१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गरिबका घर टिनै टिनले टल्किने


२५ पुस २०७६, शुक्रबार  

0
Shares

20200110_195411
गाैरीगंज २५, पुस / नेपाल सरकारले गाैरीगंज गाउँपालिकाका ३ सय घर परिवारकाे फुसकाे छानाे हटाई जस्तापाताकाे छाना लगाईदिने भएकाे छ ।

शहरी विकास मन्त्रालयले गरिब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास ‘ कार्यक्रम अन्तर्गत गाैरीगंज गाउँपालिकाका ३ सय विपन्न परिवारलाई फुसकाे छानाे हटाएर जस्तापाताकाे छानाे लगाईदिने भएकाे हाे ।

खर र परालले छाएको फुसको छानो आगलागी तथा अन्य विपत्तिका बेला असुरक्षित हुने भएकाले सुरक्षित आवासका लागि यस्तो अभियान थालिएकाे हाे ।

गरिब तथा विपन्न समुदायले फुसको छानोमुनि बस्नुपर्ने बाध्यताको अन्त्य हुने गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।
उनका अनुसार सरकारले ३ सय परिवारलाई नगद ५० हजार रूपैयाँकाे दरले दिईनेछ ।
त्यसैगरी विपन्न आवास कार्यक्रम अन्तर्गत गाउँपालिका , सहारा नेपाल र ह्याविट्याटकाे संयुक्त लगानीमा ५० घर निर्माण हुने अध्यक्ष श्रेष्ठले बताए । जसमा १ लाख गाउँपालिका र ७५ हजार सहारा नेपाल र ह्याविट्याटकाे संयुक्त लगानी रहने छ ।
संघ र प्रदेशबाट ३० घर, प्रधानमन्त्री पूर्वाधार विकास कार्यक्रमबाट १७ घरका लागि ३४ लाख, प्रदेशबाट १३ घरका लागि २७ लाख ५ हजार, तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत वार्ड नं. १ मा २२ घर निर्माण हुने अध्यक्ष श्रेष्ठले बताए ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताेले अब काेही पनि फुसकाे छानाे वस्नु नपर्ने बताए । उनका अनुसार वार्ड नं. ३ मा ९६ जना विपन्न परिवारले सुरक्षित अावास पाएका छन् ।
सरकारले फुसकाे छानाेलाई विस्थापित गर्ने नीति लिएकाे अनुसार गाउँपालिका वार्ड नं३ मा पनि साेही अनुसार आवास निर्माण गर्न लागिएकाे अध्यक्ष महताेले बताए ।

गा‌रीगंज गाउँपालिका वार्ड नं. ६ का अध्यक्ष बद्री नारायण यादवले विपन्न परिवारका लागि सुरक्षित आवास कार्यक्रमकाे प्रक्रिया अघि बढाएकाे बताए ।
पहिलाे चरणमा ४५ परिवारकाे लगत संकलन गरि सम्झाैता भई सकेकाे र बाकी ३० जना परिवारकाे लागि अावेदन लिने कार्य भईरहेकाे बताए ।

। सरकारले पहिलो किस्ता जस्तापाता खरिदका लागि रु ३० हजार र दोस्रो किस्ता काम सम्पन्न भइसकेपछि रु २० हजार सम्बन्धित व्यक्तिको बैंक खातामा कार्यालयले जम्मा गरिदिने छ । फुसको छानो हटाएर जस्तापाताको छानो लगाइदिने शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ झापाले जनाएको छ ।

सरकारले झापाको निर्वाचन क्षेत्र नं ३ र ५ मा जम्मा १४ सय परिवारकाे फुसको छानो हटाई जस्तापाताको छाना लगाईदिनाले उनीहरू आगलागी र अन्य विपतिकाे जाेखिमबाट सुरक्षित हुने छन् ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  २ : ११ बजे