आत्माराम राजवंशी / गौरीगंज गाउँपालिका–२, तुलाचनस्थित एक सामान्य घरको चोकमा शान्त, तर कहालीलाग्दो मौनता छ । त्यही मौनताभित्र जीवनको कठोर वास्तविकता बोकेर बसिरहेकी छन् ४४ वर्षीया भिमादेवी घिमिरे । उनी जन्मिँदा शारीरिक रूपमा पूर्ण स्वस्थ थिइन्, तर समयसँगै शरीरले साथ दिन छाड्यो । आज उनी राम्रोसंग बोल्न सक्दिनन्, आफैं उठ्न, बस्न सक्दिनन् । खुट्टा सिधा…