११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गौरीगंजको छैठौं गाउँसभामा थप नयाँ नीति तथा कार्यक्रमसहित सार्वजनिक (पुर्णपाठसहित))


१० असार २०७७, बुधबार  

0
Shares

gausava1

गौरगिंज १०, असार / गौरीगंज गाउँपालिकाको छैठौ गाउँसभा मार्फत आर्थिक वर्ष २०७७/ ७८को नीति तथा कार्यक्रम आज प्रस्तुत भएको छ ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले छैठौ गाउँसभामार्फत नीति तथा कार्यक्रमको दिपप्रज्जवलन गरीे औपचारिक उद्वघाटन गरेका छन् ।
गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले गत वर्षको नीति तथा कार्यक्रम र वजेटको कार्यान्वय पक्षलाई समेत समीक्षा गरी आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
गौरीगंज गाउँपालिकाको “कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापारमा उन्नति : पूर्वाधार विकाससहित गौरीगञ्जको समुन्नति” भन्ने नारालाई निरन्तरता दिदै त्यस अनुरुप नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, साना तथा मझौला उद्योग स्थापनामा जोड दिइएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा कृषिलाई आधुनिकरण, सामुहिक खेती, स्थानिय उत्पादनलाई प्रोत्साहन, व्यवसायिक पशु पंक्षि पालन, दीर्घकालिन भौतिक संरचना तथा शिक्षाको गुणस्तर बढाउन नमुना विद्यालयको विकास गर्ने, कोभिड १९ को महामारीलाई नियन्त्रण र रोकथाम गर्ने, विपन्न परिवार तथा पशु विमालाई प्राथमिकता दिने, लगायत नीति तथा कार्यक्रममा समेटिएका छन् ।
औपचारिक कार्यक्रममा वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वार्ड नं. २का अध्यक्ष अघनु राजवंशी, वार्ड नं.३ का वडा अध्यक्ष मखना महतो, वार्ड नं. ४ का वडा अध्यक्ष कुलप्रसाद गिरी, वार्ड नं. ५ का वडा अध्यक्ष विजयप्रसाद सिंह, वार्ड नं. ६ का वडा अध्यक्ष बद्री नारायण यादवलगायतले शुभकामना व्यक्त गरेका थिए । प्रमुख प्रशासकिय अधिकृत प्रविण दाहालले सञ्चालन गरेको कार्यक्रममा अधिकृत विरेन्द्र खड्काले कार्यक्रमकाे स्वागत गरेका थिए ।

प्रमुख नयाँ नीति तथा कार्यक्रमहरु
रु ५ लाख सम्मको सम्झौता वडा कार्यालयमै
गौरीगञ्ज गाउँपालिका क्षेत्रगत हिसाबमा धेरै टाडासम्म फैलिएको र स्थानीय जनतालाई पटकपटक गाउँपालिका धाउन झन्झट हुने हुँदा स्थानीय वडा कार्यालयबाटै सेवा–सुविधा प्रवाह गर्ने उद्धेश्यले रु. ५ लाखसम्मका योजना÷कार्यक्रमहरुको सम्झौता सम्बन्धित वडा कार्यालयमै गर्ने र योजना÷कार्यक्रम सम्पन्न भएपछि भुक्तानीको लागि मात्र गाउँपालिका आउनुपर्ने नीति समेटिएको छ ।
कृषि र पशुपालन व्यवसाय सञ्चालनका लागि ऋणमा ५ प्रतिसत ब्याज अनुदान
कोरोना भाईरस, कोभिड १९ का कारण श्रम तथा रोजगारी गुमाएर भारत तथा तेश्रो मुलुकबाट फर्किएका ब्यक्तिहरु एवं अन्य कृषकहरुलाई समेत मध्यनजर गरी कृषि र पशुपालन व्यवसाय सञ्चालनका लागि ऋणमा ५ प्रतिसत ब्याज अनुदान प्रदान गरिनेछ ।

एक वडा एक वाली उत्पादन
गौरीगंज गाउँपालिकाका सम्पूर्ण वडालाई एक वडा एक बाालीका रुपमा पहिचान गराउनका लागि सम्भाव्यताको आधारमा विभिन्न प्रकारका वालीहरुको छनौट गरी सो को लागि आवश्यक विउ विजन, कृषि औजार, विषादी, सिंचाई सामाग्री सहयोग गर्न एक वडा एक वाली उत्पादन कार्यक्रमलाई जोड दिईने छ ।
एक घर एक दुधालु गाई वा भैसी
गाउँपालिकाकाले एक घर एक दुधालु गाई÷भैसीपालनलाई जोड दिईने र पशु विमा गरिदै लगिने नीति दिइएको छ ।

हरेक बर्ष एक नमुना विद्यालय
सामुदायिक विद्यालयहरुलाई हरेक बर्ष एक नमुना विद्यालयको रुपमा विकास गर्र्दै अगाडि बढाउन पहल गरिने नीति दिइएको छ ।
एक सहकारी एक उत्पादन
गाउँपालिकाले एक सहकारी एक उत्पादन अभियानमा सहकारीहरुलाई उत्साहित गर्दै कृषि तथा अन्य कार्यक्रमहरुमा साझेदारीको रुपमा सहभागी गराउन उत्पे्ररित गरिनेछ ।

स्थानिय भाषाको पाठ्यक्रम निर्माणमा सहयोग गर्ने
गाउँपालिका स्तरीय आधारभुत तहको अन्तिम परिक्षा (कक्षा आठ) मा स्थानीय भाषा, सिप विकाससंग सम्बन्धित ७५ं२५ . १०० पूर्णांकको विषयको पाठ्यक्रम निर्माण गरी स्थानीय विषय समावेश गरिनेछ ।
माध्यमिक तह (कक्षा ११– १२) सम्म निःशुल्क
माध्यमिक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने नेपाल सरकारको नीतिलाई ब्यवहारमा उतार्न माध्यमिक तह (कक्षा ११– १२) सम्म निःशुल्क शिक्षाको अवधारणालाई क्रमागत रुपमा अवलम्बन गर्दै लगिने छ ।

स्वयंसेविकाको वैठक भत्ता एक हजार
स्वयंसेविकाहरुलाई प्रत्येक महिनाको वैठकमा सहभागी भएबापत प्रति महिना रु. १००० का दरले खाजा खर्च नगदै उपलव्ध गराइनेछ ।

जेष्ठ नागरिकहरुलाई टोलटोलमा स्वास्थ्य जाँच
जेष्ठ नागरिकहरुलाई टोलटोलमा चौमासिक रुपमा प्रति वडा १० ठाउँमा औषधी सहित निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने छ ।

“दुःखको साथी, भरोसा राखौं गाउँपालिका माथि”
“दुःखको साथी भरोसा राखौं गाउँपालिका माथि” भन्ने उदघोषको साथ गाउँपालिकाबासीहरुको मृत्यु
संस्कारमा शोक सन्तप्त परिवारमा समवेदनाको लागि रु १० हजार रुपैयाँ सहयोगसाथ गाउँपालिकाको उपस्थिति रहने नीति गाउँपालिकाकाले लिएको छ ।

उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने
गाउँपालिकामा कार्यरत स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाइ हरेक वर्षको गाउँ सभामा पुरस्कृत गरिने छ ।

सार्वजनिक गरिएको नीति तथा कार्यक्रमको पुर्णपाठ
१। पृष्ठभूमी
यस गौरीगञ्ज गाउँपालिकाको गरिमामय छैटौं गाउँसभामा चौथोे पटक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न पाउदा अत्यन्तै आभारी प्रकट गर्दै नेपाली जनतालाई अधिकार सम्पन्न गर्न विभिन्न समयमा भएमा आन्दोलनहरुमा सहादत प्राप्त गर्नु हुने ज्ञातअज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

स्थानीय तहको निर्वाचन पश्चात २० वर्षसम्म जनप्रतिनिधिविहीन भई संचालन भईरहेको स्थानीय तहको समग्र विकासमा जनप्रतिनिधिहरुको भुमिका स्थापित गर्नुपर्ने आवश्यकता रहेको छ । स्थानीय तहको निर्वाचन भएको ३ वर्ष पुरा भएको अवस्थामा हालसम्मको अवधिमा सम्पूर्ण जनप्रतिनिधिको तर्पmबाट गाउँपालिकाबासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरु, कर्मचारी, पत्रकार, विभिन्न संघसंस्था लगायत आम जनसमुदायमा धन्यवाद व्यक्त गर्दछु । साथै नेपाल सरकार र प्रदेश सरकारलाई सम्मान व्यक्त गर्दछु ।

