१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज गाउँपालिकाको ५५ करोड बढीको बजेट


२६ पुस २०७४, बुधबार  

0
Shares

gausava1

गौरीगंज २६, पुस / गौरीगंज गाउँपालिकाको आज प्रथम गाउँसभा उद्घाटन भएको छ । झापा क्षेत्र नं. ४ का प्रतिनिधी सभाका सभासद एल.पी सांवाले उद्घाटन गर्नुभएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले चालु आर्थिक बर्षका लागि ५५ करोड १८ लाख ४१ हजार १ सय १३ रुपैया“को बजेट विनियोजन गरिएको सार्वजनिक गर्नुभएको छ ।
अध्यक्ष श्रेष्ठले आफ्नो मन्तव्यको क्रममा उक्त बजेट आन्तरिक कर, राजश्व, नेपाल सरकारबाट प्राप्त हुने विभिन्न शिर्षकको अनुदान र प्रदेश सरकारबाट प्राप्त हुने अनुमानित अनुदानसमेत जोडी आ.व. २०७४/ ०७५ को बजेट सार्वजनिक गर्नुभएको हो । चालु खर्च तर्फ १९ करोड ५७ लाख ५५ हजार ७ सय ३३ रुपैया“ ( ३५.४७ ५ ) र पू“जीगत खर्चतर्फ ३५ करोड ६० लाख ८५ हजार ३ सय ८० रुपैया“ ( ६४.५३५ ) हुने बताउनुभएको छ ।
‘कृषि, शिक्षा, उद्योग, व्यवसायमा उन्नति ः गौरीगंजबासीमा समुन्नति’ मुल नारासहित उद्घाटन भएको कार्यक्रममा गाउ“पालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले गाउँपालिकाको नीति तथा कार्यक्रमहरुकोबारेमा सम्बोधन गरेका थिए ।
कार्यक्रममा झापा क्षेत्र नं. ४ का प्रदेश(क) का सभासद् झलकसिंह दर्लामी, (ख) का प्रदेश सभासद हिरा थापा, पूर्व सांसद दिपक कार्की, राप्रपाका जिल्ला अध्यक्ष आमरराज विष्ट, गौरदह नगरपालिकाका नगरप्रमुख रोहित साह, उपप्रमुख गिता भेटवाल, गौरीगंज गाउ“पालिकाका पूर्व गाविस अध्यक्षहरु कल्याण प्रसाद कोइराला, विजय अग्रवाल, घनश्याम रिजाल, विश्वराज रिजाल, देवीप्रसाद राजवंशी, हृदय ठाकुर, संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष धिरेन लावती, महिला नेत्री फुलवत्ती राजवंशीलगायत स्थानिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
स्थानिय निकायको निर्वाचन भएको ६ महिना पछि भएको प्रथम गाउ“ सभाको उद्घाटनले अब यस क्षेत्रको विकास निमार्णको कार्यले गति लिने अपेक्षा गरिएको छ । भोलि गाउँपालिकाको नीति तथा कार्यक्रम उपर दफावार छलफल भई कार्यपालिकाको परिषद सम्पन्न हुने जनाइएको छ ।

उद्घाटन कार्यक्रममा गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले दिनुभएको मन्तव्यको पुर्णपाठ तल दिइएको छ ।

baburaja 2

baburaja3

baburaja 4

प्रकाशित मिति : २६ पुस २०७४, बुधबार  ११ : २६ बजे