ता गरिने प्रावधान रहेकाे संस्थाका प्रमुख श्रेष्ठले जानकारी दिए ।
युवा तथा साना व्यवसायी स्वराेजगार काेष सचिवालयमार्फत यस किसिमकाे कार्यक्रम भने गाैरीगंजमा पहिलाे पटक हाे । पहिलाे चरणकाे कार्यक्रम सफल पछि संस्थाले क्रमश दाेस्राे चरणकाे कार्यक्रम यस क्षेत्रमा ल्याइने संस्थाका प्रबन्धक श्रेष्ठले बताए । यस क्षेत्रमा काेहि पनि युवा वेराेजगार नबसुन र आफ्नै देशमा व्यवसाय गरेर स्वराेजगार बनुन भन्ने उदेश्यले याे अवसर संस्थाले युवाहरूलाई जुराईदिएकाे प्रबन्ध श्रेष्ठलेकाे भनाई थियाे ।
युवा तथा साना व्यवसायी स्वराेजगार कार्यक्रमका झापा संयाेजक सन्ताेष सापकाेटाले सहजिकरण गरेकाे तालिममा २७ जना सहभागी रहेका थिए । कार्यक्रममा ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख राजु दाहाल प्रमुख अतिथि थिए । गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे विशिष्ट अतिथ्यतामा भएकाे कार्यक्रमकाे अध्यक्षता संस्थाका अध्यक्ष कर्मा शेर्पाले गरेका थिए । कार्यक्रममा गाैरीगंज माविका प्रअ गाेविन्द घिमिरे, संस्थाका ऋण संयाेजक भीमलाल राजवंशी, संस्थाका उपाध्यक्ष घनश्याम गाैतम, सदस्य नजिराेदिनलगायतकाे सहभागिता थियाे ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १ : ०९ बजे