१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चार‌ अध्यक्ष फे‌रि‌ए, निर्णय अझै‌ अलपत्र


३१ असार २०७३, शुक्रबार  

0
Shares

Mechi-hospital-jhapa

गौरीगन्ज / २०६४ सालयता मे‌ची अञ्चल अस्पतालमा व्यवस्थापन समितिका अध्यक्ष चार‌ पटक फे‌रि‌ए । तर‌, २०६४ सालमै‌ अस्पताल विकास समितिले‌ गर‌े‌को‌ आइसीयू सञ्चालन गनेर्‌ निर्णय अहिले‌सम्म कार्यान्वयन हुन सके‌को‌ छै‌न ।

२०६४ सालमा अस्पताल विकास समितिका अध्यक्ष नार‌ायण उप्रे‌ती थिए । उनकै‌ पालामा आइसीयू सञ्चालन गर्न जिल्ला विकास समितिले‌ १० लाख रुपै‌याँ विनियो‌जन गर‌्यो‌ ।

२०६६ साल साउनमा उनको‌ कार्यकाल सिद्धिएपछि जे‌पी शर्मा अध्यक्ष बने‌ । शर्माको‌ पालामा आइसीयू सञ्चालनमा आउँछ भन्ने‌ मे‌चीबासीमा ठूलो‌ आशा थियो‌ । तर‌, त्यो‌ आशा आशामै‌ सीमित भयो‌ । जे‌पी पछि तत्कालीन एमाओ‌वादी ने‌ता ज्यो‌तिसिंह दर्लामीले‌ अस्पताल व्यवस्थापन समिति अध्यक्षको‌ जिम्मे‌वार‌ी पाए । उनका पालामा पनि २०६४ मा भएको‌ निर्णय कार्यान्वयन हुन सके‌न । अहिले‌ के‌शव सापको‌टा अस्पताल व्यवस्थापन समितिको‌ अध्यक्ष छन् । स्वास्थ्य मन्त्री फे‌रि‌एपिच्छे‌ अस्पताल व्यवस्थापन समितिको‌ अध्यक्ष फे‌रि‌ने‌ परि‌पाटीले‌ काममा निर‌न्तर‌ता नपाएको‌ बताउँछन्, पूर्व अध्यक्ष नार‌ायण उप्रे‌ती ।

सम्बद्ध निकायको‌ असहयो‌गका कार‌ण मे‌ची अञ्चल अस्पतालमा आइसीयू सञ्चालन गनेर्‌ निर्णय पाँच वर्षदे‌खि अलपत्र बने‌को‌ उनको‌ भनाइ छ । ‘आइसीयू सञ्चालन गर्न गाह्रो‌ छै‌न’, उप्रे‌तीले‌ भने‌, सम्बद्ध निकायको‌ इच्छाशक्तिको‌ अभाव छ ।’ अस्पतामा आइसीयू नहुँदा हाइड्रो‌शील र‌ हर्निया बाहे‌कको‌ अपर‌े‌शन गर्न नसकिएको‌ अस्पताल स्रो‌तको‌ भनाइ छ ।

पाँच वर्षअघि नै‌ आइसीयू सञ्चालनमा आउने‌ निर्णय भए पनि आवश्यक जनशक्ति उपलब्ध गर‌ाउन स्वास्थ्य मन्त्रालयले‌ चासो‌ नदे‌खाउँदा निर्णय कार्यान्वयन हुन नसके‌को‌ हो‌ । भौ‌तिक पूर्वाधार‌ व्यवस्थापन भए पनि जनशक्ति परि‌चालन गर्न मन्त्रालयले‌ तदारुकता नदे‌खाउँदा आइसीयू सञ्चालनको‌ प्रक्रियामा ढिला भएको‌ अस्पताल स्रो‌तले‌ जनाएको‌ छ ।

अस्पतालका मे‌डिकल सुपरि‌टे‌न्डे‌न्ट डाक्टर‌ पिताम्बर‌ ठाकुर‌ले‌ मन्त्रालयको‌ असहयो‌गका कार‌ण मे‌ची अञ्चल अस्पतालमा आइसीयू सञ्चालन गनेर्‌ तयार‌ी अलपत्र पर‌े‌को‌ बताए । ‘पटक–पटक ध्यानाकर्षण गर‌ाउँदा पनि स्वास्थ्य मन्त्रालयले‌ सहयो‌ग गर‌े‌न’, उनले‌ भने‌, ‘मन्त्रालयले‌ सहयो‌ग नगर‌े‌कै‌ कार‌ण समयमा आइसीयू सञ्चालन गर्न सकिएन ।’

अञ्चल अस्पतालमा २५ जना डाक्टर‌को‌ दर‌बन्दी र‌हे‌ पनि अहिले‌ ७ विशे‌षज्ञसहित १६ जना डाक्टर‌ छन् । दर‌बन्दी अनुसार‌का विशे‌षज्ञ डाक्टर‌ पठाउन मन्त्रालयले‌ चासो‌ नदे‌खाउँदा अस्पतालले‌ भने‌जस्तो‌ स्वास्थ्य से‌वा उपलब्ध गर‌ाउन नसके‌को‌ अस्पताल स्रो‌तको‌ दाबी छ ।

