गौरीगंज / भाषा मनको कुरा अभिव्यक्त गर्ने माध्यम हो । भाषा सम्पूर्ण विचारको बाहक हो । चिन्ता वा सोचको जन्मदात्री हो । कुनै जातिको भाषा र साहित्यलाई जान्नु भनेको त्यो जातिलाई जान्नु हो । अक्सफोर्ड शब्दकोश अनुसार मानिसहरुको माझमा एक अर्को संग विचार र भावना आदान–प्रदान गर्नका लागि जुन ध्वनि शब्द र शैलि प्रयोग गरिन्छ । त्यसैलाई भाषा भनिन्छ । भाषा मानिसहरुको माझमा सम्पर्क स्थापित गर्ने एउटा शसत्त माध्यम हो । भाषाले साहित्य श्रृजना गर्छ भने साहित्यले भाषाको सेवा गरी राखेको हुन्छ । त्यसैले भाषा र साहित्य एउटै सिक्काका दुई पाटा हुन भने पनि हुन्छ । पूर्व नेपालका तीन जिल्ला झापा, मोरङ्ग र सुनसरीमा बसोबास गर्ने प्राचीन आदीवासी मध्ये मुख्य राजवंशी ताजपुरिया समुदायका अगुवाहरुले सांस्कृतिक महोत्सव मार्फत आफ्नो भाषा र साहित्यलाई जर्गेना र प्रवर्धन गर्ने प्रयासको थालनी गरेका छन् ।
राजवंशी र ताजपुरिया समुदायको भाषा, संस्कृति, खानपान, जन्मदेखि मृत्यु संस्कारसम्मका प्राय धेरै कार्य मिले पनि पछिल्लो पुस्ताले आफ्नो संस्कृति र संस्कार बिसर्दै गएकोमा अघिल्लो पुस्ता केहीहदसम्म चिन्ता लिदै गएको देखिन्छ ।
पछिल्लो पुस्ताले बिर्सने मात्र होइन त्यसको संरक्षणमा पनि राज्य स्तरको कुनै निकायबाट चासो नदेखाएकाले यस समुदाय आफ्ना सन्ततिलाई मात्र होइन समाजलाई नै संस्कार र संस्कृति सिकाउन र संरक्षण गर्न लागि परेका छन् । आफ्ना लोकन्मुख कला, संस्कृति र संस्कार संरक्षण गर्न राजवंशी समाज विकास समिति र ताजपुरिया समाज कल्याण परिषद केन्द्रिय समितिको संयुक्त आयोजनामा झापाको गौरीगंजमा राजवंशी ताजपुरिया सांस्कृतिक पर्यटन महोत्सव लगाउनु परेको अगुवाहरु बताएकाछन् ।
फागुन ७ गतेबाट शुरु भएको राजवंशी ताजपुरिया सांस्कृतिक पर्यटन महोत्सव फागुन २१ गते समापन हुदै छ । महोत्सवमा राजवंशी तथा ताजपुरिया जातिको मौलिक जातिय पहिरन पेटानी, गंजी, बर्हती महिलाहरुले र पुरुषहरुले पाझल, धुति, गन्जि, र कमिजमा देख्न सकिन्छ । यस समुदायका महिलाहरु प्रिकार बनाउन सिपालु हुन्छन् । साधारणतया यिनीहरु दाल, भात, तरकारी, अचार खाए पनि यिनीहरुको आफ्नै मौलिक खानेकुराहरु पनि छन् । जुन अन्य समुदायमा हुदैनन् । यि खानेकुराहरु हुनः पन्ताभात, खरखराभात, भाका, पिठ, पेरपेरी, प, छेका–पेल्का, सुकाती, सिदल, सुकटा आदि छन् जुन खाने परिकारहरु महोत्सवको स्टलहरुमा सःशुल्क राखिएका छन् । यसैगरी यस समुदायका पौरानिक चिजबस्तुहरु प्रदर्शनीमा राखिएका छन् भने घरेलु उत्पादक जस्तै झोला, जाउली, बिछना, धक्रा आदि सःशुल्क मा राखिएका छन् । महोत्सवमा दैनिकरुपमा यी जातिको मौलिक गित