३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

ललितपुर केन्द्र बनाएर फेरि भूकम्प


२७ चैत्र २०७२, शनिबार  

0
Shares

झापा २७,चैत / ललितपुरको नख्खुडोल नजिकै केन्द्रबिन्दु बनाएर शनिबार साँझ ७ बजेर ५ मिनेट जाँदा ४.५ रिक्टर स्केलको भूकम्प गएको छ । नजिकै केन्दंबिन्दु भएर भूकम्प गएकाले राजधानी उपत्यकामा ठूलो धक्का महसुस भएको थियो । भूकम्प आउँदा उपत्यकाका धेरै ठाउँमा भागदौड चल्नुका साथै मानिसहरू केही समय घर बाहिर निस्किएका थिए ।

यो गत वैशाख १२ को ‘गोरखा भूकम्पको परकम्प भएको जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले दिए । उनका अनुसार गोरखा भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत परकम्प जाने क्रम जारी छ । गोरखा भूकम्पपछि चार रिक्टर र त्यसमाथिका ४ सय ४६ वटा परकम्प गइसकेका छन् ।

 

प्रकाशित मिति : २७ चैत्र २०७२, शनिबार  ११ : ३६ बजे