२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

कांग्रेस नेता सिटौलाद्वारा मनोनयनपत्र दर्ता



विराटनगर २३, पुस / नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा अफ्नो मनोनयनपत्र दर्ता गराएका छन् । नेता सिटौलाले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्य सुरु भएको छ । सोही क्रममा कांग्रेस नेता सिटौलाले मनोनयनपत्र दर्ता गरेका हुन् । झापाको भद्रपुर नगरपालिका–१० का सिटौलाको प्रस्तावकमा प्रदीपकुमार सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन् । यसैगरी नेकपा ९माओवादी केन्द्रबाट चम्पादेवी कार्कीले मनोनयनपत्र दर्ता गरेकी छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपायिलका–५ की कार्कीको प्रस्तावकमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र समर्थकमा कुमार खत्री रहेका छन् । मनोनयनपत्र दर्ता गर्ने समय आज दिउँसो ३ बजेसम्म रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, प्रदेश पूर्व मुख्यमन्त्री उद्धव थापा, राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझी, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो । ‘सहयोग प्राप्त हुने विश्वास’ कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरको छन् । राष्ट्रियसभा सदस्यको निर्वाचनमा अफ्नो मनोनयनपत्र दर्ता गराएपछि सञ्चारकर्मीसित कुरा गर्दै नेता सिटौलालले उम्मेदवार छनोटको निर्णयलाई थाँती राखी पार्टीका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे पार्टीले सर्वसम्मत निर्णय गरेअनुसार आफुले उम्मेदवारी दर्ता गरेको उल्लेख गर्दै नेता सिटौलाले सबै दलबीच समझदारी कायम गरी जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । “गठबन्धन दलबीच भएको समझदारीअनुसार एक अर्का दलका उम्मेदवारलाई निर्वाचनमा सहयोग र समर्थन रहनेछ”, नेता सिटौलाले भने ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ६ : ४९ बजे