१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

कोशीमा एमाले-कांग्रेसबीच आलोपालोको सहमति, कांग्रेसले चार मन्त्रालय लिने

विराटनगर/ कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसले सरकारमा आलोपालो गर्ने सहमति भएको छ। सहमतिअनुसार अब केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले मुख्यमन्त्री लिने सहमति भएको छ ।  वतर्मान एमाले नेतृत्वको प्रदेश सरकारमा नेपाली कांग्रेसले चार मन्त्रालय लिने सहमति भएको कांग्रेस नेता एव प्रदेश सभासद भीम पराजुलीले बताए। प्रदेश सभासद पराजुलीका अनुसार दुवै दलका नेताहरूको शनिबार काठमाडौंमा सम्पन्न बैठकले सरकारको नेतृत्व आलोपालो गर्नेसँगै मन्त्रालय भागबन्डाको विषय प्याकेजमा नै सहमति…