३ श्रावण २०८१, बिहिबार | Thu Jul 18 2024

बंगला भाषा भन्दा राजवंशी भाषा तीन सय बर्षको जेठो


२७ जेष्ठ २०७३, बिहिबार  

0
Shares

फुलसिहं राजवंशी  /

fulsingh 11

पौराणिक कालमा कोशी नदी पूर्व कामरुप राज्य अवस्थित थियो । इ.सं. १२५० मा काम कामरुपको पश्चिमी
भागलाई कामना वा कामरुप कामना भनिन्थ्यो । कोचबंशीय राजाहरुको शासन कालमा कामरुप कामता राज्यलाई को
च राज्य पनि भनिन्थ्यो ।
जयनाथ मुन्सीको ‘राजोपाख्यान’ र कालिका पुराण, योगिनीतन्त्र नामक ग्रन्थहरु अनुसार चन्द्रवंशी क्षे
त्रीय राजा सहसार्जुनका सन्तानहरुले कोच नाम पाएका थिए । किरात राजा कोचुका सन्तान तथा उनका अनुयायीहरु कोच
भएका थिए भन्ने कुरा किरात इतिहासमा पाइन्छ । सर एडवार्ड गेटले आफ्नो पुस्तक ‘ए हिस्टरी अफ असम’मा
मिकिर लालुङ कछारी आदिलाई कोच भनेका छन् ।
माथि उल्लेखित क्षेत्रीय कोच र किरात कोचहरु पछि एक आपसमा मिलेर एकाकार भएको कुरा बुझिन्छ ।
इ.सं. १५१५ मा अर्थात कोचबंशीय उपाधि लिएका थिए । पौण्ड्र क्षेत्रीहरु र कतिपय राजवंशी गएको कुर
ा साहित्यिक स्रोतहरुमा पाइन्छ । अत: राजवंशी शब्द समूहबाचक शब्द हुन् ।
राजवंशी राजा विश्वसिंह र नरनारायणको समयमा राजवंशी कामरुपी वा कामतापुरी भाषामा लेखिएका अनेक हिन्दू
धार्मिक ग्रन्थहरु पाइन्छ । राजवंशी महाराज नरनारायणको युगलाई राजवंशी भाषा साहित्यको स्वर्णयुग
भन्नुपर्छ ।
तर, असमिया साहित्यकाहरुले नरनारायणकै काललाई असमिया साहित्यको स्वर्ण युग मानिएको छ भने
उता बंगाली विद्वान तथा साहित्यकारहरुले पनि नरनारायणकै युगलाई ठूलो महत्व दिादै यस युगलाई
बंगला साहित्यको उर्वर युग मानिएको छ तर यस कुरालाई सहजै मान्न सकिदैन । किन भने राजवंशी राजा
नरनारायणको समयमा असम र असमिया भाषा थिएन, बंगाल र बंगला भाषा पनि थिएन । वर्तमान कमरुप, पूर्व
बंगाललाई समतट, पश्मिम बंगाललाई कर्ण सुवर्ण एवम् दक्षिण समुद्र तटलाई तम्रलिप्त भनिन्थ्यो ।
बंगला भाषा साहित्यको विकास राजाराम मोहनरायको समय (इ.सं. १८००) तिर मात्र देखिन्छ । किन्तुक राजवंशी
र नरनारायणको समय (इ.सं. १५००) तिर नै आएको देखिन्छ । अत: यस कुराबाट बुझ्न सकिन्छ कि बंगला
भाषा साहित्यभन्दा राजवंशी भाषा साहित्य तीन सय बर्षको जेठो हो ।
डा. द्रोणकुमार उपाध्यायले आफ्नो पुस्तक राजवंशी परिचय, भाषा, लिपि र व्याकरण खण्डमा बंगला, मै
थिली, असमिया र राजवंशी यी सवै भाषाहरु साह्रै नजिकका नातेदार हुन् । भगिनी भाषा हुन् भनेका छन् । उक्त
पुस्तक २० डिसेम्बर १९९८ मा राजवंशी भाषा प्रचार केन्द्रीय समितिबाट प्रकाशित भएको छ ।
राजवंशी भाषा, साहित्य, संस्कृति उत्थान गर्न, गराउनका लागि वि.सं. २०३९ साल भाद्र ११ गतेमा झापा
जिल्लाको भद्रपुर नगरपालिकास्थित देवकोटा स्मृति भवनमा राजवंशी भाषा प्रचार समिति नामक संस्था गठन भएको थियो