गौरीगञ्ज गाउँपालिका सम्पूर्ण गाउँबासीको विश्वास जित्दै नागरिकहरुको सेवा, सुविधा, सुरक्षा, समृद्धि र सुखशान्तिका लागि निरन्तर प्रयत्नरत रहेको छ । लोकतन्त्रप्रतिको पुर्ण प्रतिबद्धता, सुशासन, जनउत्तरदायी प्रशासन, पारदर्शिता एवं जवाफदेहीता सहित भ्रष्टचारमुक्त सभ्य र सुसंस्कृत समाज निर्माणमा गाउँपालिका प्रतिबद्ध छ । नागरिकको असिमित आवश्यकता र न्यून श्रोतका बीच तादात्म्य कायम गरी नागरिकको सहभागिता र सहकार्यमा गाउँको विकास एवं सामाजिक रुपान्तरणको लागि योजनाबद्ध विकासको प्रक्रिया अघि बढाउन प्रयत्नशील रहेको छ । आगामी दिनमा समेत कायम रहिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।

२। चालू आवको नीति तथा कार्यक्रमको समीक्षा

चालु आर्थिक वर्ष २०७६/ ०७७ को तेश्रो चौमासिकको उत्तराद्र्धसम्म आइपुग्दा गौरीगञ्ज गाउँपालिकाबाट सञ्चालन भएका प्रमुख कार्यहरु देहाय बमोजिम रहेका छन् ः–
१. गाउँपालिका बजेटतर्फ पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सडक, पूल, मठमन्दिर, महाराजथान, नदी तटबन्ध लगायतका योजनाहरु ठेक्का एवं उपभोक्ता समितिको माध्यमबाट सञ्चालन गर्ने गरी सम्झौता भई केही योजनाहरुको निर्माण कार्य सम्पन्न भइसकेको र अन्यको निर्माण कार्य सुचारु रहेको छ ।
२. लक्षित समुदायको कार्यक्रमतर्फ आधारभूत तहमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण, अन्य लक्षित समूहलाई खानेपानी फिल्टर वितरण लगायतको कार्य सम्पन्न भइसकेको छ ।
३. कक्षा ११ र १२ मा अध्ययनरत गाउँपालिका भित्रका जेहेन्दार विद्यार्थीहरुलाई साइकल वितरण गर्ने कार्य सम्पन्न भइसकेको छ ।
४. नेपाल सरकार स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत खजुरगाछी बसपार्क, विपन्न वर्गहरुको आवास निर्माण, जनता आधारभूत विद्यालयको २ कोठे भवन, गेट र रङरोगन, देवीगाडा मोठगाउँ पूर्व चकचकी धादरामा पूल निर्माण योजना सम्झौता भई निर्माण कार्य भइरहेको छ ।
५. प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत महाभारा सामुदायिक भवन, कोरोबारी सामुदायिक भवन, जनता आवास कार्यक्रम गाउँपालिकासँग सम्झौता भई निर्माण कार्य भइरहेको अवस्था छ ।
६. प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालय सुधार कार्यक्रम गाउँपालिकासँग सम्झौता भई कार्य सुचारु भइरहेको छ ।
७. प्रदेश सरकारतर्फ विशेष अनुदान अन्तर्गत महाभारा खेलमैदान स्तरोन्नति योजना गाउँपालिकासँग सम्झौता भई निर्माण कार्य भइरहेको छ ।
८. प्रदेश सरकारतर्फ शशर्त अनुदान अन्तर्गत कोरोबारी बगाहाबजार, चप्रामारी हुक्कागाछी सडक योजना गाउँपालिकासँग सम्झौता भई निर्माण कार्य भइरहेको छ ।
९. प्रदेश सरकारतर्फ समपूरक अनुदान अन्तर्गत छहारी चौक चिल्हारा जनता चौक सडक निर्माण स्तरोन्नति र कृष्ण महतोको घरदेखि दुर्गा मन्दिर देवीगञ्जसम्मको (संघीय समपुरक) सडक निर्माण योजना ठेक्का प्रक्रियाबाट गाउँपालिकासँग सम्झौता भई निर्माण कार्य भइरहेको छ ।
१०. नेपाल सरकारतर्फ तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत गौरीगञ्ज– १ मा सामुहिक आवास कार्यक्रम ठेक्का प्रक्रियाबाट गाउँपालिकासँग सम्झौता भई निर्माण कार्य भइरहेको छ ।
११. पशु सेवातर्फ गाउँपालिकाका प्रत्येक वडामा पशु स्वस्थ्य सिविर सचालन भइसकेको, पशुमा सरुवा रोग विरुद्ध खोप संचालन भइसकेको, घाँसको विउ बितरण भइसकेको छ ।

१२. कृषि विकासतर्फ– (क) तरकारी खेती र माटो जाँचको लागि माटोको नमुना लिने विषयमा गा.पा.का सम्पूर्ण वडाका कृषक समुहका कृषकहरुको खेतवारीमा पुगेर टोल टोलमा १ दिने स्थलगत तालिमहरु संचालन भई सकेको छ । (ख) रासायनिक विषादीहरुको न्युनिकरण गर्दै प्रांगारिक उत्पादनमा जोड दिनको लागि कृषककै घर वरपर सर्वत्र पाईने वनस्पतिहरु र गाई वस्तुको मुत्रबाट घरेलु वा जैविक विषादी बनाई कृषक समूहमा प्रदर्शन संचालन गरिएको छ । (ग) जलवायु तथा माटो सुहाउदो कुनै स्थान विशेषमा सफलता पाएको उन्न्नत र हाईब्रिड जातका तरकारीका बीउ, च्याउको विउ, चैते धान विउ र धान (लल्का वासमति) को मूल बीउ, उन्नत बीउ लगायत बगर खेतीको लागि आवश्यक बिउबिजन समेत निःशूल्क वितरण गरिसकिएको छ ।

१३. विश्भर तीब्र रुपमा फैलिइरहेको कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रण गर्न गौरीगञ्ज गाउँपालिकाको ४ स्थानमा क्वारेन्टाइन स्थापना, संचालन र व्यवस्थापन गरिएको, रोग संकास्पद व्यक्ति तथा बिदेशबाट भित्रिने व्यक्तिहरुलाई समुदायमा घुलमिल हुन नदिई सिधै क्वारेन्टाइनमा राख्ने र पीसीआर परीक्षण गरी नेगेटिभ नतीजा आउनेहरुलाई घर पठाई संक्रमित पुष्टि भएकाहरुलाई प्रदेश नंं १ अन्तर्गतका कोभिड– १९ अस्पतालमा पु¥याउने कार्य भएको छ । यसै गरी जनतासँग प्रत्यक्ष घुलमिल हुने जनप्रतिनिधि एवं कर्मचारीहरुको समेत पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ । गाउँपालिकाको पहलमा कोभिड– १९ बिरुद्ध अपनाउनुपर्ने सावधानीको लागि आवश्यक प्रचारप्रसार, अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्थापन, लकडाउनको कारण समस्यामा परेका विपन्न परिारहरुलाई राहत वितरण, भारतीय सीमानाबाट गाउँपालिका क्षेत्रमा आवतजावत रोक्न नेपाल सरकार गृह मन्त्रालयबाट सीमा क्षेत्रमा स्थापना गरिएको प्रहरी बिटको भौतिक तथा अन्य व्यवस्थापनमा सहयोग लगायतका कार्यहरु गरिएको छ ।

