१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भवन तथा तीन स्नान घाटको शिलान्यास सम्पन्न


४ बैशाख २०७३, शनिबार  

0
Shares

विर्तामोड ४, चैत / राजवंशी समाज विकास समिति झापाको भवन तथा तीन स्नान घाट शिलान्यास गरिएको छ । विर्तामोड नगरपालिका स्थित रितनबारीमा रहेको जग्गामा सभा हलसहितको २ तल्ले भवन तथा तीन स्नान घाटको शिलान्यास भारतीय राजदुतावासका प्रतिनिधी सरजित सिंहले आज शनिवार गरेका हुन । कार्यक्रममा भवन निर्माणका लागि ५लाख रुपैयाँ भन्दा माथि सहयोग गर्ने दाताहरुको तीन पुस्तेसहित  ताम्रपत्रमा नाम लेखिने   राजवंशी समाज विकास समितिका झापा जिल्ला अध्यक्ष पुकार चन्द्रसिंह राजवंशीले बताए । साढे ५ कठ्ठा जग्गामा भवन निर्माणार्थ  ११ हजार भन्दा कम रुपैयाँ सहयोग गर्ने दातालाई भित्तामा नाम लेखिने, ११ हजार रुपैयाँ भन्दा माथि सहयोग गर्ने दाताहरुको शिलालेखमा नाम लेखिने र  ५१ हजार रुपैयाँ भन्दा माथि सहयोग गर्ने दाताहरुलाई प्रमुख अतिथिबाट विशेष सम्मान गरिने अध्यक्ष राजवंशीले जनाएका छन् । भवन निर्माणका लागि यस अघिनै विर्तामोडका जौहारी राजवंशी, जितेन्द्र राजवंशी, भीमप्रसाद राजवंशी, दुर्गा प्रसाद राजवंशी र दीपेन्द्र राजवंशीले जग्गा दान दिएका हुन् । करिब १ करोड रुपैयाँ बराबरको जग्गामा निर्माण हुन लागेको भवन बनाउन ८० लाख रुपैयाँ खर्च हुने उनले बताए ।   भवन निर्माणका लागि प्रत्येक गाउँ समितिबाट ११ हजार रुपैयाँ संकलन गरिने र विभिन्न चन्दादाता, समाजसेवी, व्यापारी, बुद्विजीवि, संघ संस्थालाई सहयोगका लागि अनुरोध गरिने जनाइएको छ  । कार्यक्रममा माननीय सांसद हरि वहादुर राजवंशी, शान्ति समितिका झापा सभापति सुर्य नारायाण गणेश, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष त्रिनारायण  राजवंशी, रेडियमे सनराइजका समाचार प्रमुख इन्द्रसिंह राजवंशीलगायतले बोलेका थिए । कार्यक्रमको अध्यक्षता राजवंशी समाज विकास समिति झापाका अध्यक्ष पुकार चन्द्रसिंह राजवंशीले गरेका थिए । rasabis 1

प्रकाशित मिति : ४ बैशाख २०७३, शनिबार  १० : २४ बजे