राजवंशी भाषा प्रचार समितिद्वारा इ.सं. १९८२ मा समितिका संस्थापक अध्यक्ष फूलसिंह राजवंशीको सम्पादनमा
राजवंशी साहित्यिक पत्रिका उदय, इ.सं. १९८२ ले साधारण शब्दावली जुलाई १९९१ मा राजवंशी भाषा प्रचार समिति
(क्या प्रश्नोत्तरमाला) अक्टोरब २, १९९७ मा राजवंशी संस्कृति र इ.सं. २००१ मा राजवंशी बुलेटिन प्रकाशित
भएका छन् ।
राजवंशी भाषा प्रचार समिति केन्द्रीय समितिमा परिणत भएपछि २० जनवरी १९९४ मा तत्कालीन श्री ५ को सरकार
बाट विघिवत रुपमा मान्यता प्राप्त गरेको छ । वर्तमान परिस्थितिमा यो समिति राजवंशी समाज विकास समिति नाममा परिणत
भएको छ ।
राजवंशी भाषा बोल्ने मानिसहरु नेपाल, भारत, बंगलादेश र भुटानको उबडखाबड र भूमिमा पनि
पाइन्छ । संसारभरमा राजवंशी भाषा बोल्नेको संख्या इ.सं. १८७९ को गणना अनुसार ३५,९०,३४२ रहेको
कुरा ग्रियारसको लिङग्विस्टिक सरबे अफ इन्डिया, नामक ग्रन्थ पेज १६३ भलियम ५ अंश १ मा उल्लेख छ । यो
संख्या १३२ बर्ष अघिको हो ।
भारतको पूर्वाेत्तर क्षेत्रको असमस्थित कोक्राझार जिल्लास्थित चन्द्रपारा उच्च माविको प्रागणमा २३, २४ र
२५ सेप्टेम्बर २०११ म राजजंशी भाषा, साहित्य, संस्कृत सम्बन्धि अन्तर्राष्ट्रिय सेमीनार भएको थियो । त्यो
सेमिनारमा झापावाट फूलसिंह राजवंशी, विहारबाट बसन्तकुमार दास, आनन्द मोहनसिंह, असमबाट अम्बिका चौधरी, डा. द्विजे
न्द्रनाथ भगत, अरुणकुमार राय, रञ्जीत सिंह, डा. दीपककुमार राय, नगेन्द्रनाथ राय, दिनेशचन्द्र राय, नेपालबाट

फूलसिंह राजवंशी र बरतलाल राजवंशी, हंशलाल राजवंशी, सुरेन राजवंशी भाग लिएका थिए । उक्त सेमीनारको
राजवंशी साहित्य सभाको कोक्राझार जिल्ला र समितिको आयोजनामा सम्पन्न भएको थियो ।
वर्तमान अवस्थामा नेपालमा, विहार, बंगाल असमका राजवंशीहरु राजवंशी भाषा, साहित्य र संस्कृतिको लागि संघर्ष
गरिरहेका छन् । राजवंशी समाजका भाषाविद तथा साहित्यकारहरुले राजवंशी भाषाको व्याकरण र शब्दकोष जस्ता
महत्वपूर्ण पुस्तक प्रकाशन गर्नुका साथै अनेक पुस्तक पुस्तिका पत्र पत्रिकाहरु प्रकाशित गरिसकेका छन् ।
नेपालको भाषा र मोरंग जिल्लाका राजवंशी माझ बोलिने राजवंशी भाषामा बोलचाल र लेखक शैलीको
विविधतामा एकता ल्याउन धरानको पान होटलमा राजवंशी भाषा बर्ण विन्यास गोष्ठी भएको थियो । गोष्ठीको
आयोजना त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभाग कीतिपुर तथा नेपाली राष्ट्रिय भाषाहरुको संरक्षण संस्था
काठमाडौंले गरिएको थियो । उक्त गोष्ठी ५ जनवरी २००४ मा भएको थियो ।

नेपालमा वि.सं. २०६६ (इ.सं. २००९ं) मा नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानो
ठिमी भक्तपुरद्वारा राजवंशी मातृभाषाका लागि कक्षा १ मा पढाई हुन् राजवंशी भाषा र किताब प्रकाशित भएको छ ।
यस पाठ्य पुस्तकको लेखन विष्णुप्रसाद राजवंशीले गरेका छन् भने यसको सम्पादन चन्द्रकुमारी राजवंशीबाट भएको
छ।
भाषाशास्त्रीहरुका अनुसार राजवंशी भाषा भारोपेली परिवार भित्र पर्दछ । राजवंशी शब्द संस्कृतबाट आएको र
संस्कृतबाट उद्भव भएको भाषा हो । ‘चर्चा पद र गोपी चन्द्रेर गान’ महाकाव्य यी राजवंशी भाषाका प्र
ाचीन साहित्य कृति हुन् । तत्कालीन राजवंशी राजा नरनारायणको आर्दशमा पुरुषोत्तम विद्या बागिसले प्रयोगरत्न
शाला नामक संस्कृत व्याकरण लेखेका छन् ।
नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन् भन्ने कुरा नेपालको अन्तरिम संविधान २०६३ मा
उल्लेख छ । अत: राजवंशी भाषा पनि नेपालका राष्ट्रभाषा हुन् । किन्तुक राष्ट्रभाषा (मातृभाषा)हरुलाई
उक्त संविधानमा सुचीकृत गर्न सकेका छैनन् । अत: २०६३ को अन्तरिम संविधान पनि त्रुटीपुर्ण रहेको दे
खिन्छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७३, बिहिबार  ९ : २४ बजे