झापा, २६ वैशाख / मुलुकमा पछिल्लो समय कुनै हिंसात्मक द्वन्द्वको अवस्था छैन । व्यक्तिगत असुरक्षा निम्तिने कुनै त्रासदी नहुँदा पनि झापाली सर्वसाधारणले ठूलो सङ्ख्यामा निजी बन्दुक राखेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले झापामा सर्वसाधारणले आठ सय ८५ वटा निजी हतियार (बन्दुक) राख्न इजाजत लिएको बताउनुभयो । उहाँका अनुसार भरुवा बन्दुकदेखि अर्धस्वचालित हतियार…