१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

जनश्रमदानबाट सडक विस्तार


८ माघ २०७३, शनिबार  

0
Shares

गौरीगंज / bato1 झापाको खजुरगाछी वडा नं. ६ र ८ को बीचमा रहेको सडक स्तरोन्नती गरिएको छ । खजुरगाछी –६ मा रहेको राजेन्द्र चौधरीको घरदेखि कृष्ण उप्रेतीको घरसम्म जाने सडक २० फिट चौडा सहित ६ सय मिटर लम्बाईको सडक स्थानीय जनश्रमदानबाट स्तरोन्नी गरिएको हो । यसअघि ५ मिटर मात्र चौडा रहेको सडक खाल्डा खुल्डी परी विग्रिएपछि वर्षातको समयमा पानी पर्दा सडक हिल्लामे हुदा“ आवतजावत गर्न समस्या भएपछि सडकलाई विस्तारसहित मर्मत गरिएको सडक उपभोत्ता समितिका अध्यक्ष आत्माराम राजवंशीले बताए । जनश्रमदानबाट उठेको ५५ हजार रुपैया“बाट मर्मत गरिएको सडकलाई गा्रभेल गर्न खजुरगाछी गाविसमा बजेट माग गर्ने राजवंशीले बताए । सडक मर्मतपछि स्कुल क्याम्पस जाने विद्यार्थी र व्यापारीहरुका साथै खजुरगाछी गाविस भित्रका ६, ८, ९ र गौरीगंज गाविसका स्थानीयबासीसमेत प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : ८ माघ २०७३, शनिबार  ८ : २८ बजे