२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

आज अपराह्नदेखि मेघ गर्जनसहित हल्का वर्षा, तापक्रम घट्ने

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका साथै बंगालको खाडिबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ। जसका प्रभावले आइतबार अपराह्नदेखि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए। उनका अनुसार सोमबारदेखि तापक्रम घट्नेछ। उनका अनुसार आजै…