१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकाद्वारा भु – उपयाेग सम्बन्धि स्थानिय राजपत्र प्रकाशित, जग्गाकाे वर्गीकरण यसरी हुने



फाेटाे : गाैरीगंज गाउँपालिकाले आयाेजना गरेकाे भुउपयाेग सम्बन्धि अन्तरक्रिया कार्यक्रम

गाैरीगंज २१ मंसिर / गाैरीगंज गाउँपालिकाले आज बुधबार भु-उपयाेग कार्यविधि राजपत्रमा प्रकाशित गरेकाे छ । खुबै चासाे र नागरिककाे अति आवश्यकियरूपमा हेरिएकाे भु- उपयाेग कार्यविधि गाउँपालिकाकाे कार्यपालिका वैठकले आज बुधवार पारित गरेकाे हाे ।
सरकारी बाहेककाे स्थान वा सम्भाविक बजार क्षेत्रमा मुख्य चाैकदेखि १०० मिटरकाे परिधिसम्म सडकसंग जाेडिएका कित्ताकाे क्षेत्रलाई व्यावसायिक क्षेत्र र साेकाे लम्बत परपेन्डिकुलर १०० मिटरकाे क्षेत्रलाई आवासिय क्षेत्र निर्धारण गरिएकाे राजपत्रमा उल्लेख छ ।
गाउँपालिकाले प्रकाशित गरेकाे स्थानिय राजपत्र

गाैरीगंज गाउँपालिकाले कृषि तथा गैह्र कृषि क्षेत्र वर्गीकरण सम्बन्धि विहिवार अन्तरक्रिया कार्यक्रम गरेकाे थियाे । गाैरीगंज गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीकाे अध्यक्षता र उपाध्यक्ष पुजन न्याैपाने कुवँरकाे स्वागतमा भएकाे अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाले कृषि तथा गैर कृषिको जग्गा छुट्टाई भूउपयोग क्षेत्र वर्गीकरण, भूउपयोग योजना तर्जुमा र कार्यान्वयनसम्बन्धी कार्य गर्नु पर्ने बताईएको थियाे ।
कार्यक्रममा नापी विभागले तयार गरेको गाैरीगंज गाउँपालिकाकाे भूउपयोग नक्सा, सोको विद्युतीय अभिलेख र तथ्यांकको प्रयोग गरी भूउपयोग क्षेत्र छुट्याउन सकिने कार्यक्रममा बताईएकाे थियाे । खेती योग्य जग्गा वा गैर कृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनाका लागि स्थानीय तहले भू-उपयोग ऐन २०७६ र भू-उपयोग नियमावली २०७९ मा तोकिको मापदण्डका आधारमा कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने हुन्छ ।
जमिनकाे वर्गीकरण गर्दा भुमिकाे भु- बनाैट, भूमिकाे क्षमता, भूमिकाे उपयुक्तता , भूमिकाे माैजुदा उपयाेग र स्थानियतहकाे आवश्यकता हेरी कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यवसायिक क्षेत्र, औद्याेगिक क्षेत्र, व्यवसायिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, नाला, ताल, सिमसार क्षेत्र, सार्वजनिक उपयाेगकाे क्षेत्र, सांस्कृतिक तथा पुरातात्त्विक महत्व क्षेत्र अाधारहरू मानेर स्थानिय राजपत्र प्रकाशन गर्न सकिने जनाईएकाे थियाे । कार्यक्रममा सहभागीहरूले गाैरीगंज गाउँपालिका भविष्यमा सहर उन्मुख क्षेत्र भएकाे, भन्सार नाकाकाे स्थापना र स्मार्ट सिटीकाे रूपमा सरकारले विकास गर्दै लाने लक्ष्य रहेकाले याे क्षेत्रकाे ग्रामीण क्षेत्र, आवासिय क्षेत्र, व्यवसायिक क्षेत्र निर्धारण गर्दा दुरदर्शिता अपनाएर मापदण्ड वा कार्यविधि बनाउनु पर्ने धारणा राखेका थिए ।
नापी विभागका प्रमुख नापी अधिकृत विकास कुमार कर्णले सहजीकरण गरकाे कार्यक्रममा मालपाेत कार्यालय दमकका मालपाेत अधिकृत हिमालय प्रसाद बरालले भुउपयाेग सम्बन्धि जग्गाकाे बर्गीकरण सम्बन्धमा बाेलेका थिए । कार्यक्रममा गाैरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडा, नवनिर्वाचित जनप्रतिनिधिहरू, निवर्तमान गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, निवर्तमान उपाध्यक्ष दिपिन्द्र थापा, पुर्व गाविस अध्यक्षहरू, राजनितिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि, सराेकारवालालगायतकाे सहभागीता थियाे ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ९ : १५ बजे