१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मुर्ति बनाउन भ्याई नभ्याई, गाैरीगंजका माेहनदेव माली भन्छन् – ‘आफैँ सिकेकाे हाे ‘


३१ भाद्र २०७७, बुधबार  

0
Shares

मुर्तिमा रङ्ग  लगाउदै मुर्तिकार माेहनदेव माली 

आत्माराम राजवंशी

गाैरीगंज ३१, भदाै / उमेरले वर्ष ४३ काे । गाैरीगंज गाउँपालिका वार्ड नं. ४ हल्तावारीका माेहनदेव माली । यतिवेला उनीसंग गफै मात्र गर्न उनकाे घर पुग्याे भने त्यसै फर्कनु पर्ने हुन्छ । धेरै आफन्त, छिमेकी र साथीभाइ यसैकुराकाे गुनासाे गर्छन् । तर उनलाई कुनै प्रवाह छैन । यतिवेला उनलाई मुर्ति बनाउन भ्याई नभ्याई छ ।
विहान ६ बजे उठेदेखि माटाेकाे मुर्ति बनाउन खटिन्छन् । उनलाई मंगलवार दिउसाे १ बजे भेट्दा मुर्तिमा रङ्ग लगाउन व्यस्त थिए ।
‘ अाेर्डर दिएका सबै विश्वकर्मा भगवानकाे मुर्ति विहान सम्म दिईसक्नु पर्छ उनले भने – गफ गर्ने टाईम नै छैन।’

लहरै ३ वटा विश्वकर्मा भगवानकाे मुर्तिमा रङ्गराेगन गर्न बाकी रहेका उनकाे हात तीनै मुर्तिमा थियाे । ब्रसले रङ्ग लगाईरहेका माेहनदेवकाे खानदानी पेशा भए पनि उनकाे बाउ बाजेले भने मुर्ति बनाउने कार्य गरेनन् । कतिपय युवा पुस्ताले खान्दानी पेशालाई छाेडेर कमाई गर्न विदेशी गईरहेकाे अवस्थामा माेहनदेवले भने बाबुवाजेकाे खान्दानी पेशा छाडेनन् ।

‘ दुः ख व्यक्त गर्दै उनले भने- मेरा बाउ बाजेले खान्दानी पेशा नगरे पनि मैले यसलाई निरन्तरता दिएकाे छु , यसैमा गर्व छ ।’
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ गाैरीगंज चाैक नजिक काेठा भाडामा लिएर माेहनदेव मुर्तिकलाकार सेन्टर खाेलेका छन् । गाउँ घरमा २० वर्षकाे उमेरदेखि आफै माटाेकाे मुर्ति बनाउने अभ्यास गर्दै सिकेका माेहनदेव विभिन्न भगवानकाे आकर्षक माटाेकाे मुर्ति बनाउन अभ्यस्त भईसकेका छन् । विश्वकर्मा, काली, सरस्वती, विष्णु, दुर्गा, कृष्ण, राधा, छठ मैयालगायत दर्जनाै भगवानका अाकर्षक मुर्तिहरूले उनकाे काेठा भरिभराउ छ ।
‘यी सबै ओर्डर दिएका मुर्तिहरू हुन् उनले देखाउदै भने – सिजनमा मुर्तिकाे अाेर्डर बुकिङ्ग गर्न भ्याईन भ्याई हुन्छ । ‘
सामान्य अाकारकाे एउटा मुर्ति बनाउन २ हजारदेखि ३ हजार रूपैयाँसम्म लिने गरेका माेहनदेव बर्षमा ३ लाख रूपैयाँ जति कमाई हुने गरेकाे उनले बताए ।

लगातार काम गर्याे भने एउटा मुर्ति बनाउन ३ दिन लाग्ने बताउदै उनले एउटा मुर्तिमा ५ सयदेखि ७ सय रूपैयाँ खर्च हुने बताए ।
पराल र चिम्ठिलाे माटाेबाट बनाउदै आएका मुर्तिलाई आकर्षक बनाउन उनले भगवानकाे रूप अनुसार रङ्ग भर्छन् । भगवानकाे रूप , आकार र भेषभुषा अनुसार मुक्ताझुना रङ्ग भर्ने गरेकाे उनले बताए ।
सरस्वती पुजा, दुर्गा पुजा, विश्वकर्मा पुजा, काली पुजा, विवाहकाे सिजनमा दमक, गाैरादह, गाैरीगंजलगायत झापाकाे विभिन्न स्थानबाट विशेष ओर्डर आउने गरेकाे उनले सुनाए ।
काममा उनकी श्रीमती सुनिता मालीले सघाउछिन् ।
छाेराछाेरीसहित ४ जनाकाे परिवारलाई खाना, लुगाफाटालगायत घरधन्दा गरेर बचेकाे समयमा सुनिता श्रीमानकाे काममा सघाउन पाउँदा खुशी लागेकाे बताईन् । उनले भनिन् -‘जग्गा जमिन छैन यहि पेशा गरेर अहिलेसम्म बालबच्चालाई पढाईलेखाई देखि घर व्यावहार चलाउदै अाएका छाै, राम्रै छ । ‘
मुर्ति बनाउने पेशासंगै माेहनदेवले अादिवासी तथा मधेसी समुदायकाे विवाह समाराेहमा बेहुला र बेहुलीले टाउकाेमा लगाउने एक विशेष प्रकारकाे फुलकाे टाेपी , फुलघाेडा, ठाकुर व्रह्माणी फुल, तिहारमा टांङ्ने अाकार तारा, रङ्गी विरङ्गी फुलझडी बनाउने गर्छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ११ : १७ बजे