१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

संथाल जातिहरू एकजुट हुदैँ, धर्म संस्कार जाेगाउन अभियान सञ्चालन


१४ फाल्गुन २०७६, बुधबार  

0
Shares

20200226_182707

आत्माराम राजवंशी
गाैरीगंज १४, फागुन / झापा, माेरङ्ग र सुनसरी जिल्लामा बसाेबास गर्दै अाएका सन्थाल जातिहरू आफ्नाे भाषा,लिपि, संस्कार र संस्कृति संकटमा परेकाे भन्दै यसलाई जगेर्ना गर्न एकजुट भएका छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. २ बाघाहाचाैधरीमा साेमवार भेला भई उनीहरूले आफ्नाे भाषा, संस्कार र संस्कृतिलाई जगेर्ना गर्न पुर्वी नेपालकाे झापा, माेरङ्ग, सुनसरीसहित भारतकाे झारखण्डबाट आएका संथालहरूले अन्तरक्रियात्मक अभियान चलाएका हुन् ।

20200226_182731
उनीहरूले परम्पराकाल देखि चलि आएकाे भाषा संस्कृति, पहिचान पछिल्लाे समयमा नयाँ पुस्ताहरूलेसमेत अंगिकार नगर्दा लाेप हुने अवस्थामा पुगेकाे भन्दै सचेतनाका लागि यस्ताे अभियान थालिएकाे भारत झारखण्डका संथाल समुदायका अभियन्ता साल्खन मुर्मुले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साल्खनले संथाल समुदायहरूकाे बाहुल्यता रहेकाे क्षेत्रहरूमा आफ्नाे भाषा संस्कृतिलाई संरक्षण गर्न अभियान शुरू गर्नु पर्ने अावश्यक रहेकाेले साेही अनुरूप झापा, माेरङ्ग र सुनसरीका विभिन्न स्थानमा सचेतना अभियान सञ्चालन गरेकाे उनकाे भनाई थियाे ।
संथाल समुदायहरूकाे ठाउँ विशेष अनुसार रहनसहन, सांस्कृतिक मनाउने विधि, पहिरन र अतिथि सत्कारकाे प्रक्रियाहरू नयाँ पुस्ताहरू फरक फरक तरिकाबाट मनाउन थाले पछि यसलाई एक रूपतामा ढाल्न यस अभियानले सहयाेग पुर्याउने अभियान टाेलीका प्रमुख बुद्विलाल साेरेनले बताए ।
संथाल समुदाय लाेपाेन्मुख समुदाय भएकाे र यी समुदाय गरिबीकाे रेखामुनि भएकाेले उनीहरू सिपकाे पहिचान गरि सरकारले संरक्षण गर्नु पर्ने गाैरीगंज कार्यपालिकाका कार्यपालिका सदस्य जेठा मुर्मुकाे भनाई थियाे ।

20200226_183829
पुर्वी नेपालकाे झापा, माेरङ्ग र सुनसरी जिल्लाहरूमा बसाेवास गर्दै अाएका संथाल समुदायहरू पछिल्लाे समयमा विस्थापित हुने क्रम बढ्दाे छ ।
नेपालकाे जनगणना २०६८ अनुसार नेपालमा ५१ हजार ७ सय ३५ जना रहेकाे अभिलेख छ । तर हाल याे जनसंख्या घट्नुकाे साथै उनीहरूमा अशिक्षित, वेराेजगार र नागरिकता विहिनलगायतका समस्याले भारततर्फ पलायन भएकाे संथाल समुदायका अगुवाहरू बताउँछन् ।

एक रिपोर्ट अनुसार नेपालमा संथाल जातिका करिब ५ हजार मानिसहरू अनागिरक छन्। उनीहरूका बुबाआमाकाे नागरिकता जन्मसिद्व नागरिकता भएकाले  नेपालमा जन्मेता पनि अनागरिक छन् ।