आजको मितिसम्म गौरीगञ्ज गाउँपालिकामा कोभिड–१९ बिरुद्ध गरिएको स्वास्थ्य जाँच, संक्रमित, निको हुने, घर फर्किने, उपचारारत र क्वारेन्टाइनमा रहनेको विवरण देहाय बमोजिम रहेको छ ः
१. शुरुमा २१ दिनसम्म स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा होम क्वारेन्टामा राखिएकाहहरुको संख्या– २८७ जना ।
२. हालसम्म क्वारेन्टाइनमा राखेको कूल संख्या– ७७२ जना ।
जसमध्ये,
३. कूल संक्रमित संख्या– १७ जना
४. संक्रमित मध्ये ७ जना निको भएर घर फिर्ता, १० जना कोभिड–१९ अस्पतालमा उपचारारत ।
५. संक्रमित बाहेकका मध्ये ७०९ जनाको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको हुँदा घर फर्काएको ।
६. हाल क्वारेन्टाइनमा रहेका– ४६ जना ।

हालसम्म कोभिड–१९ परीक्षणको अवस्था

१. क्वारेन्टाइनमा बस्नेहरुको पीसीआर परीक्षण– ७०८ जना
२. जनप्रतिनिधि एं कर्मचारीको पीसीआर परीक्षण– ५९ जना
३. शुरुमा क्वारेन्टाइनमा बस्नेहरुको आरडीटी परीक्षण– १८३ जना
४. हालसम्मको कूल परीक्षण– ८९१ जना
५. सीमाक्षेत्रमा सात ठाउँमा हेल्पडेस्कको स्थापना गरी नाकाबाट भित्र प्रवेश गर्नेहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको
६. स्वास्थ्य संस्थाहरुमा छुट्टै ज्वरो क्लिनिक स्थापना गरी २४ सै घण्टा कोभिड सेवा प्रदान गरिएको ।

७. गौरीगञ्ज गाउँपालिकाको क्वारेन्टाइनको व्यवस्थापन अन्यत्रको तुलनामा राम्रो रहेको । विदेशबाट आएका केही व्यक्तिहरुलाई कोभिड– १९ को संक्रमण देखिए पनि आम समुदायस्तरमा महामारी फैलिन नपाएको अवस्था छ ।

३. गौरीगञ्ज गाउँपालिकाको दीर्घकालीन सोंच
“कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापारमा उन्नति ः पूर्वाधार विकाससहित गौरीगञ्जको समुन्नति” गौरीगञ्ज गाउँपालिकाको दीर्घकालीन सोंच रहेको छ ।

४. वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अवलम्बन गरिएका आधारहरु
वार्षिक बजेटको प्रक्षेपण तथा तर्जूमा गर्दा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, स्थानीय तहको वार्षिक योजना तथा वजेट तर्जुमा दिग्दर्शन २०७४, महालेखा परीक्षकबाट स्वीकृत एकिकृत आर्थिक संकेत तथा वर्गीकरण र व्याख्या, २०७४ र गौरीगञ्ज गाउँ कार्यपालिकाबाट स्वीकृत ऐन, नियमावली, स्थानीय राजश्व परामर्श समितिको सिफारिश तथा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुमानित अनुदानलाई मुख्य आधार मानिएको छ ।

५. अवलम्बन गरिने प्रमुख नीतिहरु ः

१. कोरोना भाइरस, कोभिड १९ को रोकथाम तथा नियन्त्रण गरी गाउँबासीलाई महामारीको जोखिमबाट बचाउने नीति लिईनेछ ।
२. स्थानीय आवश्यकता तथा प्राथमिकताका आधारमा सन्तुलित वितरणलाई मध्यनजर राखी आयोजना तथा कार्यक्रम छनौट गरिनेछ ।
३. यस गाउँपालिकाको गौरबका आयोजनाहरु छनौट गरी संचालन गरिनेछ ।
४. गरीबी निवारणमा टेवा पु¥याउने योजनाहरुलाई कार्यक्रममा समावेश गरिनेछ ।
५. गाउँपालिकाको श्रोत, साधनले धान्न नसक्ने योजना प्रदेश तथा नेपाल सरकारसँग माग गर्ने नीति लिएको छ ।
६. बजेट तर्जूमा गर्दा विषय क्षेत्रगत बजेट सीमा निर्धारण गरी सोही बमोजिम योजना छनौट गर्ने नीति लिएको छ ।
७. भौतिक पूर्वाधारतर्पmको योजनागत कार्यक्रमहरु (तेश्रो चौमासिकमा संचालन गरिने कार्यक्रमहरु) चैत्र मसान्तसम्म सम्झौता गरिसक्नु पर्ने व्यवस्थालाई कडाइको रुपमा लागू गरिनेछ । साथै संचालित योजनाहरु जेष्ठ मसान्तसम्म सम्पन्न गर्न प्रोत्साहित गरी आषाढ महिनामा पूर्वाधार निर्माण तर्पmका योजनाहरुको संचालन गर्न निरुत्साहित गरिनेछ ।
८. गाउँ सभाबाट पारित योजना÷कार्यक्रमलाई बीचबीचमा गाउँ कार्यपालिकाको बैठकबाट योजना संसोधन गर्ने कार्य गरिने छैन ।
९. गौरीगञ्ज गाउँपालिका क्षेत्रगत हिसाबमा धेरै टाडासम्म फैलिएको र स्थानीय जनतालाई पटकपटक गाउँपालिका धाउन झन्झट हुने हुँदा स्थानीय वडा कार्यालयबाटै सेवा–सुविधा प्रवाह गर्ने उद्धेश्यले रु. ५ लाखसम्मका योजना÷कार्यक्रमहरुको सम्झौता सम्बन्धित वडा कार्यालयमै गर्ने र योजना÷कार्यक्रम सम्पन्न भएपछि भुक्तानीको लागि मात्र गाउँपालिका आउनुपर्ने नीति लिइनेछ ।
१०. खजुरगाछीमा रहेको छोटी भन्सारलाई स्तरोन्नती गरी विकास तथा विस्तार गर्न र कुञ्जिबारीमा रहेको छोटी भन्सार संचालनका लागि प्रदेश तथा नेपाल सरकारसँग आवश्यक पहल गरिनेछ ।
११. गौरीगञ्ज गाउँपालिकाको विकास तथा निर्माणमा मुख्य पूर्वाधार विकासको रुपमा रहेको हुलाकी सडक निर्माण र सो सडकमा रहेका पुल, कल्भर्ट लगायतका पूर्वाधार कार्यलाई सम्पन्न गर्न नेपाल सरकार, प्रदेश सरकार र सम्बन्धित निकायसँग आवश्यक व्यवस्था मिलाउन प्रयत्न गरिनेछ ।
१२. गौरीगञ्ज गाउँपालिकालाई आधुनिक नमूना शहर निर्माणको लागि नयाँ शहरी आयोजना, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, प्रदेश सरकार र नेपाल सरकारसँग आवश्यक व्यवस्थापन तथा कार्य सञ्चालन गर्न अनुरोध गर्ने नीति लिइनेछ ।

६. क्षेत्रगत नीति तथा आधारहरुः
 आर्थिक विकास

१. कृषि विकास तर्फ ः
१. स्थानीय सम्भाव्यता, तुलनात्मक लाभ तथा विशिष्ट अवसरको उपयोग गरी उपयुक्त कृषि प्रविधिहरुको विकास, प्रसार तथा उपयोगबाट कृषि उत्पादन एवं उत्पादकत्व बढाईनेछ । साथै कृषिको व्यवसायीकरण तथा विविधिकरणमा जोड दिई आय आर्जन तथा रोजगारका थप अवसरहरु सृजना गरिने छन् ।
२. सिंचाई सुविधा, कृषि सडक, ग्रामीण विद्युतीकरण र उपयुक्त कृषि प्रविधिको विकास तथा विस्तार गरिनेछ । सिंचाई, सडक तथा विद्युतीकरण सुविधा भएको क्षेत्रमा उपलब्ध प्रविधिको सघन र ब्यापक उपयोग गरिनेछ ।

