२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

धान तथा मकै खेतीमा विभिन्न प्रकारका राेग लागेर हैरान भएका किसानलाई राहत


२० माघ २०७६, सोमबार  

0
Shares

20200203_190543
काेचिला संवाददाता
गौरादह २०, माघ /कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दै जाँदा लगानी अनुसारको प्रतिफल नपाएपछि निराश भएका किसानलाई चुडाल खरिदबिक्री केन्द्र गौरादहले खेती प्रणालीमा प्राेत्साहनका कार्यक्रम अघि सारेकाे छ । परम्परागत खेती प्रणालीबाट खेती गर्दा दु:ख,कष्ट र झन्झट बेहाेरी रहेका किसानलाई आधुनिक उपकरण भित्रिएसंगै खेती गर्न सहजता भएपनि लगानी गरे अनुसार प्रतिफल नपाएकाे गुनासो गरिरहेका छन् ।किसानहरुले लगाएकाे बाली उठाएपछि बिक्री गर्ने समयमा मुल्य कम हुन्छ। दु:ख , कष्ट र लगानी गरेर बाली उठए पनि उचित मुल्य नपाए पछि केही  किसानहरुले खेतिकाे विकल्प समेत खाेज्न थालेका छन् । परम्परा देखि लगाईदै आएकाे धान तथा मकै खेतीमा विभिन्न प्रकारका राेग लागेर हैरान भएका किसानहरुलाई खेतीमा आकर्षण बढाउन राेग निवारणकाे  तालिम दिनुकाे साथै चुडाल खरिद बिक्री केन्द्रले  बिउबिजन समेत वितरण गर्दै आएकाे छ।किसानहरुलाई राहात दिने उधेश्यले खेत जाेते बापत लिईने शुल्क समेत  घटाईने चुडाल खरिद बिक्री केन्द्रका प्राेप्राइटर असाेक चुडाल बताउँछन। उनका अनुसार आफुले किसानका लागि खेतीमा प्रयाेग हुने प्रायः सबै प्रकारका  उपकरण रहेकाले किसानहरुले सहज रुपमा बाली लगाउन सक्ने प्राेप्राईटर चुडाल बताउँछन्। फालि लगाएर खेत जाेते बापत प्रति घन्टा ९ सय र राेटाबेटर प्रयाेग गरेमा प्रति घन्टा १ हजार ४ सय मात्र लिने प्राेप्राईटर चुडालले घाेषणा गरेका छन।यस अघि सबै ट्याक्टर धनिहरुले फालि प्रयाेग गर्दा १ हजार र राेटावेटर प्रयाेग गर्दा १ हजार ६ सय लिई रहेका छन्। मकै खेती गर्ने किसानहरुलाई मेसिनबाट मकै राेपिदिने, मेसिनबाट मकै छाेडाई दिने र सुकाएर  उचित मुल्यमा खरिद गरिदिने चुडाल बताउँछन्। मकै खेतीका लागि किसानले पानी लगाउने,गाेडमेल गर्ने र मल लगाउने मात्र काम गर्नु पर्ने बताए। किसानहरुका लागि खेत जाेत्ने देखि बिउबिजन बितरण गर्दै उत्पादित बाली समेत खरिद गर्ने भएकाले किसानहरूले राहात पाउनु पर्ने उनकाे भनाई छ। खेती गर्ने किसानहरुका लागि त्यसतर्फ प्राेत्साहन गर्न किसानले लगाउने बालिकाे उत्पादन बढाउन र राेगबाट बालि जाेगाउन कृषि प्राबिधिक ल्याएर तालिम मार्फत किसानलाई आवश्यक परामर्श,सल्लाह र सुझाव दिईने गरेका छन। गौरादह नगरपालिका वडा नं -२ का मकै खेती गर्दै आएका किसान शेष राज भन्डारीले चुडाल खरिद बिक्री केन्द्रले किसानहरुलाई खेती गर्न प्राेत्साहन गरेकाे बताउँछन।हिउँदे तथा बर्षे सबै प्रकारका बाली लगाउन किसानहरुकाे माग बमाेजिम तालिम दिनुका साथै आधुनिक उपकरण प्रयाेग गरी बीउ विजन बितरण गर्दा किसानलाई राहात मिलेकाे बताउँछन्। चुडाल खरिद बिक्री केन्द्रले राहात दिएका कारण आफुले यश बर्ष १६ के.जी. मकैकाे बीउ राेपेकाे बताउँछन् ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १ : २५ बजे