१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ऐतिहासिक महेन्द्रनगर बसपार्कको बिरासद नै ओलझेलमा, बसपार्कको बजेटले स्थानियमा केही आश जगायो


२३ श्रावण २०७६, बिहिबार  

0
Shares

buspark picture
आत्माराम राजवंशी
गौरीगंज २३, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेको ऐतिहासिक एवं पुरानो बस पार्कको रुपमा चिनिने महेन्द्रनगर बसपार्क ओलझेलमा परेको छ । वर्षौदेखि महेन्द्रनगर वसपार्कको नाममा चिनिने यो ऐतिहासिक बसपार्कलाई सञ्चालनमा ल्याउन कहि कतैबाट कुनै चासो नदेिखएपछि यसको पुरानो विरासद नै मेटिने धेरैको आशंका छ ।
करिब १७ कठ्ठा जग्गामा फैलिएको उत्त बसपार्कको व्यवस्थापन नहँुदा हालमा माछा बजार र गौचरनमा परिणत भएको छ भने बसपार्कको जग्गानै अतिक्रमणको चपेटामा पर्न सक्ने संभावना छ । वषौदेखि बस स्टेण्डको जग्गाको व्यवस्थापन भई सक्दापनि सञ्चालनमा नआउदा बाटो छेउमा बस स्टेण्ड गर्न बाध्य भएको छ भने सवारीसाधनहरु भने सडक किनारामा पार्किङ गर्दै आइरहेका छन् ।
बसपार्कलाई व्यवस्थित बनाउन साविक खजुरगाछी गाविसबाट पटक पटक वजेट छुट्याई उपभोक्त समितिबाट प्रयास गरेपनि समस्या ज्युँका त्युँ रहेको खजुरगाछी माविका प्राचार्य तथा आठमौजा सहकारी संस्थाका अध्यक्ष अर्जुन दंगाल बताउँछन् । पुरानो व्यवसायिक केन्द्र गौरीगंजको मुटुमा रहेको यो वस पार्क हरेक दृष्टिकोणबाट उर्पयुक्त्त भएकोले यसलाई सञ्चालन गर्न स्थानिय सरकार लागि पर्नुपर्ने उनको सुझाव छ । उनले भने– ‘यो गौरीगंजको ऐतिहासिक बसपार्क हो, तत्कालिन महेन्द्र सरकारले यहि बस पार्कमा हेलिकोप्टर ल्याण्ड गरेका थिए । त्यसैले यसको विरासदलाई कहि कतैबाट आच पुग्यो भने त्यो गलत हुनेछ ।’ बस पार्कको लागि जग्गा कम र साँघुरो भएको भन्ने विषय उठान गर्नु बसपार्कलाई नै अन्तै सार्ने साजिस हुन सक्ने उनले बताए ।
गौरीगंजमा नेपाल बैंक, इलाका प्रहरी कार्यालय, त्रिभुवन आर्दश पुस्तकालय स्थापना संगै महेन्द्र नगर बस पार्कको जग्गा व्यवस्थापन गरिएको यहाँका पुराना बासिन्दाहरु बताउँछन् । हुलाकी राजमार्गसंगै जोडिएसंगै चारैतिरबाट बाटोले छोएको यो बस पार्कको संरक्षणमा पछिल्लो समयमा तत्कालिन जिविस र गाविसबाट बजेट छुट्याएको पाइन्छ । तर संरक्षण गर्ने नाममा स्थानिय सरकार गठन हुनु पूर्व यो वस पार्कको जग्गा अतिक्रमित भएको स्थानियहरु बताउँछन् ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ वडा नम्बर ६ मा करिब १७ कठ्ठा जग्गा बसपार्कका लागि रहेको बताउँछन ्। ‘यो जग्गा अहिलेको होइन, म बिगतमा जनप्रतिनिधि रहदा नै हामीले जोगाएर राखेको हो’, उनले भने, ‘बेला बेलामा जमिन सम्याउने, पुर्ने लगायतका काममा केही खर्च पनि भएको छ । तर सबै संरचना बनाउन भने सकिएको छैन ।’ ‘बजेट कम छ , सबैतिर बजेट छुट्याउनु पर्ने छ तर केही काम थालौं भनेर यो वर्ष २८ लाख रुपैयाँ छुट्याएका छौं’, अध्यक्ष श्रेष्ठले भने, ‘यसले केही काम हुने विश्वास दिलाउ“छु ।’
