१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्राय: कार्यक्रममा सहभागी नहुने गाैरीगंजका व्यवसायीहरू ‘मिसम्याच’ मा नाम आएपछि खचाखच ( नामावलीसहित)





गाैरीगंज २४, माघ / उद्योग वाणिज्य संघ गाैरीगंजले आयाेजना गरेकाे प्रायजसाे कार्यक्रमहरूमा उपस्थिति नहुने व्यवसायीहरू आज मंगलबार आयाेजित कार्यक्रममा उनीहरूकाे खचाखच भिड थियाे । भीड हुने एउटै कारण थियाे – मिसम्याच । यसअघिका कार्यक्रममा निमन्त्रणा दिए पनि व्यवसायीहरू आउँछन् कि भनेर कुरेर बस्ने वाणिाज्य संघले आज मंगलबारकाे कार्यक्रममा निधाे गरिएकाे ११ बजे भन्दा अगाडि नै उपस्थिति थिए । गाैरीगंज गाउँपालिकाकाे सभाहलमा आयाेजित कार्यक्रममा उपस्थित हुने सबै ब्यापारीहरूकाे एउटै मकसद थियाे कि मिसम्याचमा कसरी परे ?

गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख कर अधिकृत लवकुमार अधिकारीले मिसम्याचका विषयमा प्रस्टाएपछि सबै व्यापारीहरू त्यसका विषयमा जानकारी त पाए – पाए मिसम्याचकाे रकम नतिरि धर नपाईने पाे भनेर निष्कर्षमा पुगेकाे भान हुन्थ्याे ।


क्रेता र विक्रेताबीचको विवरण नमिलेर आर्थिक झमेलामा त परिन्छ नै मिसम्याचकाे लिस्टमा पनि पर्ने सम्भावना रहन्छ । यदि त्यस्तो हो भने अब आन्तरिक राजश्व कार्यालय दमकले मिसम्याच मिलाउन आग्रह गरेको छ ।

आर्थिक कारोबार गरेर हिसाब नमिलेमा राजश्व धेरै तिर्नुपर्ने भएकाले सरकारले विभिन्न समयमा व्यवसायीहरुलाई यस्ता अवसर प्रदान गरिएको आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख अधिकारीले जानकारी दिए ।

झापामा करिब पाँच सयभन्दा धेरै करदाताहरुको मिस म्याच भएको भन्दै प्रमुख कर अधिकृत अधिकारीले चैत महिनाभित्र आर्थिक कारोबारमा मिस म्याच भएका कारोबार मिलाउन विशेष छुटको व्यवस्था गरिएको बताए । उनले क्रेता र विक्रेताबीच हिसाब नमिल्दा तथा बिलबिजक हराउँदा हुने समस्या समाधानका लागि विशेष छुटको अवसर प्रदान गरिएको जनाइएको छ ।
मिस म्याच भएको रकमको १.५ प्रतिशत राजश्व भुक्तानी गरेमा राजश्व फछ्र्यौट हुने प्रमुख अधिकृत अधिकारीले बताए ।

व्यवसायीहरुलाई आर्थिक कारोबार चुस्तदुरुस्त राख्न आग्रह गर्दै चालू आर्थिक वर्षसम्मको मिस म्याच मिलाउने अवसर प्राप्त भएको प्रमुख कर अधिकृत अधिकारीले बताए । उनले सरकारले असोज २५ गतेबाटै यो सुविधा उपलब्ध गराए पनि ब्यवसायीले चासो नदिँदा समस्या भएको बताए । आर्थिक कारोबारलाई चुस्त राख्दै राज्यलाई तिर्नुपर्ने कर बेलैमा भुक्तानी गरेमा छुट पाइने बताइएको छ ।

ब्यवसायीहरुले जान–अन्जानमा समस्या पर्ने गरेको भन्दै यस्ता अवसरमा हिसाब मिलान तथा राजश्व चुक्ता गर्न मिसम्याच महत्वपूर्ण भएको गाैरीगंज उद्योग वाणिज्य संघका अध्यक्ष मखना महताेले बताए । उनले भने– क्रेता र विक्रेताबीच हिसाब नमिल्दा राजश्व फछ्र्याैटमा समस्या हुने गरेको छ । त्यो मिलाउन सरकारले व्यवसायीलाई विशेष छुट दिएको छ ।

