३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

बैंकिङ कसुर मुद्वा खेपिरहेका फरार व्यक्ति पक्राउ


११ कार्तिक २०७७, मंगलबार  

0
Shares

विर्तामोड ११, कार्तिक / बैंकिङ कसुर मुद्वा खेपिरहेका एक फरार व्यक्ति आज पक्राउ परेका छन् ।
बैंकिङ कसुर मुद्वामा १ कराेड १५ लाख विगाे सहित २ महिना कैद जरिवाना ठहरिएका राजेन्द्र प्रसाद प्रसाई पक्राउ परेका हुन् । फरार अभियुक्त प्रसाईलाई कन्काई नगरपालिका वार्ड नं. ३ बाट प्रहरीले पक्राउ गरेकाे हाे ।
भवानी ढुङ्गेलले दिएकाे जाहेरी बमाेजिम बैंकिङ कसुर मुद्वामा उच्च अदालत विराटनगरकाे इलाम ईजलासकाे मिति २०७६/०९/१४ गते गरेकाे फैसला बमाेजिम प्रतिवादी प्रसाईलाई १ महिना कैद र २५ लाख विगाेसहित दुवै सजाय र निज प्रतिवादीकै नाममा सुरेन्द्र कुमार उप्रेतीले दिएकाे बैंकिङ कसुर मुद्वामा उच्च अदालत विराटनगरकाे ईलाम ईजलासकाे मिति २०७६/०९/२१ गते गरेकाे फैसला बमाेजिम प्रतिवादी प्रसाईलाई १ महिना कैद र ९० लाख रूपैयाँ विगाेसहित दुवै सजाय ठहरी फैसला भएकाेमा जिल्ला प्रहरी झापाकाे खटिएकाे टाेलीले पक्राउ गरेकाे प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ११ : ३३ बजे