१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

छाेटी भन्सार स्तराेन्नतिका लागि गाैरीगंजमा दाेस्राे चरणकाे छलफल


२६ आश्विन २०७६, आइतबार  

0
Shares

gauriganj-vansar1

गाैरीगंज २६, असाेज / भारतसगैँ सीमा जोडिएको गौरीगंज गाउँपालिका स्थित आठमौजा छोटी भन्सार स्तरोन्नती गरी भन्सार नाका स्थापना गर्न दाेस्राे चरणमा सर्वपक्षिय छलफल भएको छ । भन्सार नाका बनाउन कम्तिमा १५ कठ्ठा देखि १ विघासम्म जग्गाको आवश्यकता रहेकोले जग्गाको व्यवस्थापन गर्न सर्वपक्षिय छलफल भएकाे हाे ।
गाैरीगंज गाउँपालिकाकाे सभाकक्षमा शनिवार भएकाे छलफलमा भन्सार नाका स्तराेन्नतिका साथै हुलाकी सडक अन्तरगत गाैरीगंज क्षेत्रकाेे बाटाे वरपरका संरचना हटाउने विषयमा समेत छलफल भएकाे थियाे । पुर्व सांसद तथा संविधानसभा सदस्य दिपक कार्कीकाे प्रमुख आतिथ्यतामा भएकाे छलफलमा गाैरीगंज गाउँपालिका वार्ड नं. ५ निर्माण हुने भन्सार नाकाकाे लागि जग्गा व्यवस्थापन गर्न स्थानियहरूकाे जग्गाकाे उचित मुआब्जा दिनेसमेत बताईएकाे थियाे । पुर्वसांसद कार्कीले छाेटी भन्सार स्तराेन्नति गरि भन्सार नाका स्थापना गर्न सरकारले प्रक्रिया अघि बढाईसकेकाेले स्थानियहरूकाे जग्गा अधिग्रहण गरि उचित मुआब्जाकाे लागि सकारात्मक रहेकाे बताए ।
नाका स्थापना भए गौरीगंजको मुहार फेर्ने र आर्थिक गतिविधि बढेर सरकारको राजस्व पनि संकलन हुने उहाँसंगकाे कुराकानी मा बताए । स्थानियहरुले पनि रोजगारीको अवसर पाउने र व्यापार व्यवसाय बढेर व्यक्तिको आर्थिक स्तर पनि उठ्ने भएकोले जसरी भएपनि यहाँ नाका बनाउनु पर्नेमा उनकाे जोड थियाे ।
गांरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा हुलाकी सडक निर्माण गर्न ठेक्का प्रक्रिया अघि बढिसकेकाे अवस्थामा गाैरीगंज गाउँपालिकाले गाैरीगंज क्षेत्रकाे सडक छेउछाउ संरचना हटाउन मापदण्ड नअपनाएर सूचना जारी गरेकाेले स्थानियमा अन्याेलता सिर्जना भएकाे सहभागीहरूकाे भनाई थियाे । कार्यक्रममा
पार्टी प्रतिनिधि, पुर्व गाविस अध्यक्ष तथा सराेकारवालाहरूकाे सहभागिता थियाे । छलफलमा सहभागीहरूले हुलाकी सडककाे संरचना हटाउदा यसअघि सूचना जारी गर्दा ध्यान नपुर्याएकाे बताएका थिए । आवश्यक मापदणड नअपनाई गाउँपालिकाले सूचना जारी गर्दा स्थानियहरूमा अन्याेलता सिर्जना भएकाे उनीहरूकाे भनाई थियाे ।
गाउँपालिकाले पहिलाे चरणमा स्थानियहरूसंग छलफल गरिसकेकाे र याे दोस्रो चरणमा विभिन्न राजनीतिक दल र सरोकारवालासंग छलफल गरी सम्भव्त मंसिर महिनादेखि निर्माण कार्य शुरु हुने अध्यक्ष श्रेष्ठले बताए ।

नेपाल सरकारले नेपाल भारत सीमानामा अवैधरूपमा
आयात निर्यात भईरहेकाे सामाग्रीहरूकाे नियन्त्रण गरी राजस्व संकलन गर्ने उद्देश्यले छाेटी भन्सार कार्यालय स्थापना गरेपनि सोचे अनुसार राजस्व संकलन भएको देखिदैन । सीमा देखि करिब ३ किलोमिटर टाढा भन्सार कार्यालय रहेकोले कार्यालय नै नपुगि व्यापारीहरु अन्यत्रै बाटो प्रयोग गरी सामान भित्र्याउने गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  २ : ५३ बजे