५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दमक ८ नम्वर वडा कार्यालयको सरसफाई सप्ताह शुरु


१० जेष्ठ २०७६, शुक्रबार  

0
Shares

kkkk1
दमक १० ,जेठ / गाउँ,टोल र वडाको सरसफाईलाई निरन्तरता दिने उद्धेश्यले दमक ८ नम्वर वडा कार्यालयले आज सरसफाई सप्ताह शुरु गरेको छ ।
टोलबासी ,संघ संस्थाका प्रमुख प्रतिनिधि ,बिधार्थी ,स्थानिय सरकार र सर्वसाधारणको सहभागीमा वडानम्वर ८ को जेसीज मार्गबाट सरसफाई सप्ताह शुरु भएको हो ।
सरसफाई सप्ताहमा सहभागीहरुले कुटो कदालो लिएर झाङ्गझाडी सफा गर्ने , झारहरु उखल्ने , सडक ,बाटो किनारमा फालेको गुटा मदु लगायतका सामाग्रीको खोल र फोहोर मैला दमक नगर पालिकाको फोहोर संकलन गर्ने गाडीमा पठाइएको छ ।
वडानम्वर ८ को वडा कार्यालय र दमक जेसीजले आयोजना गरेको जेसीज मार्गबाट शुरु भएको सरसफाई अभियान आउदो जेठ १६ गते सम्म चल्ने छ । सरसफाई सप्ताह शुरु हुन अघि टोल बिकास समितिका अध्यक्ष तथा प्रतिनिधिहरुलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाको मेयर रोम नाथ ओलीले डस्विन बितरण गर्नु भएको छ ।
डस्विन पछि बोल्दै मेयर ओलीले टोल बासी आफैले आएर आफनो घर आंगन अगाडी आफैले सरसफाई गर्नु पर्ने बताउनु भयो ।प्लाष्टिक लगायतका नकुहिने बस्तु डस्विनमा राख्नु पर्ने र कुहिने बस्तु मल बनाएर करेसा बारीमा प्रयोग गर्न ओलीले आग्रह गर्नु भयो । उपमेयर गीता अधिकारीले सरसफाईमा उपभोक्ता जागरुप भए मात्र वडा र नगर सफा राख्न सकिने बताउनु भयो ।
प्लाष्टिकको प्रयोग गरी ,गुटका ,मदुका खोल जताभावी फालेमा वडा कार्यालयले जरिवाना समेत गर्ने वडा नम्वर ८ वडा अध्यक्ष पशुपति राज गौतमले बताउनु भयो ।
सरसफाई सप्ताह किरात चोक , एभरेष्ट बोडिङ्ग स्कूल अगाडी, राते होली र दमक ८ को इलम प्रशिक्षण केन्द्र छेउ सम्म चल्ने, भोलीका दिनमा महिलाहरुको पाठेघरको क्यान्सर परिक्षण साथै ज्येष्ठहरुको मृगौला रोगको परिक्षण लगायतका कार्यक्रम रहेको सप्ताहका संयोजक प्रकाश अधिकारीले बताउनु भयो ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  १ : ०४ बजे