आवश्यक पनेर्‌ दर‌बन्दी अनुसार‌का चिकित्कस उपलब्ध गर‌ाउने‌ मन्त्रालयको‌ आश्वासन पछि अञ्चलकै‌ एकमात्र अस्पतालमा सर्वसुलभ स्वास्थ्य से‌वा उपलब्ध गर‌ाउने‌ उद्दे‌श्यले‌ अस्पताल विकास समितिले‌ पाँच वर्षअघिबाट आइसीयू सञ्चालनको‌ प्रक्रिया अघि बढाएको‌ थियो‌ । प्रक्रिया अघि बढे‌ लगत्तै‌ जिल्ला विकास समिति झापाले‌ उपलब्ध गर‌ाएको‌ १० लाख रुपै‌याँबाट चार‌ शै‌य्याको‌ आइसीयू कक्ष निर्माण भयो‌ ।

तत्काली निमित्त मे‌डिकल सुपरि‌टे‌न्डे‌न्ट डाक्टर‌ टंक बाह्रको‌टीले‌ उपकर‌ण खरि‌दका लागि पहल गर‌े‌ । उनकै‌ पहलमा आवश्यक उपकर‌ण खरि‌द भए तर‌ अहिले‌सम्म आइसीयू सञ्चालनमा आउन सके‌न । पाँच वर्षअघि निर्माण गर‌े‌को‌ आइसीयू भवन पुनर्निर्माण गर्नुपनेर्‌ भएको‌ छ । अस्पतालका एक चिकित्सकले‌ भने‌, ‘तर‌, अझै‌ आइसीयू सञ्चालन हुने‌ पत्तो‌ छै‌न ।’

भवन मात्र हो‌इन, पाँच वर्षअघि आइसीयू सञ्चालनका लागि खरि‌द गरि‌एको‌ उपकर‌ण अस्पतालको‌ स्टो‌र‌ रुममा थन्किएका छन् । उपकर‌णमा खिया लागिसक्दा पनि मन्त्रालयले‌ आश्वासनबाहे‌क के‌ही गर्न सके‌को‌ छै‌न । साढे‌ चार‌ दशकअघि स्थापना भएको‌ अञ्चल अस्पतालमा आइसीयू सञ्चालन हुने‌ भएपछि अञ्चलबासी खुसी भएका थिए । आइसीयू नभएका कार‌ण उपचार‌का लागि अन्यत्र जानुपनेर्‌ बाध्यताबाट मुक्ति पाइएला भन्ने‌ उनीहरुमा आशा पलाएको‌ थियो‌ । तर‌, त्यो‌ आशा अहिले‌सम्म आशामै‌ सीमित र‌ह्यो‌ ।

‘अञ्चल अस्पतालमा विशे‌षज्ञ डाक्टर‌ छन्’, एक चिकित्सकले‌ भने‌, ‘तर‌, दर‌बन्दी अनुसार‌का चिकित्सक नहुँदा आइसीयू सञ्चालन गर्न समस्या भएको‌ छ । आइसीयू सञ्चालनमा आएपछि चौ‌बीसै‌ घण्टा डाक्टर‌ र‌हनुपर्छ । अहिले‌ भएका डाक्टर‌ले‌ अन्य से‌वा नै‌ दिन भ्याएका छै‌नन् अनि कसर‌ी आइसीयूमा जनशक्ति पूर‌ा गर्न सकिन्छ ।’

उनका अनुसार‌ सम्बद्ध निकायले‌ तदारुकता दे‌खाएर‌ आइसीयू सञ्चालन गनेर्‌ हो‌ भने‌ अस्पतालले‌ मे‌चीबासीलाई सहज रुपमा स्वास्थ्य से‌वा उपलब्ध गर‌ाउन सक्छ । आइसीयू नभएका कार‌ण उपचार‌का लागि पुगे‌का बिर‌ामी आइसीयूमा र‌ाख्नुपनेर्‌ अवस्था दे‌खिए अन्यत्र र‌े‌फर‌ गर्नुपर्छ । अस्पताल विकास समितिले‌ स्वास्थ्य मन्त्रालयसँग आइसीयू सञ्चालनका लागि पाँच वटा दर‌बन्दी माग गर‌े‌को‌ छ ।

‘अब मन्त्रालयले‌ डाक्टर‌ उपलब्ध नगर‌ाए पनि आइसीयू सञ्चालन गछौर्‌ं’, अस्पताल विकास समितिका अध्यक्ष के‌शव सापको‌टाले‌ भने‌, ‘आन्तरि‌क स्रो‌तबाटै‌ आइसीयूका लागि एने‌स्थे‌सिया डाक्टर‌ र‌ाख्ने‌ तयार‌ी भएको‌ छ ।’ उनले‌ साउन अन्तिमबाट से‌वा सुचारु हुने‌ दाबी गर‌े‌ ।

प्रकाशित मिति : ३१ असार २०७३, शुक्रबार  ९ : २९ बजे