१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजका ८९ जना पाढिपीडितलाई राहत


३ भाद्र २०७४, शनिबार  

0
Shares

rahat 2

गौरीगंज / गौरीगंज गाउँपालिकाका ८९ पाढिपीडित परिवारलाई आज राहत वितरण गरिएको छ । सहारा नेपाल विर्तामोड र सहारा नेपाल गौरीगंज सेवा केन्द्रको सुंयुक्तरुपमा गौरीगंज गाउ“पालिकाका ३, ४ र ६ का पाढिपीडित परिवारलाई राहत वितरण गरेको हो । गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड नं. ६ का अध्यक्ष बद्री नारायण यादव, वार्ड नं. ३ का अध्यक्ष मखना महतो, सहारा नेपाल विर्तामोडका बाढिपीडित प्रकोप व्यवस्थापन कोषका संयोजक सोमनाथ तिम्सिना, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक नारायण गौतम, पत्रकार आत्माराम राजवंशीलगायतले संयुक्त रुपमा राहत वितरण गरेका हुन् । बाढिपीडितहरुलाई १० के.जी. चामल, २ के.जी चिउरा, १ के.जी नुन, १ के.जी दाल, आधा केजी चिनी, आधा लिटर खाने तेल वितरण गरेका थिए । सहारा नेपालले झापा, मोरङ, सुनसरीका पाढिपीडितका लागि २५ लाख रुपैया“ बराबरको राहत सामग्री वितरण गर्ने योजना रहेको प्रकोप व्यवस्थापनका संयोजक सोमनाथ तिम्सििनाले बताए । त्यसैगरी आजै रेडक्रस सोसाइटी झापाले गौरीगंज गाउ“पालिकाका २५ जना बाढिपीडित परिवारलाई १ थान त्रिपाल, १ थान कम्बल, १ थान झुल प्रत्येक परिवारलाई वितरण गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७४, शनिबार  १० : ४८ बजे