 कार्यक्रममा  नेपालकाे विभिन्न जिल्ला र भारतकाे झारखण्डबाट संथालसमुदायका व्यक्तिहरूकाे सहभागिता थियाे ।
कार्यक्रममा संथाल सामुदायकाे जाहेर थान र माझी थान स्थापना गरेर थानहरूमा उक्त समुदायका शहिदहरूकाे स्मृतिमा तस्वीरहरू राखिएका थिए ।
थानहरूमा शहिदहरू सिद्व मुर्मु, कानु मुर्मु, साल्खन मुर्मु र तिलका मुर्मुलगायतकाे तस्विहरू राखिएका थिए । समाज उत्थानका लागि विशेष याेगदान पुर्याएकाे भन्दै शहिदहरू फाेटाे थानहरूमा राखिएकाे जनाएका थिए ।

सन्थालमा भाषामा लिपि
झापाकाे बाह्रदशी गाउँपालिकाका वार्ड नं.२ राजगढका शिबु मुर्मुले सन्थाली भाषाकाे वर्णमाला(अाेल माला) लेखेका छन् । बाह्रदशी सन्थाल समाजकाे प्रकाशनमा छापिएकाे वर्णमाला नयाँ पुस्तालाई संथाल भाषा र लिपिकाे जानकारीकाे लागि र पाठ्यक्रम निर्माणका लागि वर्णमालाले धेरै सहयाेग पुर्याउने वर्णमालाका लेखक शिबु मुर्मुले बताए ।
20200226_184154

संथाल जातिकाे मुख्य चार पर्व

१. साेहराय पर्व : प्रत्येक वर्षकाे माघे पुर्णिामा मनाउने गरिन्छ । आफ्नाे चेलीवेटी, अाफन्त, नातेदारहरूलाई बाेलाई नाचगान गर्दै ६ दिनसम्म याे पर्व मनाउने चलन छ । याे पर्वकाे अन्तिम दिन अर्थात छैठाै दिन सिकार खेल्ने चलन रहेकाे छ । क्षमता अनुसार माछा मासु लगायत विभिन्न परिकार बनाई गाउँका सबै छरछिमेक एकै स्थानमा भेला भई खाने चलन छ ।

२. बाहा पर्व : याे पर्व फागु पुर्णिमाकाे दुई दिन अघि देखि पुजा गर्ने चलन छ । सखुवाकाे बाेटमा देउताकाे बाँस हुने पुर्खाहरूकाे जनविश्वास अनुरूप सखुवाकाे फुललाई पुजा गर्ने गरिन्छ । महिलाहरू बसेर गीत गाएर देउता पुकार्ने चलन यस पर्वमा रहेकाे छ ।

३. एरअ पर्व : प्रत्येक वर्षकाे असार ८ गते बीउ राख्ने दिन अर्थात भुमिराजकाे पुजा गर्ने चलन एरअ पर्व हाे । गाउँ समाजका मानिसहशर भेला भई परेवा, कुखुरा उढाईन्छ । ताेकिएकाे दिनमा जाेहरथानमा गई सबै भेला भएर पुजारीले पुजा गर्छ र प्रसादकाे रूपमा मासु र चामललाई एकै ठाउँमा मिसाई खिचडी पकाइ सबैलाई प्रसादकाे रूपमा खाने चलन रहेकाे छ ।

४. जान्थड पर्व : कार्तिक पुर्णिमाकाे दिनलाई नयाँवाली भित्राउने दिनकाे रूपमा मनाई भव्यरूपमा पुजा गर्ने चलन छ । नयाँवाली धान र दुधकाे प्रसाद बनाएर जाहेर थान र माझी थानमा चढाई नयाँवाली घर भित्राउने चलनलाई पर्वकाे रूपमा मनाउने गर्छन् । प्रत्येक घरमा कुलदेवतालाई नयाँवाली चढाई पुजा गर्ने गर्दछन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १ : ०६ बजे