३. स्थानीय तहमा कृषकहरुको क्षमता वृद्घिका लागि कृषक वर्गकै माग अनुसार तालिम कार्यक्रममा विशेष जोड दिईनेछ ।
४. रासायनिक मलको प्रयोगलाई निरुत्साहित गरि प्रांगारिक खेतीलाई प्रोत्साहित गरिनेछ ।
५. सुख्खा जमिनमा सामुहिक तथा ब्यक्तिगत सिंचाईको उपकरणमा अनुदानको व्यवस्था मिलाईने छ ।
६. गाउँपालिका भित्रका कृषक समुहहरु दर्ता गरि सामुहिक खेती कार्यलाई प्रोत्साहन गरिने छ ।
७. कोरोना भाईरस, कोभिड १९ का कारण श्रम तथा रोजगारी गुमाएर भारत तथा तेश्रो मुलुकबाट फर्किएका ब्यक्तिहरु एवं अन्य कृषकहरुलाई समेत मध्यनजर गरी कृषि र पशुपालन व्यवसाय सञ्चालनका लागि ऋणमा ५ प्रतिसत ब्याज अनुदान प्रदान गरिनेछ ।
८. फलफुल उत्पादनमा वृद्घि गरिने लक्ष्यानुसार विभिन्न जातका वर्षे फलफुलका विरुवाहरुमा लागत साझेदारी अनुदानको व्यवस्था गरिने छ ।
९. माटोको अवस्था बुझ्न माटो परिक्षणका लागि माटो शिविर सञ्चालन गरिनेछ । तत्पश्चात आएको प्रतिवेदनको आधारमा कृषकहरुलाई कृषि चुन निःशूल्क वितरण गरिनुको साथै माटो सुधार गर्न हरियो मलको लागि कोसेवालीका विउहरु मिनिकिटका रुपमा वितरण गरिने छ ।
१०. गौरीगंज गाउँपालिकाका सम्पूर्ण वडालाई एक वडा एक बाालीका रुपमा पहिचान गराउनका लागि सम्भाव्यताको आधारमा विभिन्न प्रकारका वालीहरुको छनौट गरी सो को लागि आवश्यक विउ विजन, कृषि औजार, विषादी, सिंचाई सामाग्री सहयोग गर्न एक वडा एक वाली उत्पादन कार्यक्रमलाई जोड दिईने छ ।
११. नदीले खेती योग्य जमिन कटानी र डुवान पछि वालुवाले पुरेको बगर तथा जमीनमा खरबुजा, तरबुजा काक्रो फर्सी) आदिको खेती गरी आम्दानीको स्रोत बढाउन वगर खेती कार्यक्रम सञ्चालन गरिने छ ।
१२. विदेशबाट कृषि उपज आयात गरिने कार्यलाई निरुत्साहित गर्दै स्थानीय क्षेत्रमा उत्पादित कृषि उपज (लसुन, प्याज वेसार, अदुवा आदि) मसलाबाली खेती गर्ने कृषकहरुलाई नगद प्रोत्साहन सहितको मसला वाली विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
१३. मौसमी तथा बेमौसमी तरकारी खेती व्यवसायिक रुपले गर्दै आएका कृषकहरुलाई मध्यनजर गरी सो को लागि आवश्यक विउविजन, मलखाद, औजार सामाग्री आदि खरिदमा नगद प्रोत्साहन गरिने छ ।
१४. कृषकहरुबाट उत्पादित कृषि उपजहरुलाई भण्डारण गर्न आवश्यक कृषि शीत भण्डार निर्माणको लागि प्रदेश सरकार र नेपाल सरकारसँग पहल गरिनेछ ।

२. पशु सेवा तर्फ
१. गाउँपालिकालाई पाँच बर्ष भित्रमा दूध, फूल, माछा र मासुमा आत्मनिर्भर बनाईने छ ।
२. १ घर १ दुधालु गाई÷भैसीपालनलाई जोड दिईने र पशु विमा गरिदै लगिने छ ।
३. पशु आहारा विस्तारको लागि १२ महिना हरियो घाँस उत्पादन गर्न आकर्षक कार्यक्रम ल्याईने छ ।
४. पशु गोठ, खोर र भकारो सुधार स्टल फीडीङ्गमा जोड दिईने छ ।
५. पशु स्वास्थ्य शिविरलाई निरन्तरता दिईने छ ।
६. कमसल जमिन, खोला डिल बगरमा बहु बर्षे डाले घाँस र भुई घाँसको खेती गर्ने कार्यलाई प्रोत्साहन गरिने छ ।
७. पशुमा नस्ल सुधार गर्न, क्षेत्र विस्तार र कृतिम गर्भाधान सेवालाई पूर्ण निःशुल्क गरिने छ । साथै पशु स्वाथ्यको लागि घरदैलो सेवा प्रभावकारी बनाईने छ ।
८. प्रत्येक बर्ष वडामा चिलिङ्ग भ्याटको स्थापना र मासु पसल सुधार कार्यक्रम ल्याईने छ ।
९. माछा पोखरी विस्तार र माछा भुरा वितरणलाई निरन्तरता दिईने छ ।
१०. पशुजन्य उत्पादनको बजार ब्यास्थापनलाई उच्च प्राथमिकतामा राखिने छ ।

११. पशुपालन खाद्मपोषण, वातावरण संरक्षण, भू–उपयोग र बजार ब्यावस्थापनको समुचित प्रबद्र्धन गर्दै लगिने छ ।
१२. विपन्न वर्गहरु लाई लक्षित गरी रु. पचास हजार बराबरको निशुल्क पशु विमा कार्यक्रम संचालन गरिनेछ ।
१३. रासायनिक मलको प्रयोग घटाई प्राङगारिक मलको प्रयोगमा कृषकहरुलाई प्रोत्साहित गर्न आवश्यक तालीमको व्यवस्थापन गरिनेछ ।

३. पर्यटन तर्फ ः
१. गाउँपालिका भित्र निर्माण गर्न सकिने सिमसार क्षेत्रहरुको विकास गर्न आवश्यक पहल तथा विस्तृत अध्ययन गरिनेछ ।
२. गाउँपालिका क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक पर्यटन प्रवर्दन गर्न गाउँपालिका क्षेत्रभित्र रहेका संस्थागत धार्मिक मठमन्दिरहरुको संरक्षण लगायत भौतिक पूर्वाधार विकासको कार्यलाई निरन्तरता दिईनेछ ।
३. गाउँपालिकाभित्र विस्तार गर्न सकिने पर्यटकीय क्षेत्रहरुको पहिचान, विकास र प्रवद्धन गर्दै पर्यटन पूर्वाधार विकासमा जोड दिइनेछ ।

४. उद्योग तर्फ ः
१. जिल्ला घरेलु तथा साना उद्योग कार्यालयबाट दर्ता हुदै आईरहेको उद्योग दर्ता सम्बन्धी कार्य गाउँपालिकाबाट अद्यावधिक गरी अभिलेखिकरण गरिनेछ ।
२. दर्ता नभई संचालनमा रहेका उद्योग तथा व्यवसायलाई दर्ताको दायरामा ल्याइनेछ ।
३. स्थानीय सीप, श्रोत र साधनको प्रयोग हुने घरेलु तथा साना उद्योगहरुको संचालन र विस्तारमा आवश्यक सहयोग र प्रोत्साहन गरिनेछ ।
४. नेपाल सरकारले अघि सारेको निजी क्षेत्रसंगको सहभागितामा उद्योग ग्राम स्थापनाका लागि सहजिकरण गरिनेछ ।
५. गाउँपालिका क्षेत्रमा संचालित साना तथा घरेलु उद्योगहरुलाई आवश्यक सिप, क्षमता अभिवृद्धिका लागि प्रोत्साहित गरिने साथै सीप र प्रविधिमा अनुदानको व्यवस्था गरिनेछ ।

५. सहकारी तर्फ ः
१. गाउँपालिका भित्र रहेका सवै सहकारीहरुको विवरण अद्यावधिक गरी अभिलेखिकरण गरिनेछ ।
२. एक सहकारी एक उत्पादन अभियानमा सहकारीहरुलाई उत्साहित गर्दै कृषि तथा अन्य कार्यक्रमहरुमा साझेदारीको रुपमा सहभागी गराउन उत्पे्ररित गरिनेछ ।
३. सहकारीलाई आवश्यक सिप तथा क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गरिनेछ ।

