झापा, साउन २७ । झापामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण दिनानुदिन भयावह रुपमा बढ्दै गएको छ । साउनयता तीब्र रुपमा फैलिरहेको डेंगी संक्रमणबाट झापामा तीनजनाको मृत्यु भइसकेको छ । बिर्तामोडमा दुई र दमकमा एकजनाको डेंगी संक्रमणबाट मृत्यु भएको हो । साउनको पहिलो साता बिर्तामोड– ५ की ४४ वर्षिया मदिना खातुनको डेंगी संक्रमणबाट मृत्यु भएको थियो…