४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आज भाक्का दिवस, लोकप्रिय बन्दै ‘भाक्का’

झापा, २७ पुस । पूर्वी तराईको झापा र मोरङका आदिबासी राजबंशी समुदायमा भाक्का खाने प्रचलन धेरै पुरानो छ । धानको पिठोबाट बनाइने भाक्का पोषिलो, स्वादिलो र अडिलो हुन्छ । अचेल यो रैथाने परिकार पूर्वी तराईको लोकप्रिय खानेकुरा भइसकेको छ । पुस माघको ठण्डी मौसममा राजबंशी महिलाहरु हुरहुरी बाफ उड्ने तातो खाजाको रुपमा भाक्का बनाउने गर्दछन् ।…