१७ जेष्ठ २०८१, बिहिबार | Thu May 30 2024

झापामा आत्महत्या बढेकाे बढ्यै


५ चैत्र २०७६, बुधबार  

0
Shares

20200318_191819

आत्माराम राजवंशी
गाैरीगंज ५ , चैत / विगत चार वर्षमा आत्महत्या गरेर मृत्युवरण गर्नेहरूकाे संख्या झापामा मात्र ७ सय ६० पुगेकाे छ ।
जिल्ला प्रहरी कार्यालय झापाले हरेक वर्ष जिल्लामा आत्महत्याकाे घटना बढिरहेकाे जनाएकाे छ ।
आत्महत्या गर्नेहरूमा महिलाकाे भन्दा पुरूषकाे संख्या बढी छ । गरिबी, बेराेजगारी, घरेलु हिंसा, व्यापार तथा प्रेममा असफलताजस्ता कारणले आत्महत्या गर्नेहरू बढी भएकाे प्रहरीकाे बुझाई छ । प्रहरीकाे तथ्यांकमा अा.व.०७३/ ७४ मा १९७, अा.व. ०७४/७५ मा २२१ , अा.व. ०७५/०७६ मा २६१ र ०७६/०७७ काे माघ महिनासम्मकाे ८१ जनाले आत्महत्या गरेकाे विवरण छ ।

धेरैजसाे मानिसले विष सेवन गरेर र झुन्डिएर आत्महत्या गरेकाे तथ्यांकले देखाएकाे छ भने चार वर्षमा ४ सय ३३ जना पुरूष, १ सय ९७ जना महिला, २४ बालक र २५ जना बालिकाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठका अनुसार विष सेवन गरेर, झुन्डिएर, आगाे लगाएर, औजार प्रयाेग गरेर, हाम फालेर, करेन्ट लगाएर आत्महत्याका घटना धेरै हुने गरेका छन् । आर्थिक र पारिवारिक समस्या नै आत्महत्याकाे मुख्य कारण भएकाे नायव उपरिक्षक श्रेष्ठकाे कथन छ । प्रेममा असफलता, दीर्घराेग, मानसिक राेग, वेराेजगारी र गर्मी पनि आत्महत्याकाे कारण भएकाे उनले बताए । तथ्यांकअनुसार वृद्ववृद्वादेखि किशाेर किशाेरीहरूसम्म आत्महत्या गर्नेकाे सूचीमा छन् ।
आत्महत्याका घटनालाई न्यूनिकरण गर्नका लागि सरकारले विशेष याेजना ल्याउनुपर्ने उनले बताए । समाजमा यस्ता घटनालाई कम गर्न मनाेचिकित्सकद्वारा चेतनामूलक कार्यक्रम गर्न सके प्रभावकारी हुने उनकाे सुझाव छ ।
नायव उपरिक्षक श्रेष्ठका अनुसार आत्महत्या गर्ने धेरैजसाे महिलाहरूमा सर्ट टेम्पर्डका कारण त्यसाे भएकाे हाे । ओरगानाे फाेरेस, फाेरेट, थाईडिनजस्ता विषादी सेवन गरि आत्महत्या गर्नेकाे संख्या पनि धेरै रहेकाे उनी बताउँछन् ।
मानिस जन्मने वितिकै विभिन्न समस्यासंग जुध्न थाल्छ । मानिसका इच्छा, आकांक्षा सबै पुग्दैनन् । जीवनयापन गर्ने क्रममा दुःख कष्टका कारण आत्मविश्वास कमजाेर भएर जिवनप्रति निरासा चरम अवस्थामा पुगेपछि व्यक्ति देहत्याग गर्नपुग्छ ।

मानिस जन्मने वितिकै विभिन्न समस्यासंग जुध्न थाल्छ । मानिसका इच्छा, आकांक्षा सबै पुग्दैनन् । जीवनयापन गर्ने क्रममा दुःख कष्टका कारण आत्मविश्वास कमजाेर भएर जिवनप्रति निरासा चरम अवस्थामा पुगेपछि व्यक्ति देहत्याग गर्नपुग्छ ।

