३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

आफ्नै लागि गरौ बाचा


१९ चैत्र २०७२, शुक्रबार  

0
Shares

 

 

purnima

 

      पुर्णीमा राजबंशी

 

 
कुनै बेला आफ्नो मान्छेको लागि त कुनै बेला अरुलाई खुसी पार्न तपाईले धेरै वाचा कसम गर्नु भएको होला । आºनो जिउ ज्यान समेत लाउनु भएको छ होला । हामीलाई लाग्छ कि तपाइले आङ्खनो खुसीको लागि आफैं संग कुनै बाचा गर्नु भएको छैन भने आजै देखी गर्नुस आफै संग बाचा ।
१. सबै कामकाजहरु आफै नगर्ने बाचा
कोहि मानिस यस्ता हुन्छन कि घरको र बाहिरको काम सबै जिम्मेवारीहरु आफै वहन गर्न चाहन्छन । यो बिर्सिन्छन कि सबै कामकाजहरु आफै घरपरिवार अफिस आºनै माथि लिदा बोझको तल डुबिराखेको हुन्छ  । त्यसको  असर आङ्खनै स्वास्थ्यमा पर्छ । त्यति मात्र होइन सबै जिम्मेबारी निर्बाह गर्दा कुनै न कुनै बेला असफल भइन्छ । सबै कामको सिकार बन्नु भएको छ भने छिटै मुक्त हुनुस ।

२.ताकत—कमजोरी दुबैलाई चिन्ने वाचा
हरेक मानिस भित्र राम्रो र नराम्रो दुबैको मिश्रण हुन्छ । अत.तपाई जुनै किसिमबाट आºनो परिवारको अगाडि हरेक खुसीहरु सुनाउनु हुन्छ त्यसरी नै आºनो कमी कमजोरीलाई पनि परिवारको अगाडि प्रष्ट गर्नु पर्छ । यसरी तपाईको ताकतले परिवारको पनि फाइदा साथै तपाइको फाइदा हुन्छ । तपाई आङ्खनो कमी कमजोरीलाई सकारात्मक रुपले स्विकार गर्नु भयो  भने त्यसको अनुरुप काम गर्दा तपाईको भबिष्यमा कुनै पनि चिन्ता हुदैन ।
३.आङ्खनै बारे राम्रो सल्लाह राख्ने वाचा
मेरो हाइट कम छ ,मेरो बडि छैन, म सुन्दर या मेरो जिउ मिलेको छैन यस्तो कुराहरु तपाई आफ्नै बारेमा भन्न थाल्नु भयो भने  बिस्तारै बिस्तारै छरछिमेकीहरु पनि त्यहि नजरले हेर्छन । त्यसैगरी जुनबेला आङ्खनो बारेमा सकारात्मक  सोच जस्तो कि म जे भए पनि राम्रो छु मेरो ब्यवहार राम्रो छ  यस्तो कुराहरु भन्दा अरुले पनि राम्रो भन्छन् ।  आङ्खनो बारेमा नकारात्मक कुराहरु भनेर छरछिमेकमा नकारात्मक उर्जाको संचार गर्दै हुनुहुन्छ । जुन बेला देखि आङ्खनो क्षमतामा बिश्वास गर्न सुरु गर्नुहुन्छ त्यति बेला देखी नै सारा दुनियाँ तपाइको विश्वास गर्छन ।
४. निर्णय लिने जिम्मेबारीको बाचा
यदि तपाई घरको काम र निर्णयहरु आफै गर्नु हुन्छ भने उसको परिणाम पनि आफैले स्विकार गर्नु तपाईको जिम्मेवारी हुन्छ । कोइ ब्यतिm यस्तो हुन्छन कि आफु माथि परेको दोषलाई अरु माथी लगाउँछन  । आजै देखी तपाई  वाचा गर्नुस कि कुनै पनि निर्णय यदि गलत भयो भने त्यसको जिम्मेवारी  पनि आफै लिनुस त्यसपछि मान्छेलाई तपाई प्रति विश्वास हुन्छ  । अनि तपाई हरेक जिम्मेबारी र निर्णय  गर्ने वाचामा सफल बन्नु हुन्छ ।

५. अरुको बारेमा पहिले नै सल्लाह नलिने वाचा
सामान्य तरबरमा कसैसंग भेट्नु पहिला नै हामी उसको बारेमा मनोभावबाट धेरै कहानी बनाउँछांै । अरुको बारेमा कुनै किसिमको बेकार र गलत कुरा बोल्नु हुदैन । हद त त्यहाँ हुन्छ जब उसको चरित्रको बारेमा आºनो साथीभाइसंग कमेन्ट गर्छौ । त्यसबेला साथीको कुरामा यति प्रभाबित हुन्छौ कि अरुको बारेमा सोच्दैनौ । यस्तो आदतहरुले नकारात्मक असर पर्छ यदि कसैको बारेमा सोच्न चाहनु हुन्छ भने सकारात्मक सोच्नुहोस् ।
तपाई ्यी कुराहरुलाई पढेर मात्र सिमित नराख्नुहोस् आङ्खनो व्यवहारमा लागु गर्नुहोस् अवश्य सफल बन्नुहुन्छ ।

प्रकाशित मिति : १९ चैत्र २०७२, शुक्रबार  ५ : ०२ बजे