संगित, नाचगान, धार्मिक लोक गित, सामाजिक लोक गितहरु प्रस्तुत हुदै आएको छ । धार्मिक लोक गीत भित्र गाइन, राबनिया, किर्तिनिआ, तिस्ताबुढी गाअन, डोलेर गाअन, हरिलोट, कुआलिर, गीत, गुनेर गीत, चोर–चोर्निर गीत र सामाजिक लोक गीत अन्तर्गत नटुवा गाअन, पाचाली गाअन, सास्तरी गाअन, लाहाङकारी गाअन, हुदुरधुरा गाअन, बेहार गाअन, लग्नी लगायतका गीतहरु साथै आधुनिक गीत, नाटक दैनिकरुपमा महोत्सवमा प्रस्तुत हुदै आएको छ । नेपालमा मात्रै होइन भारतको विहार, आसाम, कोचविहार, पश्चिम बंगालमा पनि यी समुदायको उल्लेखनिय बसोबास रहेको कोच राजवंशी कल्चरल सोसाइटीका सेक्रेटरी डेबिड रोय बताउ“छन् । आसाम कोक्राझारका राजवंशी ताजपुरिया कलाकारहरुले आफ्नो सांस्कृतिक तथा लोक नृत्य प्रस्तुत गरेका थिए । भबया गान, ग्वालनी,कुसान, कार्तिका गानलगायत दर्जनौ लोक नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए ।
मेजवानीका लागि मुख्य बिछ्यौनाको रुपमा लिने झापाका आदिवासी समुदायहरुको कुनै समयमा मुख्य पेशाका रुपमा रहेको झल्ला र धक्राबुन्ने र बिक्री गर्ने व्यवसाय पनि अहिले आएर बजारमा आएका प्लाष्टिकका गुन्द्रीहरुका कारणले संकटमा परेको छ । महोत्सवमा भेटिएकी झापा कुञ्जिवारीका साबित्रि ताजपुरियालाई छाम र गहिन भन्दा आधुनिक मिल सजिलो भएको छ । घरको छाम र गहिन भन्दा आधुनिक मिलमा पुगेर पिठो कुटेर ल्याउन सजिलो भएको ताजपुरिया बताउ“छिन् । अहिले गाउ“ गाउ“मा विकास र परिवर्तन संगै ताजपुरिया र राजवंशी समुदायले परम्परादेखि प्रयोग गर्दै आएका छाम र गहिन चलाउन छाडेका छन् ।
कुटानी र पिसानीका लागि चलाउन छाडेपछि छाम र गहिन मात्र होइन ताजपुरिया र राजवंशी समुदायको शुभकार्यमा सामग्रीहरु हालेर लाने ल्याउने गरेको जाउली पनि महोत्सवमा भेटिएकी गौरादह नगरपालिका वडा नं. १३ की ३४ बर्षीया हेमनसरी राजवंशीका अनुसार आधुनिक ब्याग र सुटकेशले गर्दा लोप हुदै गएको छ । त्यसो त झालङ, धक्रा, बिछना, पेटानी, मासटर हारी कुहा, कासाभाजा आ“ख, भा“ती, कुठी, सम्पन्नी गाडी, जाउ“ली, ढोक्सा, छिटीजाल, भेर्का र पेल पनि लोप हुने अवस्थामा पुगेको महोत्सव समितिका संयोजक देवी प्रसाद राजवंशी बताउ“छन् ।
फागुन ७ गते बाट शुरु भएको राजवंशी ताजपुरिया सांस्कृतिक पर्यटन महोत्सव सामाजिक शिक्षाका लागि अवलोकनीय रहेको महोत्सवका बरिष्ठ सह संयोजक गंगाराम ताजपुरिया बताउ“छन् । यस राजवंशी ताजपुरिया समुदायका कला–संस्कृति संरक्षणका लागि सरकारी स्तरबाट पनि व्यवहारिक रुपमा कुनै तहका पाठ्य पुस्तकमा समावेश नगरिएकाले पनि यो समुदायको कला संस्कृतिको लोप हुने अवस्था आएको उनी बताउ“छन् ।
१९ फाल्गुन २०७३, बिहिबार
0
Shares