उनले गाैरीगंजका सम्पूर्ण व्यवसायीलाई हिसाब मिलान गर्न सुझाव समेत दिएका छन् । आर्थिक हिसाब नमिल्दा राजश्व छलीको आशंका हुने भएकाले हिसाबलाई दुरुस्त राख्न अध्यक्ष महताेले सबैसँग आग्रह गरेका छन् । गाैरीगंजका सबै व्यवसायीलाई कर सम्बन्धी विभिन्न सचेतनामूलक कायर्यक्रम गर्दै आएको गाैरीगंज वाणिज्य संघले मिसम्याच भएको भए तत्काल मिलाउन आग्रह समेत गरेको छ ।
गाउँपालिकाकी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि फूलवती राजवंशीले मिसम्याचकाे समस्या र अन्य धेरै समस्या भएकाेले गाैरीगंजमा कर शिक्षा कार्यक्रम राखेकाे बताईन् । गाैरीगंज गाउँपालिकाकाे आन्तरिक आय बढाउन करकाे दायराकाे बढाउने क्षेत्रहरूकाे खाेजि गरि कार्यान्वन गर्न अध्यक्ष राजवंशीले आग्रह गरिन् । नदिजन्य पदार्थ, हाटबजार, स्थानिय उपजहरूकाे खरिद विक्रीमा कर लगाई, माछामासुलगायतमा कर लगाई आम्दानी बढाउन सक्ने कर अधिकृत अधिकारीले सुझाव दिए ।
गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुवँरले आर्थिक संकटका बेला व्यवसायीहरू मिसम्याचमा पर्नु दुखत भएकाे बताउदै त्यसका बारे आग्रह गरिन्। उनले कर कार्यालयले पनि बेलैमा कर सम्बन्धि जानकारी दिए यस्ताे खालकाे जरिवानामा नपर्ने विश्वास व्यक्त गरिन । गाैरीगंज उद्योग वाणिज्य संघ गाैरीगंजका प्रमुख मखना महताेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सन्ताेष श्रेष्ठ, ईलाका प्रशासन कार्यालयका प्रमुख चुडामणि आपगाई, नेपाल वैंक लिमिटेडका प्रमुख संजय साहु, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेश दाहाल, नेपाल रेडक्रस साेसाइटी गाैरीगंजका सभापति यादव रिजाललगायत व्यवसायीहरूकाे सहभागीता थियाे । कार्यक्रमकाे सञ्चालन संघका कार्यालय सचिव राेशन यादवले गरेका थिए ।

के हो मिस म्याच ?
आय विवरणको अनुसूची १३ मा भरेको र तपाईसँग कारोबार गर्ने (बिक्रेता, क्रेता, साहु, आसामी) ले बुझाएको विवरण फरक परेमा त्यसलाई मिसम्याच भनिन्छ । अनुसूची १३मा तपाईंले बार्षिक एक लाखभन्दा (एकै वा पटक÷पटक गरी) रुपैयाँ भन्दा बढी कारोबार (खरिद वा बिक्री) गरेका पार्टी र बर्षान्तमा कसैसँग लाख रुपैयाँभन्दा बढी लिनु वा दिनु भएमा सो विवरण भर्नुपर्दछ । कारोबार गरेका दुबै पक्षले पेश गरेको विवरण एउटै नभएमा, त्यसलाई मिसम्याचमा परेको भनिन्छ । कारोबारमा गडबढी हुनु तथा खरिद विक्रीमा फरक देखिनु नै मिस म्याच हो– प्रमख कर अधिकृत अधिकृतले भने ।

मिस म्याचबाट कसरी बच्ने ?

मिस म्याचबाट बच्न तपाईंले आर्थिक बर्ष सकिएपछि सबै पार्टीबाट कारोबारको समर्थन पत्र (कन्फर्मेसन लेटर) लिन सक्नुहुन्छ । जसबाट तपाईंले बितेको बर्ष हरेक पार्टीसँग कतिको कारोबार भयो र बर्षान्तमा लिनु÷दिनु कति छ भन्ने विवरण अद्यावधिक गर्न सक्नुहुन्छ ।

त्यसको आधारमा तपाईंले आफ्नो कारोबारमा कुनै हिसाब राख्न गल्ती भए सच्याउन समेत सक्नुहुन्छ । त्यसपछि अनुसूची १३ भर्दा सोहस् सच्चाएको विवरण हाले मिसम्याच पर्ने सम्भावना एकदमै न्यून हुने बताइएको छ । मिस म्याचबाट बच्न हिसाब किताब चुस्त दुरुस्त राख्नुपर्ने र सबै विवरण सुरक्षित राख्नुपर्ने प्रमुख कर अधिकृत रिजालको भनाइ छ ।

मिसम्याच देखिएपछि प्रमाण पेश गर्न नसके के हुन्छ ?

तपाईंको व्यवसायको मिसम्याच देखिएपछि आफूले पेश गरेको विवरण साँचो र अर्को पार्टीको विवरण झुठो हो भनेर प्रमाणित गर्न नसके कर कार्यालयले तपाईंलाई जरिवाना गर्न सक्छ ।

जस्तै तपाईंले बिक्री देखाउनुभएको छैन तर अर्को पार्टीले तपाईंबाट खरिद गरेको विवरण देखाइ दियो । यस्तो बेला तपाईंले आफूले साँच्चै बिक्री गरेको होइन भनेर प्रमाण पेश गर्न नसके कर कार्यालयले सबै रकमलाई आम्दानी मानेर त्यसमा लाग्ने कर, जरिवाना र व्याज समेत असुल गर्न सक्ने बताइएको छ ।मिसम्याचमा परेका व्यवसायीहरूकाे नामावली

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ९ : १९ बजे