६. राजश्व तथा वित्तीय व्यवस्थापन तर्फ
१. आन्तरिक आय तथा राजश्वलाई दीगो एवं भरपर्दो बनाउन करको दायरालाई फराकिलो बनाइनेछ ।
२. गाउँपालिकाले राजश्वको दायरा र क्षेत्र निर्धारण गर्दा विद्यमान ऐन नियममा भएको ब्यवस्थालाई अवलम्बन गरिनेछ ।
३. करको दायरालाई फराकिलो बनाई दरलाई समयसापेक्ष समायोजन गर्दै लगिनेछ । साथै करको चुहावटलाई नियन्त्रण गरिनेछ ।
४. दिगो श्रोत ब्यवस्थापन गर्न नयाँ श्रोतको पहिचानका लागि सम्भाब्यता अध्ययन गरिनेछ ।
५. करमैत्री वातावरण श्रृजना गर्न सरोकारवाला, अन्तरसरकारी, स्थानीय गैरसरकारी संघसंस्थासँगको समन्वय र सहकार्यबाट क्षमतायोग्य कर राजश्व निर्धारण गरी करदाताको संख्या बढाइनेछ ।

ख. सामाजिक क्षेत्र
१. शिक्षा तर्फ
१. सवै सामुदायिक विद्यालयहरुमा अपांगता तथा बालमैत्रीे भौतिक पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर अभिवृद्धिका साथै अंगे्रजी माध्यमबाट पठनपाठन गराउने सामुदायिक विद्यालयहरुलाई प्रोत्साहनको व्यवस्था गरिनेछ ।
२. बालमैत्री स्थानीय शासनलाई प्रर्वद्धन गर्न बाल (बालक्लव) समूहहरुको गठन तथा परिचालनमा जोड दिनेइछ ।
३. पठनपाठनलाइ प्रविधि मैत्री बनाउन जोड दिईनेछ ।
४. विद्यालयमा बाल क्लब मार्पmत विद्यार्थीहरुलाई खेलकुद र अतिरिक्त क्रियाकलापमा सहभागी गराउन विशेष महत्व दिइनेछ ।
५. शिक्षामा पछाडि पारिएका विपन्न तथा जेहेन्दार कक्षा ११, १२ र क्याम्पस तहका छात्राहरुलाइ साइकल वितरण कार्यलाई निरन्तरता दिइनेछ ।
६. विद्यालयमा पठनपाठन, अतिरिक्त क्रियाकलाप, व्यवस्थापन र अनुशासनलाई समेत आधार बनाइ पुरस्कारको व्यवस्था गरिनेछ ।
७. विद्यालयमा दिगो खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धन गरी शैक्षिक उपलव्धी बढाउन अनुकुल वातावरण बनाउने प्रयास गरिनेछ ।
८. समुदायिक विद्यालयका शिक्षकहरुलाई आवश्यकता अनुरुप समय सापेक्ष प्राविधिक तथा सैद्धान्तिक तालिमको व्यवस्था मिलाइनेछ ।
९. सामुदायिक विद्यालयहरुलाई हरेक बर्ष एक नमुना विद्यालयको रुपमा विकास गर्र्दै अगाडि बढाउन पहल गरिने छ ।
१०. गाउँपालिकामा रहेको गौरीगंज बहुमुखी क्याम्पसलाई सक्षम बनाउन संचालन अनुदान उपलव्ध गराइनेछ ।
११. आधारभूत तह कक्षा ८ तथा एस.इ.इ. परीक्षामा सर्वोत्कृष्ट हुने छात्रछात्राहरुलाई पुरस्कारको व्यवस्था गरिनेछ ।
१२. गाउँपालिका स्तरीय आधारभुत तहको अन्तिम परिक्षा (कक्षा आठ) मा स्थानीय भाषा, सिप विकाससंग सम्बन्धित ७५ं२५ . १०० पूर्णांकको विषयको पाठ्यक्रम निर्माण गरी स्थानीय विषय समावेश गरिनेछ ।
१३. ६ वर्ष उमेर पुगिसकेका बालबालिकाहरुलाई विद्यालयमा अनिवार्य भर्ना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१४. स्थानीय शिक्षा ऐन उल्लंघन गर्ने विद्यालय तथा शिक्षकहरुलाई कारवाहीको दायरामा राख्ने तथा उत्कृष्ट कार्य गर्ने शिक्षकहरुलाई प्रोत्साहन गर्ने नीति लिइनेछ ।
१५. प्रत्येक शिक्षकले त्रैमासिक वा चौमासिक रुपमा लिने परीक्षामा तोकिएको कुल पाठ्यभारमा आउने औशत पाठ्यभार अध्ययन अध्यापन गराइसक्ने र सम्पन्न परिक्षाको सिकाइ उपलब्धि समिक्षा समेत गर्ने नीति अवलम्बन गरिनेछ ।
१६. सामुदायिक विद्यालयका बाल विकास केन्द्रका शिक्षकहरु र विद्यालयका कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप पोशाक र अन्य भत्ता दिइने नीतिलार्ई निरन्तरता दिइनेछ ।
१७. सामुदायिक विद्यालयलाई विद्यार्थीहरुको संख्या तथा कक्षाको आधारमा नपुग शिक्षकहरुको व्यवस्थापनका लागि गाउँपालिकाबाट स्वयंसेवक शिक्षकको व्यवस्था गर्ने नीति लिइनेछ ।
१८. विद्यालयको लेखा प्रणलीलाइ चुस्त दुरुस्त राख्न विद्यालयमा लेखा ब्यवस्थापन तालिम सञ्चालन गर्ने नीति लिइने छ ।
१९. गाउँपालिकासंग विद्यालय र विद्यार्थी कार्यक्रम मार्फत विद्यालय र विद्यार्थीसंग सुमधुर सम्वन्ध स्थापित गर्दै विद्यालय सुधारको नीति लिइने छ ।
२०. सामुदायिक विद्यालयको भौतिक पुर्वाधार विकासको लागि आवश्कता अनुसार अनुदान उपलब्ध गराइनेछ ।
२१. आफुले आफैलाई स्व—पहिचान गर्दै आफ्नो दैनिक कार्य समयको मुल्याङ्कन गर्न आफुवाटै शुरुवात गरौ भन्ने उद्धघोष सँगै सबै सामुदायिक विद्यालयमा इ. हाजिरीको शुरुवात गर्ने नीति लिइएको छ । विद्यालयहरुको अनुगमन तथा सुपरिवेक्षण गर्न सुचना प्रविधिको प्रयोग गर्ने नीति अवलम्बन गरिनेछ ।
२१. जहाँ हरियाली त्यहाँ रमाइलो भन्ने उक्तिलाइ मनन गर्दै हरित विद्यालयको अबधारणा अगाडि बढाउने नीति लिइनेछ ।
२२. हरेक विद्यालयले बर्षमा कम्तीमा एक पटक अभिभावकहरुको उपस्थितिमा अनिवार्य रुपमा अभिभावक भेला गर्ने नीति लिइने छ ।
२३. सामुदायिक विद्यालयको सुधारका लागि अनुगमनलाई तिव्रता दिने नीति लिइने छ ।
२४. गौरीगंज गाउँपालिका भित्रका विपन्न तथा जेहेनदार विद्यार्थीहरुलाई प्राविधिक शिक्षा अध्ययन गर्न अध्ययन छात्रबृत्तिको ब्यवस्था गर्ने नीति लिइनेछ ।
२५. माध्यमिक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने नेपाल सरकारको नीति लाई ब्यवहारमा उतार्न माध्यमिक तह (कक्षा ११– १२) सम्म निःशुल्क शिक्षाको अवधारणालाई क्रमागत रुपमा अवलम्बन गर्दै लगिने छ ।