ठूलो बसपार्ककका लागि कम्तीमा तीन बिघा जग्गा चाहिने र त्यसपछि मात्र आयोजनामार्फत् रकम खर्च हुने भएकाले तत्काल सो परिमाणाको जग्गा व्यवस्थान नहुने भएपछि गाउँपालिकाले साविकको बसपार्क बनाउने प्रकृया अघि बढाएको हो अध्यक्ष श्रेष्ठले बताए ।
अहिले दुवैतर्फ जमिन रहेको ठाउँ गौरीगञ्जको मुख्य बजार क्षेत्र रहेको र बजार क्षेत्रमा ठूलो बसपार्क बनाउँदा प्रदूषण, कोलाहल बढ्ने र शहरीकरण झनै अस्तव्यस्त हुने भएकाले दीर्घकलीन रुपमा बसपार्कका लागि अन्यत्रै जग्गा खोजी गरिने उनले बताए ।
गौरीगंज गाउँपालिकाको आर्थिक वर्ष २०७६ ÷०७७ मा गाउँपालिका स्तरिय बजेटमा २० लाख र वडा स्तरिय वजेटमा ८ लाख रुपैयाँ छुट्याउनुले बस पार्क सञ्चालनमा केही आश जगाएको वडा नं. ६ का वडा सदस्य उदिम कुमार राईले बताए । उनले भने –‘यसलाई संरक्षण गर्नुको साथ साथै सञ्चालनमा ल्याउनु नै ऐतिहासिक कार्यको थालिनी भएको ठहरिन जान्छ त्यसैले जसरी भएपनि हामीले यसलाई बनाउनु पर्छ ।’
गौरीगंज गाउँपालिका वार्ड नं. ३ मा पनि ८ वर्षअघि बसपार्क निर्माणको प्रकृया थालिएको थियो । त्यहाँ पनि समस्या उस्तै छ । अस्थायी बसपार्क बनाएर ‘बस स्टेण्ड’को रुपमा भने उपयोग गर्न थालिएको छ । तर यहाँ बसपार्कका लागि चाहिने पूर्वाधारहरु भने निर्माण हुन सकेका छैनन् । यहाँ पनि बाटो छेउमा पार्किङ गरी यात्रुलाई बोक्दै आएको छ ।
वडा नम्बर ३ मा मुख्यचोक नजिकै ८ कठ्ठा १० धुर जग्गामा बसपार्क निर्माण आठ वर्षअघि नै सुरु गरिए पनि पूरा हुन नसकेर अहिले बसपार्क निर्माणस्थल अतिक्रमणमा परिरहेको छ। उक्त जग्गामामै स्थानीयका केही घर टहराहरु रहेका छन् । गौरीगंज गाउँपालिकाका वठा नं. ३ का वडाध्यक्ष मखना महतोले ती घर टहराहरु हटाउन प्रक्रिया अघि बढिसकेको बताए । अतिक्रमित क्षेत्र खाली नगराई निर्माण प्रकृया थाल्न व्यवहारिक नहुने भएकाले पहिले जग्गा खाली गराउने त्यसपछि निर्माण कार्य थालिने उनको भनाइ छ ।
गौरीगञ्ज बजार व्यवस्थापनका लागि भनेर ३० लाख रुपैयाँ विनियोजन गरिएको वडाध्यक्ष महतोले जनाकारी दिए । उक्त रकम बजार व्यवस्थापन, साना पूर्वाधार निर्माण लगायतका कार्यमा खर्चिने योजना छ ।
बसपार्क नहुँदा पैदलयात्रीका साथै सवारीका साधनहरु गुड्ने सडकमा नै बस, ट्रक, अटो रिक्सा, सिटिसफारी र मारुती भ्यानलगायतका सवारीसाधनहरु जथाभावी पार्किङ गर्दा आवतजावतमा समस्या हुनुका साथै सवारी दुर्घटना हुन सक्ने प्रवल सम्भावना हुन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहिबार  ८ : २६ बजे