१ श्रावण २०८१, मंगलबार | Tue Jul 16 2024

माझी ढाेल पुस्तान्तरण हुन सकेन, पेशा संकटमा


१६ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

20200228_195917

आत्माराम राजवंशी
गौरीगंज १७, फागुन / वर्ष ६९ काे गाैरीगंज गाउँपालिका वार्ड नं. ६ अाठमाैजा बस्ने भुल्टुङ्ग माझी । समयले ६ दशक पार गरेका माझी ढाेलक बजाउन एकदमै सिपालु । गाउँ घरमा विवाह हाेस् वा अरू त्यस्तै अन्य शुभ कार्य , उनलाई वाजा बजाउन निम्ता अाइहाल्ने । सानै उमेरदेखि आफ्ना बुवा रतिलाल माझीसंग विवाह समाराेहरूमा ५ सय रूपैयाँमा शुरू गरेका वाजा बजाउनअहिले निकै चिन्तित देखिन्छन् । उनकाे वाजा बजाउने सीप त छ, तर नत उनकाे शरीर पहिला जस्ताे स्वस्थ्य छ नत त्याे ढाेलक बजाउने पेशा उनकाे छाेरा नातिले गर्छन् । उनका जेठा छाेरा ४२ वर्षिय राजु माझी ठेलागाढा चलाउँछन् भने कान्छाे छाेरा वर्ष ३२ का निक्कु माझीले रिक्सा चलाउँछन् । ३ नातिकाे पनि त्याे ढाेलक बजाउने पेशामा खासै चासाे छैन् ।
गाैरादह नगरपालिका वार्ड नं. ८ जुराेपानीका ६८ वर्षिय बजारा माझीले युवा अवस्थादेखि नै ढाेलक बजाउने पेशा गर्दै गुजारा गर्दै अाएपनि पहिला जस्ताे निम्ता नआएकाे दुखाेसाे गरे । उनका तीन छाेरा मध्ये जेठाे छाेरा बब्लु माझी वेदैशिक राेजगारका क्रममा ४ वर्षदेखि साउदीमै छन् । साईला छाेरा रमेश माझी इट्टाभट्टामा ज्यालादारीमा काम गर्छन् भने कान्छाे छाेरा दिलिप माझी पनि अहिले बाजा बजाउन सिक्ने काेशिस गरे पनि रुचि नराखेको बजरा बताउँछन् ।
यी दुई प्रतिनिधि पात्र मात्र हुन् । आदीवासी समुदायको विवाह , पर्व र शुभ कार्यहरुमा बजाइने बाजा (माझी ढाेल) पछिल्लो समयमा बजाउने मानिसहरूकाे अभाव छ भने याे वाजा नै लाेप हुने अवस्थामा छ । याे वाजा ( माझी ढाेल ) बजाउने सिपकाे पुस्तान्तरण हुन नसक्नु , वैदेशिक वाजा (डिजे वाजा) काे नक्कल गर्नु र याे वाजा बजाउने मानिसहरूले अन्य पेशा गर्नुले याे वाजाकाे माग घटेकाे अादिवासी समुदायका अगुवाहरू बताउँछन् ।
आदीवासी समुदायहरुको विशेष पर्वहरुमा परम्पराकालदेखि बजाइने बाजा ( माझी ढोल)  युवा पुस्ताले अंगिकार नगर्दा बजाउने व्यक्तिको अभावमा
संकटमा परेको हो ।
आदीवासी समुदायहरुमा विशेष किसिमका पर्व र विवाह र शुभकार्यहरुमा नियमितरूपमा निम्ता नआउनु र यहि कामबाट मात्र गुजारा नचल्ने भएका
कारण युवा पुस्ताहरुमा स्थानान्तरण हुन नसकेको बजारा माझी बताउँछन् ।
आदीवासी समुदायमा सिरुवा पर्वमा महाराज थानमा लगाईने मेलामा महाराजको पूजा गर्दा धामीलाई महाराज पुकार्न माझी ढोल बाजा अनिवार्य रहेको माझी बताउँछन् । यसका साथै दशैँमा गरिने दुर्गा पूजा, महाशिरात्री र विवाहमा पनि यो बाजा आदीवासी समुदायमा नभई नहुने बाजा हो । यो बाजा
बजाउने मान्छे नहुदाँ लोप हुने अवस्थामा पुगेको छ ।
। ‘म संगै १२ जना काे समूह हुन्थ्याे तर अहिले बढी ३ देखि ४ सम्ममात्र मानिस वाजा बजाउने मसंग हिड्छन् माझीले भने । एउटा विवाहमा ७ देखि १० हजारसम्म लिने गरेका तर समय अनुसार त्याे पनि हाजिरा पनि मुस्किलले थापेकाे उनकाे भनाई थियाे ।
20200228_195856
विवाह वा कुनै पर्व आउनु अगाडी बाजा बजाउने मान्छे खोज्न हिनुपर्ने बाध्यता रहेको आफू भन्दा बढी अन्यलाई बढी पैसा दिएर भएपनि वाजा बजाउन गएकाे बजरा माझी बताउँछन् ।
। गाउँमा बाजा बजाउने सिप भएका व्यक्तिहरु नभएकाले आफुले मोरङ्गको चौकी घाटबाट मानिसहरु बोलाएर थप सहयोग गरेको बजरा बताउँ छन् । पछिल्लो समयमा युवा पुस्ताहरुले बाजा बजाउन नसिक्दा पौराणीक काल देखि बजाइदै आएको बाजा बजाउनै व्यक्ति नहुदा आदिवासी समुदायको संस्कार, संस्कृति र परम्पराहरु
संकटमा पर्न सक्ने गौरादह नगरपालिका वार्ड नं. ८ का विष्णु माझी बताउँछन् । माझी ढोल बाजामा कारा, ढोल, सनाई, र्कताल सहित १२ वटा बाजाको
आवश्यकता पर्ने बजराले बताए । मेलामा बाजा बजाउदा  बढीमा ३ हजार र बिहेमा बाजा बजाउदा बढीमा १० हजार सम्म लिने गरेको उनि बताउँछन् । माझी ढोल बाजा संरक्षणका लागि कहिकतैबाट सहयोग नपाएको बजराले गुनासो गरे । आदिवासी समुदाय राजवंशी, ताजपुरिया , गन्गाईलगायत अन्य जातिहरूकाे विवाह, पर्व, पुजा र नाचहरूमा आफ्नै किसिमकाे वाजा माझी ढाेल प्रयाेग गर्ने पुरानाे चलन भए पनि याे वाजाकाे विकल्पकाे रूपमा विवाहहरूमा डिजे र अन्य आधुनिक वाजाहरूकाे प्रयाेगले माझी ढाेल संकटमा परेकाे हाे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  २ : १७ बजे