३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

राजवंशी धर्म संस्कार सम्बन्धि एक दिने प्रशिक्षण


२८ चैत्र २०७२, आइतबार  

0
Shares

राजगढ २७, चैत /   राजवंशी धर्म संस्कार जिल्ला कार्य समितिको आयोजनामा झापाको राजगढस्थित सामुदायिक भपनमा शनिवार एक दिने धर्म संस्कार सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पुर्व गृहराज्य मन्त्री तथा राजवंशी समाज विकास केन्द्रका केन्द्रिय अध्यक्ष भीमराज राजवंशीको प्रमुख आतिथ्यथामा  कार्यक्रममा राजवंशी धर्म संस्कार सम्बन्धि प्रशिक्षण दिइएको थियो । त्यसैक्रममा विभिन्न सांस्कृतिक नाच,  राजवंशी भाषाको आधुनिक गित तथा राजवंशी भाषाको  एकांकी नाटक ‘अल्पत बेटा पच्कट्टु’ प्रदर्शन गरिएको थियो । झापा र मोरङका गुरु गसई, गाइन गसइ र  किर्तनिया गसईहरुको यस्तो भेला झापामा पहिलो पटक भएको हो । उनीहरुले राजवंशी जातिको धर्म, संस्कार, संस्कृति, भाषा लोप हुदै गएको भन्दै त्यसको संरक्षणका निम्ति कसरी अगाडी बढ्नेबारे छलफल गरेका थिए । झापा र मोरङका राजवंशी जातिको बीच बोलिने भिन्न भिन्न भाषालाई एकरुपता ल्याउने, धर्म संस्कारमा रहेका कुरीतिहरुलाई न्युनीकरण गर्ने र भावी पिढीलाई धर्म संस्कार सम्बन्धि प्रशिक्षण दिनेबारे गहन छलफल भएको समितिका अध्यक्ष लखनलाल राजवंशीले बताए । समितिका अध्यक्ष लखनलाल राजवंशीको सभापतित्वमा सम्पन्न कार्याक्रममा राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष पुकार चन्द्रसिंह राजवंशी, राजवंशी धर्म संस्कार समितिका मोरङ जिल्ला अध्यक्ष थत्मनलाल राजवंशी, कोचिला न्युज डटकमका अध्यक्ष कमल प्रसाद राजवंशीलागायले बोलेका थिए । dharma1

प्रकाशित मिति : २८ चैत्र २०७२, आइतबार  १२ : १० बजे