२. स्वास्थ्य तर्फ
१. कोभिड– १९ लगायतका महामारीको रोकथाम तथा नियन्त्रणको लागि आवश्यक सम्पूर्ण उपाय अपनाइने छ ।
२. गर्भवती महिलाहरुलाई प्रोटोकल अनुसार न्यूनतम् ४ पटक गर्भ जाँच गराउन प्रोत्साहित गरिने छ ।
३. घरमा सुत्केरी हुने अभ्यासलाई निरुत्साहित गर्दै अस्पताल वा प्रसुति केन्द्रमा सुत्केरी हुन महिलाहरुलाई आकर्षित गरिने छ ।
४. गर्भवती महिलालाई निःशुल्क प्रयोगशाला सेवा र अल्ट्रासाउण्ड सेवाको व्यवस्था गरिने छ ।
५. जेष्ठ नागरिकहरुलाई टोलटोलमा चौमासिक रुपमा प्रति वडा १० ठाउँमा औषधी सहित निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने छ ।
६. स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवालाई गुणस्तरीय र सेवाग्राहीमैत्री बनउँदै लगिने छ ।
७. महिलामा लुकेर रहेको पाठेघर र स्तन क्यान्सर पत्ता लगाउन आवश्यकता अनुसार स्क्रिनिङ्ग शिविर सञ्चालन गरिने छ ।
८. स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य संस्था स्थापना गरी न्यूनतम एक वडा एक स्वास्थ्य संस्था रहेको अवस्था सिर्जना गरिने छ ।
९. विद्यालयमा अध्ययनरत बालबालिकाहरुको आँखा, दाँत तथा मुख स्वास्थ्य उपचारमा प्रबद्र्धन गरिने छ ।
१०. खोप केन्द्रको अवस्था सुधार गर्दै खोप सेवालाई गुणस्तरीय बनाइने छ ।
११. गाउँपालिका क्षेत्रमा बसोबास गरेका दीर्घ रोगबाट पीडित नागरिकहरुलाई उपचार खर्च उपलब्ध गराइने छ ।
१२. स्वास्थ्य संस्थाबाट सशुल्क उपलब्ध गराउँदै आएको ल्याब सेवालाई निःशुल्क बनाउँदै लगिने छ ।
१३. प्रा.स्वा.के. खजुरगाछीमा इ.सी.जी. सेवा सञ्चालन गर्न प्रयत्न गरिने छ ।
१४. सामुदायिक स्वास्थ्य विमा कार्यक्रमलाइ प्रभावकारी रुपमा लागु गरिनेछ । गाउँपालिकाका विपन्न घरपरिवारहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा अनुदानको व्यवस्था गरिनेछ ।
१५. ६० वर्ष पुरा भई अवकाश प्राप्त गर्ने स्वयंसेविकाहरुलाई गाउँपालिकाको तर्पmबाट रु ५०,००० प्रदान गरिने छ । साथै दोहोरो कार्य तथा सेवासुविधा लिने कार्यलाई निरुत्साहित गरिनेछ ।
१६. स्वयंसेविकाहरुलाई प्रत्येक महिनाको वैठकमा सहभागी भएबापत प्रति महिना रु. १०००।०० का दरले खाजा खर्च नगदै उपलव्ध गराइनेछ ।
१७. स्वास्थ्य संस्थाहरुमा सुचिकृत अत्यावश्यक औषधिहरुको निरन्तर आपूर्ति गरिनेछ । सरकारद्धारा उपलव्ध गराइने निःशुल्क औषधीहरु बाहेकका अन्य औषधीहरुको व्यवस्थापनमा पहल गरिनेछ । साथै निःशुल्क उपलव्ध गराइने सूचिकृत औषधीहरुको विवरण स्वास्थ्य संस्थाहरुमा सार्वजनिक रुपमा राख्ने व्यवस्था मिलाइनेछ ।
१८. गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टरको लागि आवश्यक स्वास्थ्य सामग्री, उपकरण, आवश्यक जनशक्ति र भौतिक संरचना निर्माण समेतको कार्यलाई व्यवस्थापन गर्दै लगिने छ । साथै प्रयोगशाला सेवालाई समेत विस्तार गर्दै लगिने छ ।

३. खानेपानी तथा सरसफाई तर्फ
१. जीवनका लागि पानी भन्ने मूल नाराका साथ खानेपानी आयोजना सञ्चालन तथा विस्तारमा आवश्यक पहल गरिनेछ ।
२. गाउँपालिकाका सबै गाउँवासीलाई खानेपानीको सुविधा पुर्याउन, हाल संचालनमा रहेका खानेपानीका श्रोतहरुको व्यवस्थापन, वितरण पाईप लाइनको मर्मत, सुधार र थप व्यवस्थापनमा सहयोग गरिनेछ । नयाँ खानेपानी आयोजना निर्माणका लागि केन्द्रिय स्तरमा वजेट व्यवस्थापनका लागि पहल गरिनेछ ।
३. मिति २०७५।३।३ गते यस गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्न सफल भएकोमा उक्त घोषणालाई दिगोपना कायम गर्न पूर्ण सरसफाई कार्ययोजना निर्माण गरि अघि बढाइनेछ । साथै गाउँपालिकालाई पूर्णसरसफाई यूक्त गाउँपालिकाको रुपमा विकसित गर्न विभिन्न सहयोगी संस्थाहरु समेतको सहकार्यमा आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
४. फोहोरमैला व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धिका लागि सरसफाई अभियान संचालन गरिनेछ । साथै बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि गाउँपालिका, निजी क्षेत्र र स्थानीयबासीको सहकार्यमा नीति निर्माण गरी कार्यक्रम संचालन गरिनेछ ।
५. बजारमा संकलित फोहोरको उचित व्यवस्थापन गर्न ल्याण्डफिल्ड साइडको लागि आवश्यक जग्गाको व्यवस्था गरिनेछ ।

४. संस्कृति प्रबद्र्धन तर्फ
१. लोपोन्मुख भाषा, धर्म, सस्कृतिको संरक्षणमा सहयोग गरिनेछ ।
२. मठमन्दिर, गुम्बा, मस्जिद, दिनाभद्री, महाराजथान, चर्चको पूर्वाधार निर्माणमा सहयोग गरिनेछ ।
३. “दुःखको साथी भरोसा राखौं गाउँपालिका माथि” भन्ने उदघोषको साथ गाउँपालिकाबासीहरुको मृत्यु संस्कारमा शोक सन्तप्त परिवारमा समवेदनाको लागि सहयोगसाथ गाउँपालिकाको उपस्थिति रहने छ ।

५. लैंगिक समानता तथा सामाजिक समावेशिकरण तर्फ

१. जेष्ठ नागरिकको सम्मान, सुरक्षा तथा उनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिकाले अन्य संस्थाको सहकार्यमा जेष्ठ नागरिक घुम्ती स्वास्थ्य शिविर संचालन गरिनेछ ।
२. वाल विकासका सूचकहरु बाल बचाऊ, बाल संरक्षण, बाल विकास तथा बाल सहभागिता आदि कार्यक्रमहरुमा वालवालिका लक्षित विभिन्न शैक्षिक, सामुदायिक तथा गैर सरकारी संघ संस्थाको सहकार्य र समन्वयमा समेत जोड दिइनेछ ।
३. महिलाहरुको हक अधिकार र नेतृत्व विकासका लागि तालिम, सिपमुलक प्रशिक्षण, अध्ययन, अन्तरक्रिया, गोष्ठी लगायतका कार्यक्रम संचालन गरिनेछ ।
४. आदिवासी जनजाती, दलित, मधेशी मुश्लिम पिछडावर्ग, अपाङ्गता एवं पछाडि पारिएका वर्ग समुदायका हक अधिकार र समावेशीकरणका लागि कार्यक्रम संचालन गरिनेछ ।
५. लक्षित समूहहरु (महिला, वालवालिका, आदिवासी जनजाति, दलित, मधेशी मुश्लिम र पिछडावर्ग, जेष्ठ नागरिक, अपाङ्गता) का वडा एवं गाउँपालिकास्तरिय कार्यक्रमहरु प्राथमिकताका आधारमा संचालन गर्ने व्यवस्था मिलाईनेछ ।
६. अपाङ्गता भएका नागरिकको संरक्षण र विकासको लागि अन्य संघ संस्थासंग समन्वय गरी कार्यक्रम संचालन गरिने छ ।
७. सामाजिक सुरक्षा भत्तालाई बैंक मार्फत स्थानीय स्तरमा वितरण हुने गरी व्यवस्थापनका लागि पहल गरिनेछ ।
८. जन्म दर्तालाई अनिवार्य र व्यवस्थित गर्न तथा सुत्केरी आमाको स्वस्थ सुधारका लागि बढीमा दुई पटक बच्चा जन्माउने सुत्केरी आमालाई सुत्केरी स्याहार भत्ता निजकै घरदैलोमा उपलव्ध गराईने नीति लिइनेछ ।
९. गाउँपालिकामा स्थायी बसोबास गर्ने दुवै आँखा नदेख्ने दृष्टिविहीनहरुलाई विशेष कार्यक्रम तथा अनुदान उपलव्ध गराउने नीति दिइनेछ ।

