१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

निताई आयुर्वेदिक उपचार केन्द्रको सेवा बन्द


२६ असार २०७३, आइतबार  

0
Shares

विर्तामोड / विर्तामोडस्थित निताई आयुर्वेदिक उपचार केन्द्रको सेवा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले उपचार केन्द्र सञ्चालन गर्न आवश्यक लाइसेन्स कागजपत्र नभएको भन्दै केन्द्रको सेवा बन्द गराएको हो । विहिवार जिल्ला प्रशासन कार्यालयलगायत स्वास्थ्य विभागको संयुत्त टोलले सेवा केन्द्र मै पुगी बन्द गर्न निर्देशन दिएका थिए । केन्द्रका संचालक अगमलाल राजवंशीले उपचार केन्द्र सञ्चालन गर्न नगरपालिकाबाट अनुमति पत्र लिएको र सोही अनुसार राज्यलाई कर तिर्दै आएको बताए । एक्कासी प्रशासनले उपचार केन्द्र बन्द गराउनु आफुलाई दु:खी बनाएको बताए । निताई राजवंशीको अनुसन्धानबाट प्राप्त घरेलु उपचार पद्यतिबाट हाडजोर्नी सम्बन्धी सबै विरामीहरुलाई अति न्युन शुल्कमा सेवा दिदै आएका थिए । विगत २ दशकदेखि सेवा दिदै आएको सो केन्द्रको शाखा दमक,विर्तामोड, इलामलगायत स्थानमा सेवा दिदै आएको छ । nitai  rajbanshi

प्रकाशित मिति : २६ असार २०७३, आइतबार  १ : ११ बजे