काठमाडौं । नेपालमा कुल जातजातिको सङ्ख्या १४२ पुगेको छ । साथै मातृभाषा सङ्ख्या १२४ र धर्म सङ्ख्या १० कायम भएको छ ।राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका आधारमा विज्ञसमूहको सिफारिसका आधारमा उक्त विवरण सार्वजनिक गरिएको हो ।विसं २०६८ को जनगणनामा जातजाति १२५ रहेकामा हाल १७ थप भएको…