६. खेलकुद तथा मनोरञ्जन तर्फ
१. आधारभुत र मा.वि. तहका विद्यार्थीहरुमा उमेर समुहगत खेलकुद कार्यक्रम संचालन गरी प्रतिभा छनौट गर्ने र छनौट भएका प्रतियोगी खेलाडीहरुलाई आवश्यक प्रशिक्षणको व्यवस्था मिलाइनेछ ।
२. गाउँपालिका क्षेत्रबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलमा सहभागी भएका खेलाडीहरुको अभिलेख राखी पुरस्कार र प्रोत्साहनको व्यवस्था गरिनेछ ।
३. मार्शल आर्ट क्षेत्रको खेलमा प्रशिक्षकको व्यवस्था मिलाई खेलकुदको माध्यमबाट अनुशासन कायम गर्दै स्वस्थ नागरिक तयार गर्न वार्षिक प्रशिक्षण कार्यक्रम संचालन गर्ने नीति लिइनेछ ।
४. युवा वर्गलाई लक्षित गरी विभिन्न खेलकुद प्रतियोगिताहरु संचालन गर्न प्रोत्साहन गरिनेछ ।
५. प्रत्येक वडाहरुमा खेलकुद मैदानको व्यवस्थापन गर्दै गाउँपालिका स्तरीय एक स्टेडियम (रंगशाला) बनाउने नीति लिइनेछ ।
६. योग तथा शारीरिक सुगठनलाई मध्यनजर राखी सो को लागि आवश्यक भौतिक सामग्री एवं तालीमको व्यवस्थापनमा जोड दिइनेछ ।

७. सामाजिक परिचालन तर्फ
१. सामाजिक परिचालनको प्रकृया मार्पmत टोल विकास संस्थाको गठन तथा परिचालन गरिनेछ ।
२. टोल विकास संस्था मार्पmत उद्यम समुहहरु गठन गरी त्यस्ता समुहलाई सीप विकास तालिम दिने र उद्यम सञ्चालनका लागि सामुदायिक विकास कोष मार्पmत ऋण पुजी प्रदान गरिनेछ ।
३. जातीय, लै¨िक विभेद तथा घरेलु हिंसा न्यूनीकरण गर्न, कुप्रथा अन्त्य गर्न टोल विकास संस्थाहरु मार्पmत सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।

(ग) पूर्वाधार विकास क्षेत्र
१. सडक तथा पुल तर्फ
१. गौरीगंज गाउँपालिकाको विकासको मेरुदण्डको रुपमा रहेको हुलाकी सडक निर्माण र सो सडकमा रहेका पुल, कल्भर्ट लगायतका पूर्वाधार निर्माण कार्यलाई सम्पन्न गर्न सम्बन्धित निकायमा पहल गरिनेछ । उक्त सडकको मापदण्ड अनुसारको चौडाई कायम गर्न गाउँपालिकाले प्रत्यक्ष सहयोग गर्ने नीति लिइनेछ ।
२. विगतमा स्तरोन्नति भइसकेका र लामो दुरीका सडकहरुलाई कालोपत्रेको लागि प्रदेश सरकार र नेपाल सरकारसँग आवश्यक पहल गरिनेछ ।
३. गाउँपालिकाको आफ्नैै श्रोतमा निर्माण हुन सक्ने सडकहरुमा जनसहभागिता समेत जुटाई प्राथमिकताका आधारमा कालोपत्रे सडक निर्माणमा जोड दिइनेछ ।
४. कच्ची सडकहरुमा प्राथमिकताका आधारमा क्रमशः ग्राभेल विछ्याउने काम गरिने छ ।
५. विगतमा वनेका ग्राभेल सडकको प्राथमिकताका आधारमा क्रमशः स्तरोन्नति गरिने छ ।
६. उपभोेक्ता कामका लागि निम्न बमोजिम बाटोको चौडाई निर्धारण गरिएको छ ।
कालो पत्रेको लागि न्युनतम चौडाई ४० फुट
स्तरोन्नतिको लागि न्युनतम चौडाई ३० फुट
ग्राभेलको लागि न्युनतम चौडाई २० फुट
(विद्यमान परिस्थितिलाई ध्यानमा राखी उक्त नीतिलाइ गाउँपालिकाले आवश्यकता अनुसार परिमार्जन गर्न सक्नेछ । तर हाल कायम गरिएको सडकको चौडाइलाई कम गर्नेगरी फेरबदल गरिने छैन)
७. उपभोक्ता समितिबाट सञ्चालन गरिने पूर्वाधार विकास योजनाको निर्माणमा उपभोक्ता समितिसँग न्यूनतम् दश प्रतिशत नगद सहभागिता अनिवार्य गरिनेछ । सरकारी कार्यालय, मसानघाट, सामुदायिक भवन, मठमन्दिर, महाराजथान, गुम्बा, चर्च, मस्जिद र विद्यालयको भौतिक पूर्वाधार निर्माणमा नगद सहभागिता अनिवार्य नगर्ने ।
८. उपभोक्ता समिति गठन भएको १५ (पन्ध्र) दिनभित्र सम्झौता गरिसक्नु पर्नेछ । उक्त समयसीमाभित्र सम्झौता नभएमा वैकल्पिक उपायहरुबाट कार्यान्वयन गरिनेछ ।
९. निर्माणाधिन ठुला पुल, कल्भर्ट सम्पन्न गर्न सम्बन्धित निकायमा ध्यानाकर्षण गरिने छ ।
१०. साना कल्भर्टहरु निर्माणको लागि गाउँपालिकाबाट बजेटको व्यवस्था गरी प्राथमिकताका आधारमा क्रमशः निर्माण गरिने छ ।
११. ह्यूमपाईपको अभावमा बाटाहरुमा आवागमनमा समस्या रहेकोले ह्युमपाईप खरिद गरि क्रमशः आवश्यकता पुरा गर्दै लगिनेछ ।
१२. आयोजना तथा कार्यक्रमलाई प्रभावकारी एवं गुणस्तर कायम राख्न अनुगमन तथा मूल्यांकन गर्न कार्यलाई व्यवस्थित गरिनेछ ।
१३. तीन लाखभन्दा बढीको लागत अनुमान भएको योजना सञ्चालन गर्दा आयोजना स्थलमा आयोजना सूचना पाटी (होडिंग बोर्ड) अनिवार्य राख्नुपर्नेछ ।

२. भवन तथा शहरी विकास तर्फ
१. गाउँपालिका क्षेत्रमा नयां घरहरु निर्माण गर्दा बस्ती विकास तथा शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड २०७२ बमोजिम नक्सा पास स्वीकृत गरेर मात्र निर्माण गर्नुपर्नेछ ।
२. गाउँपालिका क्षे भित्र निर्माण भईसकेका घरहरुको घरनक्सा पास अन्र्तगत अभिलेखिकरण कार्यलाई निश्चित समयसीमा तोकी विशेष छुट सहितको व्यवस्था गरी अभिलेखिकरण गर्ने कार्य अघि बढाइनेछ ।
३. गाउँपालिकाको नक्सांकन र व्यवस्थापनवाट सबै क्षेत्रमा एकरुपता ल्याउन घर नम्बर, वस्तीको नामाकरण, जनसंख्या कार्ड, शौचालयको अवस्था, सडकको नामाकरण, लगायतका कार्यलाई अगाडी बडाईनेछ । साथै जनसंख्याको व्यवस्थित रुपमा अभिलेखिकरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
४. गाउँपालिकालाई नमुना शहर निर्माणका लागि नेपाल सरकारबाट विस्तृत सर्वेक्षण कार्य भैरहेको र उक्त सर्वेक्षणको प्रतिवेदनका आधारमा शहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ ।
५. गाउँपालिकामा रहेको लोकसेवा सदनलाई सार्वजनिक सम्पत्तिको रुपमा कायम गरी अतिथि सदन निर्माणका लागि विस्तृत सर्भे सहित बजेट व्यवस्थापनका लागि पहल गरिनेछ ।
६. गाउँपालिका तथा वडा कार्यालयहरुको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गरी प्रदेश तथा नेपाल सरकारसंग बजेट व्यवस्थाका लागि पहल गरिनेछ । साथै अन्य सामाजिक संंघसंस्थाहरुको भवन निर्माणमा आवश्यक सहयोग गर्ने नीति लिइनेछ ।
७. अव्यवस्थित रुपमा सार्वजनिक स्थल, सडक तथा खोलाका किनाराहरुमा जोखिम रुपमा बसोबास गरिरहेका अव्यवस्थित तथा विपन्न समुदायको बसोबासलाई विपन्न दातृ संस्था तथा निकायसंगको सहकार्यमा एकीकृत वस्ती निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
८. नयाँ शहरी आयोजना अन्र्तगत हाल डि.पि.आर. भईरहेका खजुरगाछी बजार, कुञ्जिबारी पशु बजारको पूर्वाधार निर्माण लगायत अन्य प्राथमिकतामा परेका आयोजनाहरु निर्माणका लागि सम्बन्धित निकायहरुमा पहल गर्नुका साथै उक्त आयोजनाहरु निर्माणका लागि गाउँपालिकाबाट उच्च प्राथमिकताका साथ महत्व दिइनेछ ।

