१ श्रावण २०८१, मंगलबार | Tue Jul 16 2024

‘रिल एण्ड रियल लाइफ’का हिरो पवन


२५ जेष्ठ २०७३, मंगलबार  

0
Shares

गौरीगंज /  कला  भनेको के हो ? भन्ने पहिलो जिज्ञासामा प्राज्ञ तथा चित्रकार पवन कुमार राजवंशीले यसरी अथ्र्याए – ‘कलाबाटै शुरु हुन्छ जीवनको क ख रा , बुझ्नेलाई सुनाखरी नबुझ्नेलाई आलु बखडा । सुसंस्कृत जीवन जिउँने मुख्य आधार ।’  झापा घैलाडुब्बाका पवन राजवंशी कला क्षेत्रमा परिचित नाम हो ।

pa1

वि.सं २०२४ साल पुस ४ गते    बुबा स्व. कुलदीप राजवंशी र आमा जलेश्वरी राजवंशी कोखबाट जन्मनु भएका पवन सानैदेखि कलाकारितामा दख्खल राख्द्थे । सानोमा सिन्कोले माटोमा चित्र कोर्दथे । बालापनबाट शुरु भएको चित्रकारिता झण्डै साढे २ दशक बितेको सम्झदा आन्नद अनुभूति भएको ठान्छन् । उनी भन्छन – ‘समय बितेको पत्तै लागेन ।’

pawan's photo 2

 

 

विद्यालयमा आफुसंग रहेको कलमले चित्र मात्रै कोरेर कापीहरु भर्दा कैयौ पटक शिक्षक र अभिभावकबाट कुटाई खाएको सम्झन्छन् । वि.सं. २०४७ सालमा मेची क्याम्पसबाट आइ.ए उतीर्ण भएपछि जम्मा  ४ सय रुपैया साथीबाट लिएर जीवनको नयाँ  भविष्य खोज्न काठमाडौं गए । कलाकारितामा  निखार ल्याउन ललित कला क्याम्पसमा भर्ना हुन उनको आर्थिक हैसियत थिएन । काठमाडौ पुगेपछि शुरु भयो उनको कला संघर्ष । यु आर्टबाट शुरु भएको कला संघर्षले अन्तत्  उनलाई ललित कला प्रज्ञा प्रतिष्ठानको सभा सदस्यसम्म पुर्यायो । उनी वि.सं २०६९ सालमा ललित कला प्राज्ञ प्रतिष्ठानको सदस्य भए ।  यु आर्टमा काम पाउँदाको पहिलो दिन  चित्र पेन्टिङ्ग गर्दा एक हिन्दी भाषी मालवाडी ग्राहकले भनेछन् – ‘तुम्हारा पेन्टिङ्ग कौन खरिदेगा ।’

pawan's photo 4

 

तर उनको यो भनाईलाई कुनै प्रवाह नगरि पवन एकहोरो चित्र कोरिरहे ।   आर्टकी साउनीले उनलाई चित्रकोर्न हौस्याईरहे । उनले भने – ‘ग्राहकको कुरा नसुन्नुहोस् तपाई आफ्नो काम गरिरहनुहोस् ।’ उनको यो हौसलाले उनलाई  चित्र कोर्नमा उत्साह मिल्यो । साहुनीले उनलाई ३५ सय महिनाको तलबमा काममा राखिन । त्यसबाट उनी ललित कला क्याम्पसमा भर्ना भए ।  सत्य कर्म फलदायी हुन्छ भन्ने मान्यता उनीमा रहेछ । त्यसकारण उनी रत्तिभर संघर्षका दिनमा नआत्तिई, विश्वास अनि आफ्नो काम प्रतिको लगाबलाई   निरन्तरता दिई रहे । वि.सं. २०५५ सालमा  उनको वैङ्ग्य चित्र  संग्रह ‘अनुभूति’ गोकुल जोशी अध्ययन अनुसन्धान प्रतिष्ठानले प्रकाशित गरिदिए ।

pawan's photo 3

 

 

 

 

कलाप्रतिको मोह र उनको सिर्जनात्मक कलाको मानक उचाई लिदै गयो । वि.सं २०७० सालमा विर्तामोडको हनुमान कम्प्लेक्समा ७ दिनको ‘गुलाबी उत्ताप’ नामक  चित्र प्रदर्शनी राखे । त्यस प्रदर्शनीमा उनको ३२ वटा चित्रहरु राखेका थिए । ५ हजार देखि ५० हजारसम्मको मुल्य पर्ने चित्रहरु राखेका थिए । जसमध्ये उनको २२ वटा चित्रहरु  विक्री भयो । उनको यो चित्रकला प्रदर्शनीले  उनमा रहेको सिर्जशीलताको व्यापक चर्चा भयो । हाल उनको हनुमान कम्प्लेक्समा कलाघर (आर्ट ग्यालरी) छ । लालितकला प्रतिष्ठानको नेतृत्व तहमा आफु पुगे    चित्रकला क्षेत्रलाई विश्वव्यापिकरण गरी नेपाल र नेपालीको छबि विश्व जगतमा फैलाई नेपाली संस्कार, संस्कृति, मौलिक चित्रकलाप्रति विश्वको ध्यान खिच्ने उनले बताए ।

pa

 

 

 

 

 

यसबाहेक उनले ठुलो सानो धेरै नेपाली तथा राजवंशी चलचित्रमा पनि मुख्य भुमिकाको रुपमा खेलेका  छन् । ‘सुखानी सहादत्त’  नेपाली चलचित्रमा खेलेका छन् । त्यसैगरी राजवंशी चलचित्र बुधलालेर दु:ख, जागरण, देवसरी, बगानेर फुललगायत धेरै चलचित्रमा मुख्य भुमिकामा खेलेका छन् । विर्तामोडस्थित कञ्चनङ्गा एफएममा राजवंशी भाषाको समाचार प्रमुखको रुपमा एफएमको स्थापनाकालदेखि नै निरन्तर रहिरहे । वि.सं. २०६५ सालमा आसामी भाषामा मुनामदन प्रकाशित भएपछि उनलाई राजवंशी भाषामा पनि प्रकाशन गर्न जागर चल्यो । उनले ३ महिनामा  श्रीमद्भागवत गीता राजवंशी भाषामा प्रकाशित गरे ।
एउटा चित्रकार क्यानाभासमा मिसिएको विविध रंगहरुलाई मिलाएर एउटा जिउदो जाग्दो तस्वीर बनाउँछ । त्यस तस्वीरलाई जीवित राख्न वा सन्तुलनमा राख्न विविध रंगहरुको आ–आफ्नै भूमिका रहन्छ ।  ती तस्वीरहरुमा रंग भर्ने सिन्को उनको हातले निरन्तर समाइरहेको छ ।  राजवंशी जातिको संस्कार र संस्कृति चित्रकलाको माध्यमबाट विश्व जगतले थाहा पाओस भन्ने उद्येश्यले अन्तर्राष्ट्रिय राजवंशी  चित्रकला प्रशर्दशी गर्ने उनको धोको  छ । यो कार्यमा सबैको साथ र सहयोग मिले अवश्य पुरा हुने उनले बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७३, मंगलबार  ६ : १९ बजे