११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

खाद्यान्न सामग्रीकाे मूल्य ह्वात्तै बढ्याे, उपभाेक्ता मारमा


२५ चैत्र २०७६, मंगलबार  

0
Shares

20200407_184133

आत्माराम राजवंशी
गौरीगंज २५, चैत /काेराेना भाइरसकाे संक्रमण राेक्न सरकारले लकडाउन लगाएपछि खाद्यान्न सामग्रीको मूल्य ह्वात‌ै बढेकाे छ।
लकडाउनका कारण आवतजावत,सवारीसाधन,पसल र  सिमानाका बन्द हुँदा त्यसकाे प्रभाव खाद्यान्न सामग्रीमा परेकाे छ।
दैनिक उपभाेग्य सामानकाे मूल्य बृद्विहुँदा सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन् ।लकडाउन भएपछि दैनिक ज्यालादारीमा राेजगारी गरेर गुजारा चलाउने जनमजदुरकाे गरिखाने बाटाेसमेत हराएकाे छ। घर परिवार चलाउन गाँसकाे समस्या भइरहेको समयमा सामानकाे मूल्य ह्वात्तै बृद्वि हुँदा जनजिवन थप कस्टकर बनेकाे छ।
मानिसहरुलाई अति आवश्यक पर्ने दैनिक उपभाेग्य किराना,साग सब्जी तथा फलफुलमा लकडाउनकाे प्रभाव परेकाे छ।

लकडाउन हुनु भन्दा पहिले सय रुपैयाँ केजिमा पाइने मुसुरो दाल लकडाउन पछि १ सय १५ रुपैया केजि, सय रुपैया केजि पाइएकाे हरियो मटर १ सय ३० रुपैया केजि, ७५ रुपैयाम्ह केजिमा पाइने चिनि ९० रुपैया केजि, २ केजि प्याककाे गहुँकाे आँटा १ सय २० रुपैयामा पाइने १ सय ३० रुपैया,खाने तेल प्रति लिटर १ सय ८० मा पाइनेमा २ सय रूपैयाँ, चना केजिकाे १ सय पर्नेमा १ सय २० र ३ केजिकाे भुजाकाे बाेरालाई २ सय १० मा पाइनेमा २ सय ३० भएकाे छ।
त्यसैगरि लकडाउन पछि तरकारीकाे मूल्यमा पनि  बृद्वि भएकाे छ। लकडाउन पहिले ४० रुपैयाँ केजि पर्ने आलु लकडाउन पछि ५० रुपैयाँ केजि पुगेकाे छ ।सुकेकाे खुर्सानी १ सय ४० रुपैया केजि पर्ने अहिले ३ सय रुपैयाँ केजि पुगेकाे छ । हरियाे खुर्सानी २५ रुपैयाँ पावामा पाइनेमा अहिले ४० रुपैयाँ पावा भएकाे छ। अदुवा २५ रुपैयाँ पाव थियाे भने अहिले बढेर ४० रुपैयाँ पावा भएकाे छ। १० रुपैयाँ केजिमा पाइने बन्दा काेपी अहिले बढेर २० रुपैयाँ केजि भएकाे छ। १५ रुपैयाँ केजिमा पाइने बैगुन २५ रुपैयाँ केजि भएकाे छ। ५ रुपैयाँ गाेटा पाइने कागती १५ रुपैयाँ गाेटा भएकाे छ।

गाैरीगंज गाउँपालिकाका पुराना व्यापारी थाेक विक्रेता शशिराजा श्रेष्ठलेले खाद्यान्न सामानकाे मूल्य माथिबाटै बढेर आएकाे बताए । उनले भने – खाद्यान्न सामानहरूकाे मूल्य बढेर आए पनि हामीले कम मार्जिन राखेर उपभोक्ताहरूलाई वेचिरहेका छाैं । कृतिम अभाव सृजना गरेका छैनाैं ।’ लकडाउनका बेला सामान पनि नपाईने र दस ठाउँबाट सामान कलेक्शन गरेर ल्याउनु पर्ने भएकाेले खाद्यान्नकाे मूल्य केही बढेकाे स्वीकार गरे ।
गाैरीगंजका अर्का थाेक विक्रेता जयश्री स्टाेरका सुदिप कुमार अटलले लकडाउनका कारण नेपालका सामानहरूमा १० प्रतिशत र भारतबाट अायातित हुने खाद्यान्न सामानहरूमा १५ प्रतिशतसम्म वृद्वि भएकाे बताए । भारतबाट अाउने सामानहरूमा राेक लाग्नु र नेपालबाट उत्पादित सामानहरूकाे मूल्य बढी पर्ने भएकाेले उपभोक्ताहरूलाई मार परेकाे वताए । उनले भने -‘ हामीलाई आफै ढुवानी खर्च गरेर खाद्यान्न सामान ल्याउनु पर्ने बाध्यता छ । सामान बजारमा सर्टेज हुँदै गएकाेले सामानहरूकाे मूल्य बढेकाे हाे । ‘
यता भने गाउँपालिकाले गाैरीगंज गाउँपालिकामा रहेका खाद्यान्न, मल तथा बीउ विजन अादि व्यवसायी पसलेहरूले अनाधिकृत रूपमा मूल्य कायम गरि विक्री वितरण गर्ने नपाईने निर्णय गरेकाे छ । गाउँ पालिकाले खाद्यान्न सामानहरूकाे मूल्य बढाए पनि लगडाउनले सामानकाे मूल्य बढेकाे कारण देखाउँदै व्यापारीहरू पञ्छिने गरेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १ : ०२ बजे