१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

श्रीमानको जिवनरक्षाका लागि सहयोगको याचना


२८ मंसिर २०७३, मंगलबार  

0
Shares

cancer1
ज्यामिरगढी / झापा ज्यामिरगढी –३ निवासी विनिता राजवंशीले आफ्नो श्रीमानको जीवनरक्षाको लागि सहयोग मागेकी छन् । उनको श्रीमान् वर्ष ४० को पञ्च राजवंशीलाई आन्द्रामा क्यान्सर रोगले विगत ४ महिनादेखि पिडित छन् । आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा ५ लाख रुपैया खर्च भइसकेको र अझै ७ लाख रुपैयॉ लाग्ने भएको हुदा सहयोगको याचना गरेकी हुन् । एक छोरा र एक छोरीलाई पालन पोषण गर्ने र घर परिवार सबै उहाकै कमाईले हुदै आएकाले अब आफु विचल्ली परेको विनिताले बताइन् । भाद्र ६ गते वि.एण्ड.सी हस्पिटल विर्तामोडमा पहिलो पटक जाच गर्दा आन्द्रामा क्यान्सर लागेको भनी भरतपुर क्यान्सर अस्पतालमा रिफर गरेको उनले बताइन् । हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेकी छन् । उनलाई सहयोग गर्न इच्छुक दाताले विनिता राजवंशी ग्लोबल आइएमई वैंक धुलावारी खाता नं. २३०७०१०००३७०८ मा रकम जम्मा गर्न सक्नुहुनेछ । सम्पर्क विनिति राजवंशी फोन नं. ९८४२६३८७१७, ९८१५९६२५९५

प्रकाशित मिति : २८ मंसिर २०७३, मंगलबार  ५ : ५४ बजे