३. उर्जा तथा विद्युत तर्फ
१. विगतमा विस्तार भएका विद्युतको क्षमता बृद्धि तथा मर्मतका लागि सम्बन्धित कार्यालयमा पहल गरिने छ ।
२. विद्युत आपूर्ति पुग्न नसकेको क्षेत्रहरुमा ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य उर्जा वितरण कार्यक्रमलाई अघि बढाइनेछ ।
३. विद्युत विस्तार हुन वाँकी ठाउमा विधुतीकरणका लागि विद्युत प्राधिकरणसंग पहल गरिने छ । उक्त ठाउहरुमा विधुत प्राधिकरणसंग समेत साझेदारी कार्यक्रम संचालन गरिनेछ ।
४. नविकरणीय उर्जाको प्रयोग मार्पmत वातावरणीय सन्तुलन कायम गर्दै हाट बजार, मुख्य सडक क्षेत्रमा सडक बत्ति जडान कार्यलाई निरन्तरता दिइनेछ ।

(घ) वातावतरण तथा विपद व्यवस्थापन
१. पर्यावरणीय महत्व बोकेको यस गाउँपालिकाका महत्वपुर्ण नदीहरु रतुवा, रामचन्द्रे, गेउरिया, लेहेरा, लालगौरिया, किस्नी, कमल, बनियानी र कन्काई खोलाको नियन्त्रण, ठुला नदी किनारमा वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ । तटबन्ध निर्माणका लागि प्रदेश तथा नेपाल सरकारसंग बजेट विनियोजन गर्न आवश्यक पहल गरिनेछ ।
२. विपद्बाट हुने धनजनको क्षति कम गर्न र विपद्लाई न्यूनीकरण गर्न रेडक्रस सोसाइटी, सुरक्षा निकाय लगायत अन्य सरोकारवाला निकायहरुको सहकार्यमा विपद् जोखिम न्यूनिकरण कार्यक्रम संचालन गरिनेछ ।
३. ग्रामिण क्षेत्र भएकाले गाउँवासीहरुको स्वास्थ्यमा ध्यान पुर्याउदै वायो ग्यास, वैकल्पिक उर्जाको प्रर्वद्धनमा जोड दिइनेछ ।
४. विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने तारजाली, बोरा र अन्य सामाग्री तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइनेछ ।

(ङ) संस्थागत विकास, सेवा प्रवाह र सुशासन
१. जनतालाई सेवा प्रवाह गर्दा जनप्रतिनिधि तथा कर्मचारी सवैले मुस्कान सहितको सेवा प्रवाह गर्नुपर्ने नीतिलाई अनिवार्य गरिनेछ ।
२. आन्तरिक प्रशासन चुस्त र दुरुस्त बनाई गाउँवासीलाई छिटो, छरितो, सरल र प्रभावकारी ढंगले सेवा सुविधा उपलव्ध गराईनेछ ।
३. गाउँपालिकाभित्र आवश्यक पर्ने कर्मचारीहरुको व्यवस्थापन गर्न सम्बन्धित निकायहरुसंग पहल गर्ने एवं करार र ज्यालादारीमा आवश्यक कर्मचारी व्यवस्थापन गरिनेछ । साथै योग्यता, क्षमता र उत्कृष्टताको आधारमा पदस्थापन प्रणालीलाई व्यवस्थित गरिनेछ ।
४. अनुभवी क्षमतावान र स्वयं उत्प्रेरित कर्मचारी विना गाउँवासीले चाहे जस्तो प्रभावकारी र अनुभूतिजन्य सेवा प्रवाह गर्न समस्या पर्ने भएकाले प्रशासनिक संयन्त्रलाई आधुनिक प्रविधि युक्त वनाइदै समयानुकुल तालिम र प्रशिक्षणमा जोड दिइनेछ । साथै अनुशासित भई काम गर्ने कर्मचारीलाई प्रोत्साहन तथा अनुशासनहिन काम र गल्ति गर्ने कर्मचारीलाई सचेत गराउदै निरुत्साहित, दण्डित गरिने नीति अवलम्बन गरिनेछ ।
५. गाउँपालिकावाट सम्पादन हुने विकास निर्माण र कार्यक्रमहरुलाइ पारदर्शी, जिम्मेवार र उत्तरदायी वनाइने छ ।
६. सेवा प्रवाहलाई विद्युतिय सुचना प्रणालीमा आवद्ध गरीनेछ । प्रविधि मैत्री जनशक्ति निर्माणको लागि आवश्य तालिमको व्यवस्था गरी कर्मचारीहरुको क्षमता अभिबृद्धि तर्फ ध्यान दिईनेछ ।
७. यस गाउँपालिकामा कार्यरत स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाइ हरेक वर्षको गाउँ सभामा पुरस्कृत गरिने छ ।
८. कर्मचारीहरुमा रहेको क्षमताको उच्चतम उपयोग गरी कर्मचारीहरुलाई सेवा प्रवाहमा सदैव उत्प्रेरित गर्न कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ताको ब्यवस्था गरिनेछ । करारतर्पmका कर्मचारीहरुलाई समेत पोशाक तथा चाडपर्व खर्चको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
९. प्रशासनिक खर्चमा मितव्ययिता अपनाईनेछ ।
१०. प्रभावकारी वित्तिय व्यवस्थापनका लागि कम्प्यूटराइज लेखा प्रणाली व्यवस्थित गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
११. गाउँपालिका अन्र्तगत रहेका कार्यालय, वडा कार्यालयह्रु, सामुदायिक विद्यालयहरु, स्वास्थ्य संस्थाहरुमा क्रमिक रुपमा विद्युतिय हाजिरीको व्यवस्था गरी अनुगमन गर्ने कार्यलाई प्रभावकारी बनाइनेछ ।
१२. गाउँपालिका अन्र्तगतका वडा कार्यालयहरु तथा विषयगत शाखाहरुले प्रत्येक चौमासिक समयावधिभित्र सम्पन्न भएका कार्यहरुको प्रगति विवरणको समिक्षा सहित जनप्रतिनिधि र कर्मचारी बीच अन्र्तक्रिया गर्ने व्यवस्था मिलाइनेछ ।
१३. गाउँपालिकाका हरेक क्रियाकलापहरु कार्यालयको धभदकष्मभ, ःयदष्भि ब्उउक तथा चौमासिक रुपमा बुलेटिन प्रकाशन गरी सर्वसाधारणलाई सूचना प्रवाह गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
१४. गाउँपालिकाभित्र वैधानिक रुपमा दर्ता भई सञ्चालनमा रहेका सञ्चार माध्यमहरुलाई गाउँपालिकामा सुचिकृत गरी प्रबद्र्धनको लागि सहयोग गर्ने नीति लिइने छ ।

प्रस्तुतकर्ता
दीपिन्द्र थापा
उपाध्यक्ष
गौरीगञ्ज गाउँपालिका, झापा
मिति ः २०७७/०३/१० गते बुधवार

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ११ : ५३ बजे