गौरीगंज – २ कोरोवारीको चउनी सिमसार तथा कछुवा संरक्षणको बजेट आधा भन्दा बढी फिर्ता

tortoise 123

यो कछुवाको तस्वीर गुगलबाट लिइएको हो । 

गौरीगंज १७, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. २ कोरोवारीमा प्राकृतिकरूपमा रहेको चउनी सिमसार तथा कछुवा संरक्षण केन्द्रको संरक्षणका लागि विनियोजित रकमको आधा भन्दा बढी रकम फिर्ता भएको छ ।
आर्थिक बर्ष ०७६ / ७७ मा प्रदेश सरकारले चउनी सिमसार तथा कछुवा संरक्षण केन्द्रको संरक्षणका लागि २० लाख  रुपैयाँ वजेट विनियोजन गरेको थियो । तर सिमसार क्षेत्रका लागि समयमै वजेट विनियोजन भए पनि ढिलो गरि वजेट प्रवाह , कार्यान्वय पक्ष फितलो र आर्थिक वर्षको अन्तिम समयमा योजना सञ्चालन भएको कारण विनियोजित बजेटको आधा भन्दा बढी रकम खर्च नभई फिर्ता भएको हो ।उपभोत्ता समितिले जेठ १८ गते जिल्ला वन कार्यालय झापासंग योजना सञ्चालन गर्न संग सम्झौता गरेको थियो

सिमसार उपभोक्ता समितिका अध्यक्ष मिनप्रसाद खतिवडाका अनुसार २० लाख रूपैया“ मध्ये ९ लाख ६० हजार रुपैयाँ मात्र खर्च भएको जानकारी गराएका छन् ।
उनका अनुसार ९ लाख ६० हजार रूपैया“मा सिमसार पोखरीको वरिपरि १०३५ फिट बराबरको ट्रयाक खोलिएको, ५ लाख मूल्य बराबरको ८ फिट लम्बाई भएको फाईवरको कछुवाको मुर्ति खरिद गरेको, ६×१० साइजको पोखरीको तस्वीर सहित होर्डिङ्ग बोर्डलगायतमा खर्च भएको छ । उपभोक्ता समितिका अध्यक्ष खतिवडाको भनाईलाई मान्ने हो भने १० लाख ४० हजार रुपैयाँ फ्रिज भएको देखिन्छ ।
सुरक्षा र संरक्षणको लागि बाहिर पट्टि भागमा ट्रससहितको तारजालिले घेरावेरा गर्ने योजना रहे पनि बर्षातका कारण सहज नभएकोले उत्त कार्य गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष खतिवडाले बताए ।

chauni photo
प्रदेश सांसद झलकसिंह दर्लामीको पहल र नेकपा गौरीगंज   गाउँकमिटिका सहईन्चार्ज सिताराम अधिकारीको सक्रियताका कारण आर्थिक वर्षको अन्तिम समयमा भए पनि चउनीको संरक्षण गर्ने योजना अघि बढाएको अध्यक्ष खतिवडाले बताए ।
झापा जिल्लाको दक्षिण पश्चिममा पर्ने गौरीगंज गाउँपालिका वार्ड न. २, टटुवामारी (साबिक कोरोबारीको वार्ड नं.५) मा अवस्थित एक प्राकृतिक सिमसार चउनी पोखरी हो । वि.सं. २०२१ सालको नापीमा यसलाई जगुदह भनी छुट्याएको भए तापनि  यहाँका आदिवासी राजबंशी जातिले यसलाई परम्परादेखि आफ्नै भाषामा चलिआएको नाम चउनीलाई नै प्रयोग गर्दै आइरहेको छ ।

यो चउनी पोखरी एक प्राकृतिक पोखरी भएकोले परापूर्व कालदेखि यस क्षेत्रको लागि पानीको मुख्य स्रोत बनेको छ । यस पोखरीको पश्चिमपट्टि धेरै पुरानो राजवंशी गाउँ टटुवमारी पर्छ । दुबैतर्फ ठूला गाउँ भएको हुनाले खेती गर्नेको चाप बढेर यसको मौलिक क्षेत्रफलमा अतिक्रमित भइ सागुरिदै गएको छ । यसरी पोखरी मिचिदै जाँदा अहिले (नापी विभागको फायल नक्सा अनुसार , साबिकको कोरोबारी ५ (क) कि.नं. १७२ अनुसार) करीब ४ बिघा (२.५ हेक्टर) जति मात्र बा“की रहेको छ । यो पोखरीको आकार उत्तर–दक्षिण लाम्चो र पूर्व–पश्चिम चौडा छ । लम्बाई करीब ३६० मि. छ भने चौडाइ एक समान नभएकाले औसत नापी ७० मि. जति पर्दछ ।
डा. केआर खम्बुका अनुसार करीब ५ दशक अघिसम्म यो पोखरी जैविक विविधताले भरिपूर्ण एक सीमसार पारिस्थितिक प्रणाली थियो । यसको आसपासमा ५० सौं प्रजातिका स्तनधारी, २०० भन्दा ज्यादा प्रजातिका चराचुरुंगी, १०० भन्दा धेरै प्रजातिका सरीसृपहरु, ३० भन्दा बढी उभयचरहरु तथा ६० भन्दा बढी माछाका प्रजातिहरु पाइन्थे ।
डा. खम्बुले आफ्नो फेसबुक स्टाटसमा लेखे अनुसार त्यसबेला यस पोखरीको पूर्बतर्फ साल सतिसाल, साज, हर्रो, बर्रो, खमारी, जामुन आदि मिश्रित घना जंगल थियो । यस पोखरीको पानी अहिलेको भन्दा पचासौ गुणा धेरै थियो तथा यसलाई वारपार गर्न डुंगाको प्रयोग गरिन्थ्यो । यस पोखरीले यस क्षेत्रको पर्यावरणलाई सुद्ध र सन्तुलित राख्दै मौसम ओशिलो बनाएको थियो । पोखरी र वनजंगलको कारणले गर्दा सधै मनसुनी वर्षा राम्रो हुने गरेकोले यस क्षेत्रको माटो सिचाई भइ धान खेती पर्याप्त हुन्थ्यो ।
विश्व सङ्कटग्रस्त संरक्षण सूचीमा परेका पंक्षीहरुमध्ये राजगरुड र भँ“डीफोर गरुड साथै सरीसृपका केही कछुवाका लोपवान् प्रजातिहरु(जस्तै इन्डोटेस्टुडो इलोङगेटा, नेल्सोनिया ह्यूरुम, लिसेमिज पङ्टाटम् आदि) अहिले देखा पर्दैनन् । तर यो पोखरी भने सुक्ने अवस्थामा पुगिसकेको छ । यसर्थ यस पोखरीको सिमसार क्षेत्रलाई तत्काल संरक्षण गर्न अति जरुरी देखिन्छ ।

    Comment Here!

गौरीगंज मिडिया प्रा.लि.द्वारा सञ्चालित

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. १६४७/०७६-७७
  • प्रकाशक/सम्पादक: आत्माराम राजवंशी
  • सह-सम्पादक दमयन्ती राजवंशी
  • कार्यालय सम्पर्क :- ०२३–४१२०२६ फोन नं. ९८०६०४८५५६ गौरीगंज, झापा

  • Design By Turup Sangroula