गौरीगंज – ६ मा लक्षित वर्गलाई पोसाक वितरण

kapada1

 

गौरीगंज ७, साउन / लक्षित वर्गमा पर्ने महिला, आदिवासी जनजाती, मधेसी मुस्लिम तथा जेष्ठ नागरिकलाई बुधवार पोसाक वितरण गरिएको छ ।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ ले लक्षित वर्गको लागि छुट्टियाइएको बजेटबाट साडी, धोती, लुङ्गी, दाउरा सुरुवाल पोसाक वितरण गरेको हो । कोरोना महामारीका कारण लक्षित वर्गको वजेटबाट सञ्चालन गरिने योजनाहरु गर्न नसकिएको हुँदा कार्यालयले उनीहरुलाई पोसाक वितरण गरिएको वडा नं. ६ का वडा अध्यक्ष बद्री नारायाण यादवले बताए ।
गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको पोसाक वितरण कार्यक्रममा महिलाको १लाख २८ हजार, आदिवासी जनजातीको ९६ हजार र जेष्ठ नागरिकको ६४ हजार गरी जम्मा २ लाख ८८ हजार रुपैयाँबाट पोसाक वितरण गरिएको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायाण यादवको सभापतित्वमा भएको कार्यक्रममा कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्य रमकुमारी विक, गोपाल प्रसाद गन्गाई, रामकृष्ण यादवलगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सुगम रेग्मीले गरेका थिए ।
kapada2

 

 

 

 

 

 

kapada3

    Comment Here!

गौरीगंज मिडिया प्रा.लि.द्वारा सञ्चालित

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. १६४७/०७६-७७
  • प्रकाशक/सम्पादक: आत्माराम राजवंशी
  • सह-सम्पादक दमयन्ती राजवंशी
  • कार्यालय सम्पर्क :- ०२३–४१२०२६ फोन नं. ९८०६०४८५५६ गौरीगंज, झापा

  • Design By Turup Sangroula