१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहमा चिल्ड्रेन पार्क निर्माण हुँदै


४ कार्तिक २०७६, सोमबार  

0
Shares

c8114a55c330a9c6a621c219584ee5d7.0

गाैरादह ४, कार्तिक / गाैरादहमा बालबालिकाहरुलाई लक्षित गर्दै लायन्स सेन्टेनियल चिल्ड्रेन पार्कको निर्माण कार्य धमाधम भईरहेको छ । बालबालिकालाई मनोरञ्जन दिलाउने उद्देश्यले गौरादह नगरपालिका–२ मा सो पार्कको निर्माण कार्य गरिएको लायन्स क्लब अफ गौरादहका जोन चेयर पर्सन भुपालराज कट्वालले जनाएका छन् । बालबालिकाको सर्वार्गिण विकास गर्न चिल्ड्रेन पार्क बनाउन लागिएको बताउँदै बालबालिकाहरुको बौद्धिक स्तरलाई बढाउन मोटिभेस्नल ट्रेनिङ्ग सञ्चालन गर्ने, हप्तामा १ दिन ओपन स्टेजमा सांस्कृतिक नृत्य गराउने साथै बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गराउने कट्वालले बताए ।

नगरपालिकाको समितिबाट प्राप्त भएको ३ कठ्ठा जग्गामा पार्कको निर्माण कार्य सम्पन्न गर्न करिब ५० लाख बजेट लाग्ने अनुमान गरिएको छ । हाल निर्माणाधिन अवस्थामा रहेको उक्त पार्कमा ३५ लाख खर्च भइसकेको जनाइएको छ । सो पार्क निर्माण गर्न प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट १९ लाख, आन्तरिक स्रोतबाट ८ लाख, नगरपालिकाबाट ५ लाख, लायन्स डिस्ट्रीकले २ लाख र वडा कार्यालयबाट १ लाख रकम प्राप्त भएको लायन्स क्लब अफ गौरादहका संस्थापक अध्यक्ष डा.तिलक खनालले पत्रकारहरूसंगकाे भेटघाटमा जानकारी गराए ।

बालबालिकालाई आर्कर्षित गर्न २५ फिट उचाईको सगरमाथाको अग्लो प्रतिमूर्ति बनाइने र सोहि स्थानबाट झरना समेत बगेको बनाइने, गुफा, शान्तिको प्रतिक बुद्धको मूर्ति, स्वीमिङ्ग पुलको निर्माण गरिने जनाइएको छ । चिल्ड्रेन पार्क निर्माण कार्य सम्पन्न भएपछि यस क्षेत्रमा रहेका बालबालिकहरुले भरपुर मनोरञ्जन लिई बौद्धिक तथा शारिरीक विकास गर्न सकिने अपेक्षा गरिएको छ ।
6c75a16b9ea683d97c12a8952f4f2f5e.0
३ महिना अवधिमा सो पार्कको सगरमाथा र गुफाको निर्माण कार्य सम्पन्न गरिसक्ने र अन्य बाँकि कामहरु क्रमशः गर्दै जाने लायन्स क्लब अफ गौरादहका जोन चेयर प्रसन भुपालराज कट्वालले जानकारी दिए ।
6c75a16b9ea683d97c12a8952f4f2f5e.0
0917769897ea9269d4e7122f254e539c.0

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १२ : ५९ बजे