११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

आलुचप बेचेर दैनिक गुजारा


२८ श्रावण २०७३, शुक्रबार  

0
Shares

गौरीगंज / झापा शिवसताक्षीका आदिवासी मूलका महिलाहरु प्याजी, आलुचप, दुनोट, पापड बेचेरै जीविकोपार्जन सुधार गर्न लागि परेका छन् ।
नगरकै दुर्गम मानिने शिवसताक्षी–२१ भेलामुनीकी ४० वर्षीया मीना राजवंशी बिहान ८ बजे नै ग्यास चुल्हो, कराही लिएर प्याजी आलुचप बनाउन चाहिने सामानहरु लिएर प्रत्येक हाटबजारमा पुगिछन् । जीवन गुजारा चलाउनको लागि हाटबजारमा प्याजी, आलुचप बिक्री गर्ने उनको दैनिकी नै हो । त्यसैले उनी एक साना ब्यापारी हुन् ।
उनको विगत १६ वर्षदेखि प्याजी, आलु, बेचेर नै आफ्नो दैनिक मात्र होइन, केही सम्पति समेत जगेडा गरिसकेकी छिन् । उनी भन्छिन –‘पहिले १८ कठ्ठा जति थियो, त्यहीबाट जीवनयापन भइरहेकै थियो, तर कनकाई नदीले सबै स्वाहा पारेपछि यो व्यवसाय गरेर जीवन निर्वाह गरिरहेको छु ।’
राजवंशीले हाटबजारमा लगेर बिक्रि गर्दा सबै खर्च कटाएर दैनिक पाँच हजारसम्म कमाई गर्नुपर्छ, यो पेशाबाट आफूले मनग्य आम्दानी गरेकाले उनले आफूले यसैबाट रोजीरोटीको रुपमा अघि बढाएको बताउने राजवंशीले प्याजी, आलुचप बेचेरै छोराछोरी बिहे मात्र गरिनन् तीन कठ्ठा जमीन समेत किनेको बताउँछिन् ।
उनले गुनासो गरिन – ‘ अरुको व्यापारको मात्रै पत्रिकामा निकाल्ने हाम्रो व्यापारको चाहिं नछपाउने ? ’ राजवंशीले भनिन् – ‘ यो पेशामा नै आनन्द छ । त्यस्तै, अर्की शिवसताक्षी –३ ठगबस्तीकी सुखिया चौधरी पनि यस्तो व्यापार गर्न थालेको १० वर्ष भइसकेको बताउँछिन् । गुजारा चलाउनका लागि प्याजी बेचेरै जीवन निर्वाह गर्दै आएको उनको भनाई छ । उनी भन्छिन् – ‘ अन्य व्यवसाय गर्नको लागि पूँजी छैन के गर्ने ? सानो पूँजी लगाएर पनि यो पेशा शुरु गर्न सकिने रहेछ त्यही भएर आफूले यसप्रकारको व्यापार शुरु गरेकी हुँ । ’ उनी भन्छिन् – ‘ हाटबजारमा सबै खर्च कटाएर ४– ५ हजारसम्म बिक्रि गर्न सकिन्छ । मैले यही पेशाबाटै छोराछोरीको बिहेदान, पढाउनमात्र हैन १० कठ्ठा जमिन किनि सकेको छ ।
तर, वर्षायाम र धुलो उडेको बेला भने चाहेजति व्यापार गर्न नसक्ने उनीहरुको ठम्याई छ । तथापि, धुलो नउड्ने ठाउँमा ब्यापार गर्दा ग्राहकहरु प्नि आउने भएकाले सफा –सुग्घर पारी, आफ्नो पसल अगाडि पानी छम्कने गरेको उनीहरुले बताए । त्यतिमात्र होइन, नाकाबन्दीको तीतो यर्थाथ समेत उनीहरुको रहेछ । नाकाबन्धीले गर्दा ग्यास र तेल नपाएपछि दाउरा किन्न खोज्दासमेत नपाँदा ब्यापारमा निकै घाटा भएको बताउँछन् ।
त्यस्तो व्यवसाय शिवसताक्षी क्षेत्रको बजारमा मात्र होइन, जिल्लाका मुख्य बजारमा पनि यसप्रकारको ब्यापारले प्रसस्तै मात्रामा कमाई गर्दै आईरहेको बताउँछिन् मीना राजवंशी ।

यसमा पनि मुख्य गरेर आदिवासी महिलाहरु बढी संलग्न रहेको पाइन्छ । थोरै लगानीबाट धेरै लाभ उठाउन सकिने भएकाले अधिकां्रश साना व्यापारीहरुले आफ्नो गुजारा चलाउने माध्यमको रुपमा लिएका छन् । aalu piyagii

प्रकाशित मिति : २८ श्रावण २०७३, शुक्रबार  ९ : २३ बजे