आत्महत्याकाे विश्व तथ्यांक हेर्ने हाे भने यसकाे अवस्था झन कहालीलाग्दो छ । विश्व स्वास्थ्य संगठनकाे तथ्यांक अनुसार संसारमा हरेक ४० सेकेण्डमा एक हजार मानिसले अात्महत्या गर्छन् । विगत ४५ वर्षमा आत्महत्या दर ६० प्रतिशतले बढेकाे छ ।
यस्तै १४-४४ वर्ष उमेरसमुहमा आत्महत्या मृत्युकाे प्रमुख तीनमध्येकाे एक कारण बन्ने गरेकाे छ । यस्तै १० – २४ वर्ष उमेर समूहमा याे मृत्युकाे दाेस्राे महत्वपूर्ण कारक बन्ने गरेकाे छ । एशियाकाे जापान, चीन र भारतमा मात्र विश्वकाे ४० प्रतिशत आत्महत्या हुन्छ । धनी देश भन्दा गरीब देशमा आत्महत्या गर्नेकाे संख्या बढी रहेकाे पाइन्छ ।
पारिवारिक समस्या र आर्थिक समस्याका कारण आत्महत्याका घटना बढेकाे दमक बहुमुखी क्याम्पसकी सामाजशास्त्र विषयका प्राध्यापक डम्बर कुमारी अधिकारी ( एमु) बताउँछन् ।
मुविई वा फिल्म हेर्दा त्यही जस्ताे एक्सपाेज गर्न खाेज्दा वास्तविक जिवनमा मानिसकाे मेल नखाई दिदा विवेक गुमाएर आत्महत्या हुने गरेकाे अधिकारीकाे भनाई छ । आत्यहत्याकाे मुल कारण बुझ्न त्यसकाे प्रारम्भिक चरणबाट अनुसन्धान गरे मात्र वास्तविक नतिजा आउने प्राध्यापक अधिकारी बताउँछन् ।
यसैगरी समाज द्रुत गतिमा अगाडि बढिरहेकाे अवस्थामा सिमित स्राेत साधन हुने तर मानिसकाे ईच्छा आकांक्षा असिमित भएर पनि आत्महत्याका घटना घटेकाे उनकाे कथन थियाे ।

‘आत्यहत्याकाे मुल कारण बुझ्न त्यसकाे प्रारम्भिक चरणबाट अनुसन्धान गरे मात्र वास्तविक नतिजा आउने प्राध्यापक अधिकारी बताउँछन् ।
यसैगरी समाज द्रुत गतिमा अगाडि बढिरहेकाे अवस्थामा सिमित स्राेत साधन हुने तर मानिसकाे ईच्छा आकांक्षा असिमित भएर पनि आत्महत्याका घटना घटेकाे उनकाे कथन थियाे ।’

पठनपाठनमा कमजाेर, प्रेममा असफल हुनु, एउटा मात्र सन्तान हुनु आदि पनि आत्महत्याकाे अन्य कारण बन्ने गरेकाे उनी बताउँछन् । अात्महत्याकाे दररेट घटाउन अर्थात यसलाई न्युनिकरणका लागि सचेतनाका कार्यक्रमहरू गर्न जरूरी रहेकाे प्राध्यापक अधिकारीकाे सुझाव छ ।
वरिष्ठ मनाेविश्लेषक बासु आचार्यलेष मानिसहरूले मानसिक समस्याले भन्दा बढी सामाजिक समस्याले आत्महत्या गर्ने गरेकाे बताउँछन् । समाजसंग आफू ‘डिल ‘ गर्न वा आफू भित्र टिक्न नसकेर मानिसहरू डिप्रेसन भई दिक्दार भएर अात्यहत्याकाे साेच मनमा पलाउने गरेकाे उनकाे ठम्याई छ । आर्थिक बाेझ, जुवा वा तास खेलेर हारेकाे, प्रेम वा काममा असफल हुने, कुनै पनि घटना वा परिघटनाकाे प्रभावबाट विचलित हुने , आफुले भनेकाे जस्ताे नभएर , वेराेजगारी भएर र सामाजिक परिबन्धमा परेर मानिसहरूले प्रायः आत्महत्या गर्ने गरेकाे मनाेविज्ञ आचार्यले बताए ।

‘आर्थिक बाेझ, जुवा वा तास खेलेर हारेकाे, प्रेम वा काममा असफल हुने, कुनै पनि घटना वा परिघटनाकाे प्रभावबाट विचलित हुने , आफुले भनेकाे जस्ताे नभएर , वेराेजगारी भएर र सामाजिक परिबन्धमा परेर मानिसहरूले प्रायः आत्महत्या गर्ने गरेकाे मनाेविज्ञ आचार्यले बताए ।’

आत्महत्याकाे विषयमा व्यापक छलफल र विमर्श गर्न सके यसकाे दररेट घट्न सक्ने उनकाे सुझाव छ ।
सरकारले मनाेविज्ञानलाई कुनै विषय नै नभएकाे जस्ताे व्यवहार गरेकाे र त्यसबारे विद्यालयकाे शैक्षिक पाठ्यक्रममा नै समावेश गरे आत्महत्या गरेर मृत्युवरण गर्नेकाे दररेट घटाउन सकिने उनकाे तर्क छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १ : ३९ बजे