झापा ३२, साउन / गौरीगञ्ज–३ की वडा सदस्य मीनादेवी पासवान जनप्रतिनिधि चुनिए पछि पनि सार्वजनिक कार्यक्रममा धक फुकाएर बोल्न लजाउँथिन् । मानौं उनको संसार ‘घुङ्घट’भित्रै छोपिएको थियो । तर, नेतृत्व विकास सम्बन्धी तालिम लिएपछि उनको आत्मविश्वास बढेको छ । ‘सबै मानिसको सामु अहिले मज्जाले आफ्ना विचार राख्न सक्ने भएकी छु,’ उनी भन्छिन्–‘पहिले पहिले बोल्नु पर्यो…