१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बजार बन्द, विक्री गर्ने माछा पाेखरी मै


५ बैशाख २०७७, शुक्रबार  

0
Shares

20200417_162344

आत्माराम राजवंशी /

गाैरीगंज ५, बैशाख / लकडाउनका कारण बजार बन्द भएपछि माछा व्यवसाय धरासायी बनेकाे छ ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ काे रिमाल वस्तीमा सञ्चालन भएकाे वेलनेस एग्रीकल्चर प्रा.लि. र साेहि गाउँपालिका वार्ड नं. २ काे काेराेवारीमा सञ्चालन भएकाे नेशनल एग्राे फार्मिङ्ग प्रा.लि.ले उत्पादन गरेका माछा विक्री गर्ने समयमा बजार बन्द भएपछि माछा व्यवसाय धरासायी बन्न पुगेकाे हाे ।

गाैरीगंजलगायत अन्य स्थानमा रहेका माछा पालन गर्ने व्यवसायीहरूले उत्पादन गरेका विक्री लायक माछा पाेखरीमै दाना खुवाएर पाल्नु पर्नु बाध्यता र दाना अभावका कारण माछा नै मर्ने भएपछि व्यवसाय नै धरापका पर्ने आशंका बढाएकाे हाे ।

वेलनेस एग्रीकल्चर प्रालिले ३५ विघा लिजमा लिएर करिब १५ विघामा २८ वटा पाेखरी बनाई माछा पालन व्यवसायी गरिरहेकाे छ । २०७० सालदेखि माछा पालन व्यवसायी सञ्चालनमा ल्याए पनि हालसम्म फाईदा नभएकाे फर्मका अध्यक्ष श्याम ढकाल बताउँछन् । उनी भन्छन् – ‘बैंकबाट ठुलाे भाेलुममा ऋण लिएर व्यवसाय शुरू गर्याैं तर यस वर्ष केही फाईदा हुने संकेत देखिएपनि लकडाउनका कारण साेचे अनुसारकाे फाईदा नभएकाे र माछा विक्री पनि नभएकाे तथा माछालाई खुवाउने दाना अायात गर्न नसक्दा व्यवसाय नै धरापमा पर्ने आशंका बढाएकाे छ ।’

20200417_162809

चैत्र १ गतेबाट करिब ३ कराेड रूपैयाँ बराबरकाे माछा विक्री गर्ने लक्ष्य राखिएपनि बजार बन्द भएपछि ती माछाहरू पाेखरीमै रहेकाे र दाना समेतकाे अभाव हुँदा माछाहरू कसरी व्यवस्थापन गर्ने आफू अन्याेलमा परेकाे अध्यक्ष ढकालले बताए ।

पाेखरीमा भएका माछाहरूलाई दैनिक १५ बाेराका दरले दाना खान दिने गरेकाेमा दाना अभावका कारण चार बाेराकाे दरले दाना दिने गरेकाे उनले जानकारी गराए । दाना कम दिदाँ जुन साईजमा बढ्नु पर्ने हाे त्यस अनुरूप नबढ्दा लाखाैं रूपैयाँ घाटा हुनुकाे साथै वैककाे ब्याज तिर्न र कामदारलाई तलब दिन नस्कने अवस्था भएकाे अध्यक्ष ढकालकाे गुनासाे छ ।

निकै ठुलाे आशा र अभिलाषा जग्गा लिजमा लिई माछा व्यवसाय शुरू गरेकाे वेलनेस एग्रीकल्चर प्रालिले माछा उत्पादन गरी बजारमा विक्री गर्न ल्याए पनि सरकारी तवरबाट सहयाेग नपाउँदा लगानी नै डुब्ने सम्भावना रहेकाे उनकाे भनाई छ ।

वेलनेस एग्रीकल्चर प्रालिले २८ वटा पाेखरीमा पंघास, नैनी, रहु, कमन कार्प, तिलाे पिया, मुङ्ग्री, भाकरी जातका माछाका भुराहरू ६ महिना अघि लगाई अहिले विक्री गर्ने लायकका भएका छन् ।

लकडाउनका कारण बजार बन्द भएपछि वाह्य व्यापारी फर्ममा आउन छाेडेका छन् भने स्थानियहरूले व्यक्तिहरूले थाेरबहुत माछा खरिद गरेकाे भरमा पाेखरीकमे माछा खपत नहुने स्पष्ट देखिन्छ । यसअघि गाडीमा राखेर माछाहरू गाउँघरमा पुर्याई विक्री गर्ने गरेपनि लकडाउनका कारण गाडी चलाउन अवस्था नभएपछि त्याे पनि असम्भव भएकाे छ ।

गाैरीगंज गाउँपालिका वार्ड नं. २ काे काेराेवारीमा रहेकाे नेशनल एग्राे फार्मिङ्ग प्रालिकाे अवस्था पनि उस्तै छ ।
करिब २० विघा जग्गाकाे क्षेत्रफलमध्ये ५ विघामा माछा पाेखरी बनाई माछा पालन गरेकाे फर्मका प्रमुख दिपक गर्ताैला बताउँछन् ।
उनले पाेखरीमा रहु, नैनी, सिल्भर कार्प, कमन कार्प, भ्याकुरलगायतका माछाहरू पालेका छन् । माछा विक्री गर्ने समय भएता पनि बजार बन्द हुँदा माछालाई दाना खुवाएर पाेखरी मै पाल्नु पर्ने बाध्यता रहेकाे प्रमुख गर्ताैलाले बताए ।

पाेखरीका माछाहरू स्थानिय स्तरमा खपत नहुने र अन्य क्षेत्रका व्यापारीहरू पनि माछा खरिद गर्न नआउने भएकाले माछा व्यवस्थापन गर्न कठिनाई भएकाे प्रमुख गर्ताैलाकाे दुःखेसाे छ ।

उनले भने – ‘माछालाई खुवाउने दाना समेत सकिएकाे र भारतकाे आन्द्र प्रदेशबाट दाना आयात गर्न असम्भव भएकाले माछा पाेखरी मै मर्ने हाे कि भन्ने आशंका बढेकाे छ ‘

माछा विक्री नभए लाखाैं रूपैयाँ लगानी गरेर सञ्चालन गरेकाे फर्म डुब्ने अवस्थामा पुगेकाे पनि जानकारी उनले गराए । उनकाे फर्ममा माछा वाहेक हाँस, लाेकल कुखुरा, टर्की, र मकै तथा तरकारी खेती पनि सञ्चालनमा रहेकाे छ । सरकारले लगाएकाे लकडाउन अझ लम्ब्याए आर्थिक रूपमा माछा व्यवसाय धरासयी हुने उनले बताए ।

20200417_162751

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १० : ४५ बजे