१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ढिकी र जाँतोको प्रयोग हराउँदै


२० बैशाख २०७३, सोमबार  

0
Shares

 

गौरीगंज  /  झापा  कुमरखोदकी बेलसरी राजवंशी पहिले पहिले भक्का बनाउने पिठो कुटाउन राती भालेको डाकसंगै उठ्थिन् । दुई–तीन घन्टासम्म परिवारका अरु सदस्यले पनि पिठो कुट्न ढिकी चलाइदिन्थे । उनी नाङ्लोमा पिठो फड्कार्थिन् । ढिकी कुटेको ढक……ढक … को आवाज वरपरसम्म सुनिन्थ्यो ।
उज्यालो हुदाँ नहुदाँ झापा बजारमा चियासँगै खाने लोकप्रिय खाजा भक्का पकाएर बेच्न सुरु गर्थिन् । तीन चार वर्षयता उनको भक्का बेच्ने मौसमी घरेलु व्यापार त फेरिएको छैन तर व्यापारका लागि चाहिने पिठोको बन्दोवस्त ीगर्ने तरिका भने  बदलिएको छ  । गाउँमै खुलेको धान कुट्ने मिलसंगै चामल पिसेर पिठो बनाउने यन्त्र उपकरण पनि जोडिएका छन् ।
अघिल्लो साँझ नै पिठो बनाएर राख्यो अनि विहानै उठेर भक्का पकाउने सुरसार गर्यो । महाभारा –४ की उखा कोचको पनि सिजनमा भक्कज पकाउने पिठोको जोरजम गर्ने तरिका उसै गरी चलिरहेको छ । घर नजिकै विद्युतीय मिल जडान भएपछि पिठो कुटाउन न ढिकी कुट्नु पर्छ न ओखली मुस्लीको व्यवस्था गनुपर्छ । मिलमा गयो चामल पिसाएर पिठो निकाल्यो अनि पकायो भक्का ।  राजवंशी र कोच प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समय गाउँ गाउँमा कुटानी पिसानीका आधुनिक उपकरणहरु भित्रिने क्रम बढेसंगै नेपाली मौलिकता झल्किने ढिकी जाँतो जस्ता परम्परागत उपकरणहरु हराउँदै गएका छन् । ग्रामीण क्षेत्रमा आधुनिक किसिमका विद्युत् तथा डिजेलबाट चल्ने मिल स्थापना भएसंगै परम्परागत ढिकी र जाँतो लोप हुदै गएका हुन् । आधुनिक विद्युतीय तथा डिजेलका मिलको स्थापनासंगै परम्परादेखि खाद्यान्न तथा कुटानी, पिसानी गर्न प्रयोग गर्ने ढिकी र जाँतोको प्रयोग गर्ने ढिकी र जाँतोको प्रयोग हराउँदै गएको समाजसेवी कमलप्रसाद राजवंशी बताउँछन् ।
‘ पहिले पहिले ढिकी र जाँतोले कुटेपिसेको होस् वा मरमसला निक्कै स्वादिलो हुन्थ्यो,’ ७० वर्षीया गायत्रीदेवी गन्गाईको अनुभव छ ।  तर हिजोआज आधुनिक विद्युतीय तथा डिजेलमा चल्ने मिलमा कुटेको च्युरा, पिठो, आँटाको स्वाद फरक खालको हुने पूराना उपभोक्ताको भनाई छ । ‘ढिको, जाँतोमा कुटे–पिँधेको खाद्यान्न खानाले मिठो हुनुका साथै स्वास्थ्यलाई पनि फाइदा हुने गरेको बुढापाका बताउँछन् । दसैँ, तिहार र चाडपर्वको बेलामा देवीदेवतालाई चढाउने सामग्रीका रुपमा ढिकी र जाँतोमा नै कुटेको र पिँधेको चामल, पिठो शुद्व मानिने  गौरीगंजका समाजसेवी देवीप्रसाद राजवंशी बताउँछन् । मन्दिरमा पूजाआजाका लागि शुद्व र चोखो ढिकी र जाँतोमा पिँधेको मात्रै प्रयोग गर्ने गरे पनि आजकल आधुनिक विद्युतीय तथा डिजेलका मिल खुलेपछि मिलकै पिठो चलाउन बाध्य हुनुपरिरहेको उनको भनाई छ । jato  pic

प्रकाशित मिति : २० बैशाख २०७३, सोमबार  ८ : ०३ बजे